Sunday, December 30, 2018

शिक्षाविद डा. वाग्ले भन्छन्, ‘१० कारण नीजि स्कूल खारेज हुनुपर्छ’

    -डा. मनप्रसाद वाग्ले 
अहिले सरकारी र नीजि शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण अब एकै किसिमको विद्यालय बनाउनुपर्छ । दुई किसिमको विद्यालय नेपालमा जरुरत छैन र नीजि विद्यालय खारेज गर्नुपर्ने १० कारण छन् ।
१. नीजि विद्यालयले सामाजिक असमानता सिर्जना गरी विभिन्न वर्गको विद्यार्थी उत्पादन गर्यो । त्यसैले समाजवादमा नागरिकलाई दुई वर्गमा विभाजन गर्न पाइदैन । यसकारण नीजि विद्यालयलाई खारेज गर्नुपर्छ ।
२. नीजि विद्यालयले नेपाली भाषाको चीरहरण गर्यो । अंग्रेजीकरण गरेर नेपाली भाषा सस्ंकृतिलाई प्रहार गरिएको छ । नीजि विद्यालयमा अंग्रेजी नबोले विद्यार्थीलाई कान निमोठेर घर पठाइन्छ । यो राष्ट्रिय भाषाकै अपमान हो । त्यसैले नेपाली भाषाको चीरहरण गर्ने नीजि विद्यालय बन्द गर्नैपर्छ ।
३. नीजि विद्यालयले बाल मनोविज्ञान बिगारेका छन् । कम्तीमा पनि ६ देखि ७ वर्षको बालबालिकालाई मात्र विद्यालय र मोन्टेस्सरीमा भर्ना गर्नुपर्ने बाल मनोविज्ञानले भन्छ । तर नीजि विद्यालयले हिड्न नसक्ने १२ देखि १४ महिनाकै बालबच्चा मोन्टेस्सरीमा भर्ना गरिन्छ र जबर्जस्ती पेन्सिल समाएर लेख्न सिकाइन्छ । यो जस्तो ठूलो अपराध अरु के हुन्छ ? बाल मनोविज्ञानले बच्चाहरुको मस्तिष्क सिक्न तयार नभईकन जबर्जस्ती लेख्न र पढ्न सिकान्छ भने पछि उसको उत्तर बाल्यअवस्थामा गइसकेपछि त्यो सिकाई खत्तम हुन्छ । उसको जति मस्तिष्क र शरीरको विकास राम्रो हुन सक्दैन् ।
जसकारण विद्यार्थीले भोलि सबै कुरा कण्ठ पारेर पढ्न सक्ला । तर उसको सिर्जनात्मक र सोच्न सक्ने क्षमता भने ह्रास हुन्छ । यसकारण पनि नीजि विद्यालय बन्द गर्नुपर्छ । घोकन्ते शिक्षा मात्रै रटाइएको छ । फिनल्याण्ड सरकारले मस्तिष्कको पूरा विकास नभईकन विद्यार्थीलाई कक्षामा भर्ना गर्न दिँदैन । अर्थात् ७ वर्ष पूरा भएका बालबच्चालाई मात्र विद्यालयमा भर्ना गर्न अनुमति दिन्छ । त्यसअघि बच्चालाई खेल्न, आफैँले सिक्न र खुल्ला वातावरणमा सबै कुराको अनुभव गर्न छोडिदिन्छ । त्यो किनभने बच्चाको ‘नशा, स्नायु, मष्तिष्क’ सबै कुराको विकासका लागि हो । अहिले यसको ख्याल गरिएन भने निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्धकारमा पार्नु हो । त्यसकारण नीजि विद्यालय बाल मनोविज्ञान विरुद्ध छन् र बन्द गर्न लाग्नुपर्छ ।
४. विद्यार्थीको थाप्लोमा जबर्जस्ती पढाईको भार मात्रै थपिएको छ । १२ मा पढ्ने कुरा १० मा ल्याइदिने, १० मा पढ्ने कुरा ८ मा पढाई दिने, ८ मा पढ्ने कुरा ६ र ६ मा पढ्ने कुरा १ कक्षामा पढाई दिने । यसो गर्न पाइन्छ । विद्यार्थीले बुझ्दै नबुझ्ने कुरा जबर्जस्ती पढाएर कहीँ हुन्छ ? सरकारले ल्याएको किताब मात्र पढाएर कहाँ हुन्छ भन्दै आफूले जुन पायो, त्यही किताब पढाउन मिल्छ ? त्यसैले यो अपराध हो, बाल विकासविरुद्ध हो । यसलाई न्यूनीकरण गर्न पनि नीजि विद्यालय बन्द गर्नुपर्छ ।
५. किताबको भारी र कमिसन । उमेरले सुहाउँदैन । कक्षा अनुसार पनि सुहाउदैन । तर किताबको भारी । त्यो सबै किताब पढाउन पाइदैन, समयले सकिँदैन । तर फेशन ल्याइएको छ । फेशन मात्रै होइन कमिसन आउँछ भनेर किताबको भारी बोक्न लगाइएको छ । यस्तो प्रकारको अन्याय अत्याचार नीजि विद्यालयले बालबालिकामाथि गरेका छन् । यसबाट अभिभावक पीडित पनि छन् । तर अभिभावकले यस्तो कुरा बुझेका छैनन् । अब बुझाउनुपर्छ । र अन्याय गर्ने माथि औँला ठड्याउनुपर्छ ।
६. अभिभावक र शिक्षकमाथि चरम आर्थिक शोषण । विद्यार्थीलाई पढाउन भन्दै अभिभावकबाट चर्को शुल्क लिने तर पढाउने शिक्षकलाई खान पुग्ने तलब नदिने । देशभरीकै निजी विद्यालयका शिक्षकले एकदिन एक घण्टा पनि नअलमलिई काम गरेका छन् । तर पुग्ने गरी नीजि विद्यालय सञ्चालकले सेवा सुविधा दिएका छैनन् । दुवै प्रकारले आर्थिक शोषण गर्ने र आफू मोटाउने विद्यालय सञ्चालकले गरेका छन् । त्यसकारण पनि निजी विद्यालय बन्द गर्नुपर्छ ।
७. दादागिरी देखाउने, कानुन नमान्ने । निजी विद्यालय कानुनको सजायका भागिदार छन् । तर कहिल्यै नमान्ने । सरकारले बनाएका कुनै पनि नीति, निर्देशिका, कानुन नमान्ने किन ? किनकी उनीहरु सरकारभन्दा आफू माथि छौँ भन्ने ठान्छन् । यो देशमा कोही पनि कानुन र सरकारभन्दा माथि छैनन् । यो बेथिती ल्याएका छन् । यसलाई तोड्नका लागि पनि नीजि विद्यालय बन्द गर्नुपर्छ । सरकारले बनाएका नीति नमान्ने नीजिविद्यालय को हुन् ? कि समानान्तर सरकार बनाएर चलाउनुपर्यो । होइन भने नेपाली कांग्रेसको जस्तो छाँया सरकार बनाउनुपर्यो ।
८. अस्वस्थ्य प्रतिष्पर्धा । नीजि विद्यालयका दुई तरिकाले अस्वस्थ्य प्रतिष्पर्धा गरिरहेका छन् । पहिलो विद्यालयपिच्छे हजारौँ, लाखौँ पैसा लिएर विद्यार्थी भर्ना गर्ने र पढाउने । दोस्रो बुढानिलकण्ठको विद्यार्थीलाई धापाखेल ल्याएर पढाउने । आफ्नो नजिकको स्कुल क्षेत्र नै छैन । यस्तो अस्वस्थ्य प्रतिष्पर्धा गर्ने नीजि विद्यालय खारेज गर्नैपर्छ ।
९. नीजि विद्यालय पढ्ने विदेश जाने । निजी विद्यालयबाट १२ कक्षा पास गर्नेहरु यो देशमा कति छन् ? ती सबै बाहिर जानका लागि तयार भएका जनशक्ति हुन् । भनेपछि नीजि विद्यालय राख्नुपर्छ भन्ने ग्यारेन्टी के ? १२ कक्षा पास गर्न पाएको छैन्, आयल्स र टोफेल दिएर खुट्टा उचालेर बाहिर पठाउनलाई निजी विद्यालयमा लगानी गर्ने हो ? निजी विद्यालयले राज्यका लागि के गरे ? देशका लागि के गरे ‘जिरो’ । कतिपय निजी विद्यालयले गुणस्तर छ भन्छन् । हाम्रा विद्यार्थी यतिजना बेलायतमा यति अमेरिकामा छन् । यही हो गुणस्तर ? के त्यतिका लागि विद्यार्थी पढाएका हो ? यो भएन । यसकारण पनि नीजि विद्यालय बन्द गर्नुपर्छ ।
१०. अभिभावकबाट पैसा लुट्ने, सांसद बन्ने । विद्यार्थीबाट भर्नाका नाममा, ट्युसन पढाउने नाममा लाखौँ रुपैयाँ उठाउने । अनि त्यो पैसा लिएर सांसद बन्ने । एउटा गाउँपालिकाको टिकट पाउन त १५/२० लाख रुपैयाँ नदिइकन हुदैन् भने सांसद बन्न त कम्तीमा ५ करोड चाहियो नि । त्यो पैसा कहाँबाट ल्याउने ? त्यही विभिन्न वाहनामा अभिभावकबाट शुल्क उठाउने र सांसद बन्ने । यसअघि त धेरै थिए । अहिले कम छन् । तपाईको पैसा मेरो पैसा लिएर हामी उहाँलाई सांसद बनाउनलाई नीजि विद्यालय किन चाहियो ?
(शिक्षाविद् वाग्लेले शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले गरेको कार्यक्रममा राखेको धारणाको सम्पादित अंश) 

Wednesday, December 26, 2018

जाडो मौसममा बदाम खानुका १० आश्चर्यलाग्दा फाइदा

एजेन्सी – चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।
बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।
आउनुहोस्, बदामका चकित पारिदिने फाइदाबारे जानकारी लिऔंः
तौल कम गर्छः
बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।
एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुरः
बदाममा एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा हुने भएकाले  स्ट्रोक र मुटुसम्बन्धि समस्याको खतरालाई कम गर्छ । बदाममा पाइने ट्रिप्टोफेनले डिप्रेशनको समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ ।
फाइटोस्टेरोलको मात्रा अत्यधिकः
बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट जोगाउँछ । अमेरिकामा भएको एक अनुसन्धान अनुसार हप्तामा कम्तीमा दुईपटक बदामको सेवन गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो ।
मेंगनिजका साथै मिनरल्स पनि पाइन्छः
बदाममा मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ । यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियम एब्जोप्र्शन र ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । विभिन्न शोधको रिपोर्ट अनुसार बदामको सेवनले मधुमेहको खतरा २१ प्रतिशत कम हुने गर्छ । यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट पाइन्छः
बदाममा मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट भरपुर मात्रामा पाइन्छ । विशेषगरी बदाममा पाइने फोलिक एसिडले रगतमा ब्याड कोलेस्ट्रोललाई कम गर्दै गुड कोलेस्ट्रोलको स्तर बढाउने गर्छ । यसले शरिरमा कोलेस्ट्रोलका स्तरलाई पनि ब्यालेन्स गर्नुका साथै कोरोनरी आर्टरी डिजिजबाट शरिरलाई सुरक्षित राख्ने गर्छ ।
फोलिक एसिडको स्रोतः
बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने बदाम  खान सुरु गरिहाल्नुहोस् । यसको शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।
अन्य फाइदाः
विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्था अघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदामको सेवन गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ । यसबाहेक बदामको सेवनले शिशुमा दम हुने खतरा पनि कम हुन्छ ।
छालाका लागि उत्कृष्टः
बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।
भिटामिन सी भरपुरः
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।
Source:Agencies

Tuesday, December 25, 2018

तामाको भाँडामा बिर्सेर पनि नखानुहोस् यी खानेकुरा, हुनसक्छ फुड पोइजनिङ


तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ ।
धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुनथाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।
अचार, दही र कागतीको रसः
तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।
अमिलो फल र दुधः
तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।
sick day off Sticker by I'm A Celebrity
Source: Agencies

Saturday, December 22, 2018

पदक विजेता खेलाडीलाई पेताङ संघकाे सम्मान

 0
भारतको नयाँ दिल्ली र थाइल्याण्डको करावीमा हालै समपन्न अन्तराष्ट्रिय प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गर्न सफल नेपाल पेताङ्ग संघमा आवद्ध खेलाडीलाइ सम्मान गरीएको छ । खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माले एक समारोह विच विहिवार खेलाडहिरुलाइ सम्मान गरे ।
सम्मानित हुनेमा पेताङ्ग संघ कैलालीका अध्यक्ष राजेन्द्र प्रशाद जोशी, सन्दिप अधिकारी, क्षितिज खराल, टेकराज जोशी,प्रमोद उप्रोती, अभिषेक भारी,रञ्जना प्रधान, विष्नु श्रेष्ठ, जमुना मर्हजन र अफिसियल मिन प्रसाद गैरे रहेका छन् । नयाँ दिल्लीमा सम्पन्न प्रथम एशियन ओशियन बोसिमा नेपालको पेताङ्ग टोली तेस्रो स्थान हाँसिल गर्न सफल भएको हो ।
नेपालले विभिन्न विद्यामा ५ कांश्य पदक हात पारेको थियो । पुरुष डबल्समा नेपालका राजेन्द्र जोशी र टेकराज जोशीको जोडीले मलेसिया र भारतलाई हराउँदै दुई कांश्य पदक हात पारेका थिए । त्यस्तै पुरुष एकलमा नेपालका क्षितिज खरालले १ कांश्य पदक हात पारेका थिए ।
महिला र पुरुष मिक्स डबल्समा पनि क्षितिज खराल र सुष्मा अधिकारीको जोडीले एक–एक कांश्य पदक हात पारेका हुन् । सम्मान समारोहमा वोल्दै खेलकुद मन्त्री विश्वकर्माले छोटो समयमै अन्तराष्ट्रिय प्रतियोगीतामा मेडल ल्याउन सफल भएकोमा नेपाली टिमलाइ वधाइ ज्ञापन गर्नुभयो । पेताङ्गले अन्तराष्ट्रिय स्तरमा राम्रो पर्दशन गर्ने सम्भावना रहेको वताउदै मन्त्री विश्वकर्माले खेलाडीहरुलाइ आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सेना, नेपाल पेताङ्ग संघका सभापति देवकान्त जोशी, सल्लाहकार शिवराज पन्त,राजेशहरी जोशी,संघका महासचिव कुलवहादुर थापा, सचिव दिपकराज जोशी लगायतको उपस्थिती रहेको थियो । सम्मान पछि प्रतिकृया दिनुहुदै पेताङ्ग संघका सचिव दिपकराज जोशीले खेलकुद मन्त्रीको उपस्थितीले आफुहरुको मनोवल वढेको वताउनुभयो ।
विभिन्न अभावका विच खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगीतमा मेडल ल्याउन सफल भएको वताउदै सचिव जोशीले राम्रो प्रशिक्षण र खेलकुद पुर्वाधारको विकाश गर्नसके अन्तराष्ट्रिय क्षेत्रमा अझै राम्रो गर्न सकिने वताउनुभयो । सचिव जोशीले खेलकुद पुर्वाधार र खेल सामाग्रीको व्यवस्था मिलाउन खेलकुद मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।


Friday, December 21, 2018

कम्प्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |
विन्डोज बटनसँगको सटकर्टहरु

Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ ।
Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
Windows Key + . : इमोजी मेनु खोल्न
Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
Windows Key + S: सर्च गर्न
Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
Windows Key + PrtSrc : स्क्रिनसट लिन
Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न
Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु
Ctrl + C: टेक्स्टलाई कपी गर्न
Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
Alt + Left arrow : पछाडी आउन
Alt + Right arrow : अगाडि जान
Alt + Enter : जानकारी देखाउन
Alt + Spacebar: अप्सन मेनु खोल्न
Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न
एकमात्र बटन थिचेर हुने सटकर्टहरु
F1 : सहयोग मेनु खोल्न
F2: फाइलको नाम परिवर्तन गर्न
F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
F5: रिफ्रेश गर्न
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Delete / Del: केहि कुरा डिलिट गर्न
Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न
इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु
F5: ट्याब रिलोड गर्न
Ctrl + F: मन लागेको शब्द सर्च गर्न
Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न
यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

Thursday, December 13, 2018

Osho||दमन या स्वीकृति -ओशो,osho discourse in hindi

दरबारकै स्विकृतिमा मैले ओशोलाई नेपाल भित्र्याएको थिएँ


Nepal Live

ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहाँलाई नेपाल आउन आमन्त्रण गरेको थिएँ। उहाँले पनि मार्च १९ देखि २२ सम्म ३ दिनका लागि नेपाल आउने आश्वासन दिनुभएको थियो।
ओशोले भर्खरै आफ्नो अध्यापन कार्यबाट विश्राम लिनुभएको थियो। जबलपुरमा बस्नुहुन्थ्यो र प्रसिद्ध भइसक्नुभएको थिएन। उहाँको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। म पनि विद्यार्थी थिएँ, परिवारको खर्चबाट चल्दै थिएँ।
उहाँको सचिव अरविन्द कुमारले मलाई चिठी लेखेर गुरुको भ्रमणका लागि जबलपुरबाट बनारससम्म रेलको पहिलो श्रेणीको टिकट र बनारसबाट काठमाडौं आउन प्लेनको टिकट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। 
ओशोलाई त्यतिबेला भारतबाट काठमाडौं ल्याउन करिब ५–६ हजार खर्च लाग्ने भयो।
विद्यार्थी भएको हुनाले मसँग त्यति ठूलो रकम थिएन। मेरो बुवा–आमासँग पैसा त थियो। तर, संन्यासतर्फको मेरो झुकाव उहाँहरूलाई सुरुदेखि नै फिटिक्कै मन परेको थिएन। छोरा पढाइ छाडेर जोगी बन्ला भन्ने डर भईभई त्यस्तो कुरामा पैसा दिने कुरै थिएन।
१९७० मा ओशोलाई नेपाल भित्र्याउने मेरो सपना त्यत्तिकै तुहियो। यो घटनाले मलाई आफैंप्रति लज्जाबोध र ग्लानि हुन्थ्यो।
पछि मैले इन्जिनियरिङको पढाइ पूरा गरेँ। काठमाडौंमा केही समय काम गर्ने क्रममा मेरो पनि आर्थिक हैसियत चुलियो। मैले फेरि ओशोलाई नेपाल आउन आग्रह गरेँ। म बारम्बार उहाँलाई भेटेर नेपाल आउने निमन्त्रणा दिइरहन्थेँ।
ओशोको जीवनकथा निकै रोचक छ। 
उहाँ ‘इन्लाइटमेन्ट’ हुनुभयो, १९५३ मा। यसपछि उहाँले १९७० सम्म यति धेरै यात्रा गर्नुभयो, लाखौं व्यक्तिलाई प्रवचन दिनुभयो। त्यसपछि दीक्षा दिन सुरु गर्नुभयो। त्यस क्रममा हिँडडुल गर्ने कार्य ठ्याक्कै बन्द गर्नुभयो। उहाँ मुम्बई र पुना गएर ढुक्कै बस्नुभयो।
मैले यसबीचमा उहाँसँग थुप्रै अनुरोध गरेँ। तर, उहाँले भन्नुभयो, ‘मैले अहिले हिँडडुल गर्ने कार्यलाई विश्राम दिएको छु। जुन दिन सुरु गर्छु, नेपाल अवश्य आउँछु।’
उहाँले मलाई नेपाल आउने पहिलो आश्वासन १९७० मा दिनुभएको थियो। तर मौका जुर्‍यो, १९८६ को जनवरी ३ मा। त्यतिबेला नेपालमा व्यवस्थित रुपमा ओशोको कुनै आश्रम बनिसकेको थिएन। ताहाचलस्थित मेरो सानो घर नै ओशो आश्रम थियो। ओशो बाहिर निस्किँदा हजारौंको संख्यामा उहाँका अनुयायीहरूको लर्को लाग्थ्यो। त्यसैले आफ्नो घर उहाँको बसोबासका लागि निकै सानो हुने देखेपछि मैले होटल सोल्टीमा राख्ने व्यवस्था मिलाएको थिएँ।
उहाँको काठमाडौं आगमनपछि काठमाडौंको रौनकै अर्को भयो। यति ठूलो संख्यामा पहिलोपल्ट विदेशी पर्यटक नेपाल भित्रिए, अहिले पनि यसको रेकर्ड छ। उहाँलाई पछ्याउँदै एक महिनाभित्र मात्र २५औं हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिए। नेपाली पर्यटन इतिहासमा यो आफैंमा एउटा अद्भूत घटना थियो।
केही दरबारिया तथा कट्टरपन्थी हिन्दु जमातले वीरेन्द्रलाई भड्काए– हिन्दु राजा भएर पनि ओशोलाई भेट्न जान मिल्छ भनेर। उनीहरूको तर्क थियो, ‘ओशो पो राजालाई भेट्न आउनुपर्छ।’
त्यतिबेला नेपालमा हवाई मात्र होइन, बाटोको सुविधा पनि उत्ति राम्रो थिएन्। तर पनि विदेशीहरू प्लेन चार्टर गरेर समेत नेपाल भित्रिए। तत्कालीन रोयल नेपाल एयरलाइन्स (आरएनएसी) को काठमाडौं–दिल्लीको उडान दिनमा एक पटक मात्र थियो। तर, ओशोलाई भेट्न आउनेहरुको चाप धान्न नसकेपछि दैनिक तीन उडान गर्नुपर्‍यो। पर्यटकको अत्यधिक चापका कारण भारतीय एयरलाइन्सले पनि दिनमा दुई पटक उडान गरेको थियो।
काठमाडौंका सबै होटल पर्यटकले खचाखच थिए। होटल व्यवसायी मात्र होइन, ट्याक्सीवालाहरू मलाई भेटेर अनुरोध गर्थे, ‘स्वामीजी! ओशोलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्‍यो। बरु उहाँलाई राख्न कति खर्च लाग्छ, हामी बेहोर्छौं।’
लाग्थ्यो, काठमाडौं पहिलोपल्ट निकै चलायमान बनेको छ। उहाँ दिनमा दुईपल्ट प्रवचन दिनुहुन्थ्यो। बिहानको प्रवचनमा सीमित व्यक्ति हुन्थे, लगभग १५ जना जतिको। त्यो प्रवचन उहाँकै कक्षभित्र हुन्थ्यो।
दिउँसो प्रवचनका लागि हामीले सोल्टी होटलमै ५ सय व्यक्ति अटाउने एउटा हल (हालको मेघा मलहार) व्यवस्था गरेका थियौं। यसका लागि दैनिक ५ हजार रुपैयाँ भाडा तिर्नुपर्थ्यो। यसको खर्च उठाउन मैले प्रतिव्यक्ति २५ रुपैयाँको दरले टिकटको व्यवस्था गरेको थिएँ।
टिकट बिक्रीका लागि बिहान ८ बजे नै काउन्टर खुलिसक्थ्यो। रोचक कुरा, ९ बजेभित्र सबै टिकट बिक्री भइसक्थ्यो। उहाँलाई सुन्न मानिसहरू यति व्यग्र थिए, मैले पछि सुनेँ– २५ रुपैयाँको टिकट ‘ब्ल्याक’मा ५ सय रुपैयाँसम्म बिक्री भयो रे।
उहाँ ५ वर्ष अमेरिका बसेर भर्खरै भारत फर्किनुभएको थियो। त्यसैले अमेरिका र युरोपबाट नेपाल भित्रिने अनुयायीको संख्या ठूलो थियो।
ओशोको काठमाडौं आगमनले राजदरबारमा पनि कम्पन भयो। तत्कालीन राजा वीरेन्द्र विकासप्रेमी थिए। त्यसैले उनी ओशोलाई नेपालमा राख्ने मनस्थितिमा थिए। राजा वीरेन्द्रलाई मैले आफैले भेटेर एउटा ‘प्रपोजल’ बनाएर दिएको थिएँ। त्यसमा मैले ‘ग्यारेन्टी’ गरेको थिएँ– ‘ओशो नेपाल बस्नुभयो भने लाखौं पर्यटक देश भित्र्याउने जिम्मा मेरो।’
राजा वीरेन्द्रको इच्छा थियो, अन्य विकास क्षेत्रको तुलनामा सुदूरपश्चिम धेरै पछाडि छ। त्यसैले त्यहाँको विकास द्रुत गतिमा होस्। उनले मलाई ओशो आश्रम सुदूरपश्चिमको कुनै ठाउँमा बनोस् भन्ने इच्छा जाहेर गरेका थिए। वीरेन्द्रको विशेष मोह सुर्खेतमा थियो। त्यसैले आश्रम पनि त्यही बनोस् भन्ने कामना थियो।
