Friday, August 28, 2015

जनै पुर्णिमा

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी  भदौ १२ गते शनिबार अर्थात भोलि मनाईदैछ । तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, यस दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो । 
पक्ष
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ |ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ। स्वाध्याय, अतिथि सत्कार, पितृ तर्पण, भूतबली, होम जस्ता दैनिक गर्नुपर्ने पञ्च महायज्ञको कर्मलाई स्मरण गराउने दिनको रूपमा पनि ताकाधारीहरू यो पर्व मनाउने गर्छन। ब्रतमन्ध गरि बैधिक परम्पराले दिएको शिक्षा दिक्षा पालना गरि सर्त्कर्ममा लाग्न समेत यस यज्ञोपवितले स्मरण गराइरहन्छ । 
एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन्।  जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तीकोलागी अन्य व्याक्तीलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै:- जनै धारण गरेको व्यक्ति हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर सुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणीक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। सुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पुर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ। सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गइ मेला भर्ने गर्दछन्। आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।
परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ।
यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ। विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ।तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ। यो दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ।
काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।
रक्षा बन्धन
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । रक्षा बन्धन गर्दा यस मन्त्रको उच्चारण गर्ने प्रावधान रहेको छ . 
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल ।।
अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्। 
यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षा बाँधेर, टिका लगाएर मिठाई खुवाउछन । भाईले बहिनीलाई केही उपहार दिन्छ अथवा रूपयाँ पैसा दिन्छ तथा बहिनीको रक्षा गर्ने वचन दिन्छ । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूणिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ । येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।। तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त रु जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।
स्रोत: जनै पुर्णिमा र जनै

Thursday, August 27, 2015

Ten weird and terrifying medical instruments from the past

The UK’s largest medical charity, the Wellcome Trust, has made its vast database of images freely available to all. The collection holds photos of hundreds of years worth of medicine, instruments and scientific culture.
For me, the progress of science best described by advances in medicine and the instruments used to practice it. Here is a list of a few of my favourites.
Nothing quite says medicine like a syringe. And this collection has plenty, from the 17th century brass or 18th century ivory enema syringes, to the 20th century’s glass and stainless steel ones, all clearly made to last much longer than our modern disposable versions.
17th century French brass syringe
Science Museum, London
18th century Sri Lankan Ivory enema syringe
Science Museum, London
19th century Japanese self-administering enema syringe with a piston and reservoir
Science Museum, London
Then there are the surgical instruments, like the 16th century tools below. Those on the right include a double-bladed knife, a forceps for extracting arrow headand a bullet extractor.
Wellcome Library
Others like the Belgian Iron “scolds bridle” mask from the 1550s that was used to publicly humiliate and punish, mainly women, speaking out against authority, nagging, brawling with neighbours, blaspheming or lying, are just horrible inventions.
Wellcome Library London
More preferable are the “Jedi” helmets from the 1980s, used in conjunction with MRI scanners to investigate the brain without having to crack open the cranium. The word “Jedi” was used to ensure that children put it on without too much fuss.
Science Museum, London
There is also this steampunk steel hand and forearm with brass wrist mountings from 1890.
Wellcome Library, London
And finally how about the slightly disturbing model eye
Model eye by W. and S. Jones, London, 1840-1900 Wellcome Library, London
…to go alongside the original eye pad
Box of eyeballs from 1900 Wellcome Library, London
Source:The Conversation

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *