पाल्पा, फागुन १७ : जिल्लाको आन्तरिक पर्यटनको विकास गर्न, ‘हामी सबैको उत्सव पाल्पा महोत्सव २०७०’ भन्ने मुल नाराका साथ १० दिने पाल्पा महोत्सव तानसेनमा शुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना, जिल्ला विकास समिति, तानसेन नगरपालिकाको सहआयोजनामा पर्यटन, कृषि, उद्योग व्यावसाय प्रबद्र्धन गरी धार्मिक र सांस्कृतिक पहिचानलाई प्रचार गर्न नवौं पटक महोत्सव आयोजना गरेको हो ।
|
Inaugurating the Palpa Festival |
महोत्सवमा कृषि उत्पादन, कृषि प्रविधि, पशुपालन, घरेलु तथा साना उद्योग, विभिन्न कलासँस्कृति, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उत्पादन, वित्तीय संस्था गरी ३ सय ७ स्टल रहेको महोत्सव आयोजक मुल समितिका संयोजक राजु मर्हजनले बताए । महोत्सवको आर्कषणका रुपमा प्रेमको प्रतिक रानीमहलको स्वरुप सचिवालय, मुल ढोका प्रवेशद्वार, विश्वको सबैभन्दा ठुलो करुवा, अष्ट्रिज चरा, मगरी कुडुले घर, हेलिकप्टरबाट दृश्यावलोकन लगायत वास्तुकलाहरुको समेत प्रदर्शन गरिने महोत्सव प्रचारप्रसार समितिका संयोजक शैलेन्द्र भट्टराइले जानकारी दिए । महोत्सवमा स्थानीय मौलिक भाका रोईला, मारुनी, लाखे, दोहोरी, लगायतका प्रस्तुती समेत रहने छन् । महोत्सवको २ लाख दर्शकहरुले अवलोकन गर्ने र ५ करोड बराबरको कारोवार गर्ने लक्ष्य आयोजकले लिएका छन् । महोत्सवको आम्दानीबाट संघको बहुउद्देश्यीय भवन निर्माण, पर्यटन विकासमा श्रीनगर क्षेत्रको व्यवस्थापन, तानसेनको टुडिंखेलको स्तरोन्नतीमा खर्च गरिने महासचिव भीमसेन कार्कीले बताए । महोत्सवको पाल्पाका जेष्ठ सभाषद् हरि नेपालले उद्घाटन गरे, भने सभासद् राधाकृष्ण कडेल, राजनीतिक दलका प्रतिनिधी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल लगायतका पाहुनाहरुको उद्घाटनमा सहभागिता रहेको थियो । पाउवा संघका अध्यक्ष राजु महर्जनको सभापतित्वमा भएको उद्घाटनमा, पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशी निवर्तमान सांसद लिला सोमै, नारायणी शर्मा, पूर्व सांसद् यादवबहादुर रायमाझी, नेपली कांग्रेसका जिल्ला सभापति बीरबहादुर राना, नेकपा एमालेका कार्यवाहक अध्यक्ष देवी बश्याल, एनेकपा माओवादीका जिल्ला सेक्रेटरी नेत्रप्रसाद पाण्डे, राप्रपा नेपालका अध्यक्ष विष्णु पाण्डे, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष सोमकुमार कार्की, अखण्ड नेपालका अध्यक्ष दिनेश रावल, नेकपा माओवादीका जिल्ला इन्चार्ज बसन्त घर्ती मगर, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्मा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, स्थानीय विकास
|
Showing Peacock Dance by Udiram Khadka |
अधिकारी दीर्घबहादुर पोख्रेल, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोख्रेल, नेपाल पत्रकारमहासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी लगायतले महोत्सवको सफलताको कामना गरे । उद्घाटनकोे अवसरमा जिल्लाका विभिन्न संघसस्था, नगरका टोल विकास संस्थाहरुले विभिन्न भेषभूषा, संस्कृति र स्थानीय स्तरमा उत्पादन हुने ढाका तथा पाल्पाली करुवा समेतको झाँकी ¥यालीमा प्रदर्शन गरिएको थियो । झाँकी ¥यालीमा मिलिजुली टोल विकास संस्था प्रथम, साहारा कला केन्द्र द्वितीय र मखनटोल विकास संस्था तृतीय भए । विजेता तथा उपविजेता क्रमश ः नगद रु ७, ५ र ३ हजार पुरस्कार र मायाको चिनो प्रदान गरिने झाँकी ¥यालीका उपसंयोजक शुसील प्रधानले जानकारी दिए । यसैबीच उदिराम खड्काले मयूर नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार शिरिष देवकोटा, आधुनिक गायिका मल्लिका कार्की र स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
|
Main Gate |
|
Rani Mahal and Palpali Karuwa
|
Palpa Map
|
|
No comments:
Post a Comment