ओशोको नेपाल आगमनपछि उहाँप्रति स्थानीयको बढ्दो आकर्षण र दरबारको सहयोगी भावबाट नेपालका कट्टरपन्थी हिन्दुहरू अत्तालिएका थिए। ओशोको विचारधारा विद्रोही स्वभावको छ। त्यसैले उहाँको विचार नबुझेका केही धार्मिक ठेकेदारहरूले स्थानीय पत्रपत्रिकामा लेख छपाएर विरोध सुरु गरे। केहीले ‘सेक्स गुरु’ भनेर होच्याउन खोजे। अमेरिकाबाट निर्वासित भएर फर्किनुभएकाले केहीका लागि उहाँ विरूद्ध लेख्ने मसला पनि बन्यो।
ठट्टा गर्दै उहाँले उत्तर दिनुभएको थियो। तर, यसमा पनि केही दरबारिया र कट्टरवादी हिन्दु जमातले अनर्थ निकाल्ने प्रयास गरे। हल्ला फिजाएँ– ओशोले राजाको अपमान गरे। होच्चाउन खोजे।
अमेरिका छाड्ने बेला ओशोलाई आफ्नो जीवनको उत्तरार्द्ध हिमालयको काखमा बिताउने ठूलो रहर थियो। त्यसैले उहाँ अमेरिकाबाट फर्किएपछि भारतको मनालीमा २–३ महिना बस्नु पनि भयो। त्यतिबेला म पनि उहाँसँगै थिए। तर, मनालीमा रमाउन सक्नुभएन। यसपछि उहाँले मलाई भन्नुभयो, ‘मलाई भारत, नेपाल, भुटान, सिक्किम, तिब्बतसँग कुनै सरोकार छैन। हिमालयमा बस्ने मेरो चाहना हो। तिम्रो नेपालको हिमालयमा बस्न मिल्छ भने म त्यहाँ ध्यान गरेर बस्न चाहन्छु।’
मैले यो प्रस्ताव दरबारमा राखेँ। ओशोको साहित्य र केही अडियो सुनेको हुनाले ओशोप्रति राजा वीरेन्द्रको केही झुकाव थियो। वास्तवमा दरबारकै स्वीकृतिपछि मैले ओशोलाई नेपाल भित्र्याएको हुँ। सोल्टीमा बस्नुभएको ओशोसँग राजा वीरेन्द्रको भेट गराउन मैले भरमग्दुर प्रयास गरेको थिएँ। तर, केही दरबारिया तथा कट्टरपन्थी हिन्दु जमातले वीरेन्द्रलाई भड्काए– हिन्दु राजा भएर पनि ओशोलाई भेट्न जान मिल्छ भनेर। उनीहरूको तर्क थियो, ‘ओशो पो राजालाई भेट्न आउनुपर्छ।’
वीरेन्द्रले विवाद र चर्चा केही मत्थर भएपछि ओशोसँग भेट्ने कुरा गरेका थिए। तर, त्यो समय कहिल्यै आएन।
ओशोको गजबको बानी थियो। नेपालमा ४५ दिन सोल्टी होटलमा बस्दा उहाँ होटलको चौघेराबाट कत्तै निस्किनुभएन। बिहान १० बजे होटल बाहिर एकछिन बगैंचामा टहलिन निस्किनुहुन्थ्यो र अपराह्न ४ बजेतिर होटलकै वरिपरि घुम्नुहुन्थ्यो। बाँकी समय ध्यान र प्रवचनमै बित्थ्यो।
उहाँलाई मैले लुम्बिनी, पोखरा र गोदावरी घुमाउन लैजाने निकै प्रयास गरेको थिएँ। नाइँ कहिल्यै भन्नुभएन। तर, घुम्ने अग्रसरता कहिल्यै देखाउनुभएन।
उहाँ जसरी एयरपोर्टबाट होटल सोल्टी पुग्नुभयो, त्यसरी नै फर्किने बेला सोल्टीबाट एयरपोर्ट लाग्नुभयो। नेपालको अन्य कुनै ठाउँ घुम्नुभएन। प्लेनबाट काठमाडौं आउँदा नेपाली भूगोललाई जुन प्रकारले अनुभव गर्नुभयो, त्यो नै उहाँका लागि पर्याप्त थियो। नेपाल नघुमे पनि यहाँको सामाजिक संरचना, धर्म, साहित्य र संस्कृतिबाट उहाँ परिचित हुनुहुन्थ्यो।
यसको झल्को मैले नेपाल आएको भोलिपल्टै होटल सोल्टीमा आयोजना भएको पत्रकार सम्मेलनमा पाएँ। उहाँले पत्रकार सम्मेलनमा नेपालको विषयमा सविस्तार कुरा गर्नुभयो। उहाँले त्यतिबेला अर्को कुरा पनि गर्नुभएको थियो, ‘नेपाली भाषा मैले प्लेनमा पहिलोपल्ट सुन्ने मौका पाएँ। असाध्यै मिठो लाग्यो।’
युरोपका शिष्यहरूले काठमाडौंबाट उहाँलाई सोझै ग्रिस लगे। मैले यही झोँकमा कुनै दिन उहाँ नेपाल फर्किनुहोला भनेर घर ठूलो बनाएँ। तर, उहाँ फेरि फर्किनुभएन।
पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासा सकिएपछि मैले पनि एउटा प्रश्न राख्ने मौका पाएँ। मेरो प्रश्न थियो, ‘धनीहरूको घर निकै ठूलो हुन्छ, तर उनीहरूको घरमा अतिथिलाई राख्ने एउटा कोठा पनि हुँदैन। गरिबको झोपडी निकै सानो हुन्छ। तर पनि अतिथिलाई आफ्नो घरमा राख्ने ठूलो मुटु हुन्छ। तपाईंलाई अमेरिका जस्तो समृद्ध देशले राख्न सकेन। निष्कासित गर्‍यो। अहिले नेपाल जस्तो गरिब देशमा हुनुहुन्छ। हामी आत्मादेखि नै तपाईं यहाँ बस्नुहोस् भन्ने चाहन्छौं, के तपाई नेपाल बस्न चाहनुहुन्छ?’
उहाँले गजबको उत्तर दिनुभयो। भन्नुभयो, ‘बस्छु। यदि तिम्रो राजा चाहन्छन् भने। तर, यसमा पनि एउटा संकट आउन सक्छ। यदि म तिम्रो मुटुमा बसेँ भने तिम्रो जीवन यति आह्लादित बन्न सक्छ, जसका कारण तिम्रो राजाले तिमीसँग ईर्ष्या गर्न सक्छन्।’
वास्तवमा उहाँले ठट्टा गर्दै यो उत्तर दिनुभएको थियो। तर, यसमा पनि केही दरबारिया र कट्टरवादी हिन्दु जमातले अनर्थ निकाल्ने प्रयास गरे। हल्ला फिजाएँ– ओशोले राजाको अपमान गरे। होच्चाउन खोजे।
ओशो नेपालमा बस्न चाहनुहुन्थ्यो। तर, युरोपका उहाँका अनुयायीहरू कुनै पनि हालतमा उहाँलाई नेपालमा राख्न चाहँदैनथे। ओशो नेपालमा बस्नुभयो भने आनन्द अरुण उहाँको सबैभन्दा नजिकको शिष्य बन्छ भन्ने डर पनि थियो, केही अनुयायीलाई। फेरि नेपालमा पनि त्यतिबेला खासै भौतिक पूर्वाधारको विकास भइसकेको थिएन। न केही कुराको सुविधा नै थियो। ओशोसँग ४५ दिन काठमाडौं बस्दा त युरोपका अनुयायीहरूलाई गाह्रो परिसकेको थियो भने आजीवन उनीहरू नेपाल बस्ने कल्पना धेरै टाढाको कुरा थियो। यसैले पनि उनीहरूले ओशोलाई आफ्नै मुलुकतिर लैजान दबाब दिइरहे।
त्यतिबेला नेपालमा आश्रम बनिसकेको थिएन। ओशो होटलमा बस्न नचाहने। बरु सानै भए पनि उहाँ ताहाचलस्थित मेरो घरमा बस्न चाहनुहुन्थ्यो। त्यतिबेला मेरो घर यति सानो थियो, उहाँले चाहेर पनि म राख्न सक्दिनँ थिएँ। घरमा कुनै किसिमको सुविधा थिएन। फेरि उहाँसँग थुप्रै चेलाचेली थिए। भेटघाटका लागि पनि ठाउँ निकै साँगुरो थियो।
यही बीचमा युरोपका शिष्यहरूले काठमाडौंबाट उहाँलाई सोझै ग्रिस लगे। मैले यही झोँकमा कुनै दिन उहाँ नेपाल फर्किनुहोला भनेर घर ठूलो बनाएँ। तर, उहाँ फेरि फर्किनुभएन।
Souce: Nepal Live

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *