Saturday, March 22, 2014

‘देश बनाउन राजनीतिक क्रान्तिमात्र होइन, बौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ’

‘देश बनाउन राजनीतिक क्रान्तिमात्र होइन, बौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ’

सेतोपाटी संवाददाता काठमाडौं, चैत ८ print

  • 48
     
     
    5
     
     
    0
     
     
    53
     
  • GET NEWS ALERTS


स्वामी आनन्द अरुणले नेपालमा राजनीतिक क्रान्तिले मात्र नभएर बौद्धिक र आध्यात्मिक क्रान्ति पनि आवश्यक पर्ने बताएका छन्। ओशो रजनीशले कयौँ वर्षअघि भनेको अभिव्यक्ति सापटी लिँदै ओशो तपोवनका सञ्चालक अरुणले भने, ‘समाज परिवर्तन राजनीतिक क्रान्तिले मात्र हुँदैन। वौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ।’
 
तपोवनको २४ औं वर्षगाँठको कार्यक्रममा अरुणले शनिबार भने, ‘नेपाल गरिब हुनुको कारण आर्थिकमात्र हैन, मानसिक पनि हो, त्यसैले हामी ध्यान र योगमा निपूण भूमिगत सन्यासी उत्पादनमा लागेका छौं, जो जस्तो परिस्थितिमा पनि हाँसेर बाँच्न सक्छ।’
 
तपोवन स्थापनाको २४ वर्ष तथा ओशोको सम्बोधि दिवसमा तपाेवनमै आयोजित कार्यक्रममा गैरआवासीय नेपाली उपेन्द्र महतोले देश समृद्ध राख्न ध्यान उपयोगी हुने बताए। ‘दिनमा केही समय आँखा बन्द गरेर आफूलाइ हेरौं, आफ्नो गुण र दुर्गुण पहिचान गरौं,’ उनले भने। ओशोले ६१ वर्षअघि सन् १९५३ मा सम्बोधि प्राप्त गरेका थिए। 
 
भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि त शनिबार बिहानैदेखि आध्यात्मिक गतिविधिमा व्यस्त रहे। बिहान भक्तपुरको डोलेश्वर मन्दिर, गुन्डुको पाइलट बाबा आश्रम हुँदै दिउँसो सपत्नी तपोवन पुगेका थिए उनी। उनले भने, ‘मेरो जेल जीवनमा ओशोका पकेट पुस्तकले प्रेरणादायी भूमिका प्रदान गरेका छन्।’ कार्यक्रममा तपाेवनकै सन्न्यासी कुन्दनले नृत्य प्रस्तुत गरेकी थिइन् भने मनोज गजुरेल र सिस्नुपानी नेपालले हास्यव्यंग्य देखाएका थिए। 
 
कार्यक्रममा उद्योगपति, व्यापारी, विभिन्न दलका नेताहरु, सर्वसाधारण, ओशो सन्न्यासी, कलाकारलगायत सयौँ उपस्थित थिए।
 
तपोवन अहिले २० देशमा फैलिएको छ भने नेपालमा यसका ६ वटा कम्युन छन्। 
 
 

You Are Not Your Name

Friday, March 21, 2014

कृषि योग्य जमिनको दिनदहाडै वलात्कार भएको छ

देशमा लोकतन्त्र प्राप्ती पछि दीर्घकालीन सोच अनुसार वैज्ञानिक भूमिसुधारको नीति र कार्यक्रम आउने जनअपेक्षा थियो । विद्यमान भूमिको असमान वितरण,नियन्त्रण र खण्डिकरण जस्ता सामन्ती व्यवस्थाका अबशेषहरुलाई पन्छाएर कृषियोग्य भूमिको सुदृढिकरणका लागि चक्लाबन्दीको नीति आउने छ र समुन्नत नयां नेपाल बन्ने छ भन्ने जनताहरुको कल्पना केवल उनीहरुका कोरा कल्पनामा मात्र सिमित हुन पुगे ।  जनआस्था बढ्ने किसिमको अभ्यास,आर्थिक रुपान्तरण,दीगो कृषि उत्पादन, दीगो शान्ति जस्ता जनअपेक्षाका सवालहरु प्रति राजनैतिक पार्टीहरुबाट ठोस कार्य योजना र मार्गचित्र प्रस्तुत हुन सकेन । एकातिर सरकारले सहकारी खेती स्किम सञ्चालनगरी कृषकसंग भएका ससाना जमिनलाई एकिकरण गरी सामुहिक हितको लागि व्यावसायिकरण तर्फ उत्पे्ररित गराउन तथा जमिनको खण्डीकरणलाई रोक्न करोडौं रुपैंया खर्च गरिरहेछ भने अर्कोतिर व्यावसायिक कृषियोग्य भूमिका उर्वर फांटहरुमा अनियन्त्रितरुपमा घडेरी प्लटिंगगरी खण्डीकरण गर्ने कृयाकलापमा लागेका भूमाफियाहरुलाई सल्बलाउन कुनै रोक लगाएको छैन वरु उल्टै पार्टीगत छाता ओढाएर अभिपे्ररित गरिएको विरोधाभास स्थिति छ । म एउटा निरीह कृषि प्राविधिक विद्यमान स्थिति प्रति रमिते बनेर हेरिरहेको छु । दूर दराजतिर लखेटिएका मेरा विचारहरु वैज्ञानिक व्याख्या, विश्लेषण र मूल्यांकन गरी दवाव समुह मार्फत सरकारलाई झक्झक्याउन पनि सकिन । नागरिक समाजका आदरणीय मित्रहरुसंग लिखित गुनासो राख्न पनि गएको छैन । भूमि व्यवस्थापन पद्धतिको यो गाईजात्रे चालाबाट समग्र कृषि विकासमा पुगेको नकारात्मक प्रभावका मतियारहरु बिरुद्ध एक दिन औंला ठड्याएर विरोधका स्वर उराल्न सकेको छैन । मलाई ग्लानी महशुश भईरहेछ । कृषि प्राविधिक भएर कृषि योग्य जमिनको दिनदहाडै वलात्कार भएको दृष्य देख्दा समेत मैले सचेत नागरिकको सामान्य कर्तव्य समेत निर्वाह गर्न सकिरहेको छैन । मेरो पेशा प्रति धावा बोल्दा समेत मेरो मुख किन खुल्दैन ? व्यावसायिक खेती गरिएका बिशाल समथर फांट करेशावारीमा सिमित बनाईंदा पनि म बोल्न सकिरहेको छैन । बोल्न कोशिश गर्दा पनि मुखबाट आबाज निस्कंदैन ।
पहेंलपुर धान झुल्ने उर्वर खेतमा कालो पत्रे सडक लमतन्न परेर फैलिएर बसेको छ । खाद्य सुरक्षामा धावा बोल्दै प्लटिंग क्षेत्रमा गाडिएका विजुलीका अंधेरा पोलहरु उल्टै कृषि प्राविधिकहरुलाई जिस्क्याएर शीर ठाडो बनाएर हांसिरहेका छन् । रहर र भटमास फुल्ने धान खेतका आलीहरुमा भूमाफियाका चिल्ला वाईक र गाडीहरु कुदेका छन् । पानी वग्ने नहर र कूलाहरु घडेरी भित्र हराएका छन् । धान फल्ने यहांका मलिला खेतका गह गहमा आज भोली घडेरी भरी लुंडे कांडा र गन्दे झार फल्न थालेको छ । असारे गीत गाउंदै खेतमा छुपु छुपु गर्दै रोपाईं गर्ने दिदी वहिनीहरु ईजरायल तिर पलायन भएका छन् । १५ असारमा हिलाम्मे भएर दही चिउराको स्वादमा धान दिवस मनाउने हली र वाउसेहरु वेरोजगारीले छट्पटाएर खाडी मुलुक तिर श्रम बेच्न गएका छन् । स्वदेशको चौतर्फी विकासमा लाग्नुपर्ने ती परिश्रमी युवा हातहरु खाडीमा सस्तो मुल्यमा वेचिएका छन् । जीवनलाई धरापमा पारेर खाडीबाट खाई नखाई पठाएका रेमिटेन्स भूमाफियाका सांघुरा घडेरीहरुमा खुम्चीएर कैद भएका छन् । २।४ रुपीयां राजश्व संकलनमा बृद्धि भएको समाचार प्रशारण गरेर सरकारका मन्त्रीहरुले विकासको राग अलाप्दै जागीर पकाएका छन् । विनाशको भूमरी भित्र निरिह जनतालाई विकासको खोक्रो सपना बांडीरहेका छन् । राष्ट्रभक्ति, सेवा भाव, ईमान्दारिता, योग्यता र शिक्षा भूमाफियाहरुले थापेको एम्बुसमा परेर क्षत विक्षत अबस्थामा छट्पटाईरहेको छ । भएका हाम्रा उद्योग कल कारखानाहरु पनि दिनानुदिन बन्द हुने क्रममा छन् । यहां रोजगारीको अवशर नित्तान्त हराएको छ । हाम्रो शहरको वास्तविक रुपरेखा केवल सिटिईभिटिको एक बर्षे तालिम प्राप्त अमिनले कोरेको लाईनलाई पछयाउंदै हिंडिरहेको छ । समुद्रपारसम्म पुगेर ईञ्जिनियरिंग र शहरी विकास बिषयमा ल्याएका महंगा विद्यावारिधीको प्रमाण पत्र वेरोजगार भएर गोदरेज दराज भित्र थन्किएको छ । प्लटिंग गु्रपको काममा हाम्रा अमिन साहेबहरुको प्रमाणपत्रलाई भ्याई नभ्याई भएको छ । कृषि व्यवसायिकरण गर्ने फराकिला फांटहरु अमिनसाहेवको हातेव्यागभित्रको नटराज पेन्सिल र स्केलले चिरा चिरा भएको छ । कृषि उत्पादन गर्ने कर्मठ युवा हातहरु वेरोजगार भएर हातमुख जोर्ने विकल्पको पछ्याईमा भौंतारिरहेका छन् । भूमाफियालाई ह्विस्की र वीयर ख्वाउने दोहोरी सांझ र तन्दुरी क्याफेमा पो धमाधम रोजगारी खुलेका छन् । भूमाफियाकै घरको तला थप्ने काममा निर्माण सामग्री बोक्ने र उनीहरुकै प्लटिंगमा सडक कालो पत्रे गर्न अलकत्रा पकाउंदै छन् ।
वीउ विजन बेच्ने एग्रोभेट्सहरु सिमेण्ट र रड बेच्ने हार्डवेयर मा रुपान्तरण भएका छन् । गुणस्तरीय वीउ उत्पादन गरेर मुस्कुराउने खेतका फांटहरु घडेरी फलाएर अट्टहास गरेका छन् । कृषि प्रधान देशले कृषि योग्य भूमि लुटिएको टुलुटुलु हेर्दै चामलका वोरा आयात गरी रहेछ । जैविक विविधता संरक्षण गर्ने सपनामा तुषारापात भएको छ । जुन ५ को विश्व वातावरण दिवस टुहुरो भएको छ । हलो र कोदालो लिएर किसान खेल्ने खेतवारीका फांटहरुमा छिमेकी देशका मिस्त्रीहरु ज्यावल लिएर  खेलीरहेका छन् । १६ अक्टोवरको विश्व खाद्य दिवस अपाङ्ग भएको छ । विकासले अग्रगामी छलाङ्ग मार्नुपर्नेमा विनाश तिर धकेलिएको छ । राजनेताहरु स्वीट्जरल्याण्ड र सिङ्गापुरको सस्तो काल्पनिक सपनामा जनतालाई भुलाएर सुडान र ईथियोपिया बनाउने कसरतमा लागेका छन् । डबल डिजिटको आर्थिक बृद्धि दरको दन्त्यकथामा भुलाएर जनतालाई मन्द बिष पिलाएका छन् । हाम्रा धान फल्ने खेतमा घडेरी फलेको छ अनि ति प्लटिङ्ग गरिएका कालोपत्रे सडकमा सांझ तिर गांजा र स्म्याक्स पनि बलेको छ । भबिष्यका कर्णधार ती अनमोल टिनेजर युवा युवतीहरुको रोमान्सगर्ने उपयुक्त क्रिडास्थल पो भएको छ । अमुल्य जीवन वर्वाद भएको छ, समाज वर्वाद भएको छ, देश वर्वाद भएको छ, मेरो कर्तव्य वर्वाद भएको छ । भो म कर्तव्य वर्वाद हुन किमार्थ दिन्न । म दूर दराजबाट भए पनि मेरा दविएका स्वरहरु लिएर एकपटक मुख खोल्ने प्रयत्न गर्छु । शहरतिरको रमझममा बसेका र मस्त निद्रामा सुतेका दक्ष कृषि प्राविधिकहरु, नीति निर्माता तथा वातावरणविद्हरुलाई पनि ब्युंझाउंने जमर्को गर्छु । सुतेकाहरुलाई ब्रम्ह मुहुर्तमा उठेर एक पटक देशको अबस्था प्रति चिन्तन गर्न विनम्रतापूर्वक आग्रह गर्छु । भूमाफियाका प्लटिंगले चिरा पारिएका हाम्रा उर्वर व्यावसायिक फांटहरुको विकराल रुप देखाउंदै प्लटिंग गर्न नभ्याईएर वचे खुचेका टुक्रा टाक्री जमिनको उत्पादनबाट बढ्दो जनसंख्यालाई कसरी ख्वाउन सकिन्छ भनेर विज्ञहरुलाई यक्ष प्रश्न तेस्र्याउंछु । समस्याबाट भागेर विदेश पलायन हुने ह्ैन देशमा स्वाभिमानपूर्वक बस्ने सोच बनाउन अनुरोध गर्छु । ब्रेन डे«न भएर विदेश पुगेका दक्ष जनशक्तिलाई एकपटक मातृभूमी फर्केर कृषिको वर्तमान अबस्था र कृषि प्राविधिकको दायित्व शिर्षकमा वृहद् अन्तरक्रिया कार्यक्रममा रचनात्मक विचार पस्कन विनम्र अनुरोध गर्छु । राजनैतिक दलका नेतृत्वलाई अन्तरक्रियाका निष्कर्श सुनाउने व्यवस्था गर्छु अनि प्रतिबद्धता सहित भावी कृषि नीति तय गराएर कृषिको आधुनिकीकरण मार्फत समुन्नत नयां नेपाल बनाउने वातावरण तयार पार्छु । समयले हामीलाई धेरै पछाडी पारेर अघि बढीसकेको छ । हामी धेरै अबेर सम्म सुत्यौं । अब सुत्ने बेला छैन । -शेषमणि भट्टराई

Friday, March 14, 2014

मिर्गौला बूढो' हुनबाट बचाऔं

सन्दर्भ : विश्व मिर्गौला दिवस
डा. पुकारचन्द्र श्रेष्ठ

काठमाडौ, फाल्गुन २९ - उमेरसँगै तपाईंको मिर्गौला पनि 'बूढो' हुनसक्छ भन्ने नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस मनाइँदैछ । प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । यो रोग जुनसुकै उमेरमा र विभिन्न कारणबाट लाग्न सक्ने भए तापनि उमेरसँगै यो रोग बढी लाग्ने गर्छ । ४० वर्षपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येक वर्ष १ प्रतिशतले ह्रास आउने गर्छ । उमेरका साथै बढ्दो उमेरमा देखिने रोगहरू जस्तै- मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदिले मिर्गौलालाई आक्रान्त पार्दै लैजान्छ ।
विश्व मिर्गौला दिवस सन् २००६ देखि मनाइँदै आएको छ । नेपालमा करिब ३० लाख व्यक्तिमा कुनै न कुनै किसमको मिर्गौलासम्बन्धी रोग लागेको अनुमान छ भने एक वर्षमा करिब ३,००० जनाको दुबै मिर्गौला फेल हुने गरेको विश्वास छ । तीमध्ये ९०५ भन्दा बढीको केही महिनामै अकालै मृत्युको सिकार हुने गर्छ । प्रत्येक वर्ष मनाइने विश्व मिर्गौला दिवस, नेपाल प्रत्यारोपण खेलकुद, निःशुल्क स्वास्थ्य शिविर लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरूबाट हाम्रो देशमा पनि यस रोगको निदान, उपचार, रोकथामका प्रयासमा अभिवृद्धि भएको विश्वास गर्न सकिन्छ ।
एक अनुमानअनुसार ६५ देखि ७४ वर्ष उमेर पुगेका प्रत्येक पाँच पुरुषमध्ये एक र प्रत्येक चार महिलामध्ये एक जनालाई दीर्घकालीन मिर्गौला रोग लाग्ने गर्छ भने ७५ वर्ष उमेर नाघेकाहरू त झन्डै आधाको संख्यामा यो रोगको सिकार हुने गर्छन् । दीर्घकालीन मिर्गौला रोगले हृदयाघात र मस्तिष्कघातको जोखिमलाई बढाउँछ र मिर्गौला 'फेल' भएपछि डायलासिस वा प्रत्यारोपण गरेर बाँच्न बाध्य गराउँछ ।
एकजनाले आफ्नो मिर्गौलाको कार्यक्षमता ९० प्रतिशतभन्दा बढी नष्ट भएसम्म पनि कुनै सुइँको नपाउन सक्छ र यो अघोषित मृत्युको कारण बन्न सक्छ । अन्तिम अवस्थामा पुगेपछि मात्र विभिन्न लक्षण देखिन सक्छ । जस्तै- खुट्टा सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, वाकवाक लाग्ने, कुनै कुरामा मन नजाने तथा पिसाबमा रगत देखिने वा फिँज आउने आदि । तसर्थ जोकोहीले पनि मिर्गौलासम्बन्धी जाँच गर्नु उपयुक्त हुन्छ भने जोखिम समूहकाले त अनिवार्य रूपमा नियमित जाँच गर्नु जरुरी
हुन्छ । साधारण जाँचहरू जस्तै- पिसाबमा 'प्रोटिन' र रगतमा 'क्रियटिनिन' भन्ने जाँचबाट मिर्गौला रोग पत्ता लगाउन मद्दत पुग्छ, जसबाट समयमै उचित उपचार सम्भव हुनसक्छ र मिर्गौला बचाउन मद्दत पुग्छ ।
तपाई जुन उमेरको भए तापनि यदि तपाईले साधारण उपायहरू अपनाउनुभयो भने पनि मिर्गौला रोग लाग्ने गतिलाई कम गर्न सकिन्छ । यसबाट हुने जटिलताहरूलाई रोक्न सकिन्छ तथा जीवन स्वस्थ राख्न मद्दत पुग्छ ।
यसबाट बच्न के गर्ने ?
यसका लागि ८ स्वणिर्म नियमहरूको पालना गर्नुपर्छ ।
१. आफूलाई 'फिट' र सक्रिय राखौं ।
२. मधुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मिर्गौला रोग लाग्ने गर्छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण गराऔं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मिर्गौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं, नुन थोरैमात्र सेवन गरौं र शरीरको तौल नियन्त्रणमा राखौं ।
५. प्रशस्त मात्रामा पानी पिऔं- दैनिक करिब १.५ देखि २ लिटरसम्म पानी पिउने बानी बसालौं ।
६. धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगरौं ।
७. जथाभावी औषधीको सेवन नगरौं ।
८. यदि तपाई 'उच्च जोखिम'युक्त समूह जस्तै- उच्च रक्तचाप र मधुमेहको रोगी, तपाईको परिवारमध्ये कसैलाई मिर्गौला रोग लागेको छ, मोटोपना भएको, धूमपान गर्नेहरू, उमेर ५० वर्ष नाघेकाहरूमध्ये कुनै पनि समूहमा पर्नुहुन्छ भने चिकित्सकसँग सरसल्लाह गर्न अबेर नगर्नुहोस् । मिर्गौला रोगसम्बन्धी जाँच गर्नुपर्ने हुनसक्छ । बिना कुनै लक्षण मिर्गौलाको दीर्घकालीन रोगको सिकार हुने जोखिम रहन्छ । समयमै उपचार गराउनुभयो भने मिर्गौला 'फेल' हुनबाट धेरै हदसम्म बचाउन सकिन्छ ।   
लेखक मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।
Source:http://www.ekantipur.com/np/2070/11/29/full-story/385607.html

मुल्य वृद्धिमा सुधार, माघमा ८.८ प्रतिशतले बढ्यो मुल्य

२९ फागुन काठमाडौं । मुल्य वृद्धिबाट आक्रान्त जनताले अब सुधारको महसुस गर्न पाउने संकेत देखिएको छ । उपभोक्ता मुल्यवृद्धिदर खुम्चिएकाले जनताले राहतको महशुस गर्न पाउने संभावना बढेर गएको छ । यद्यपि सरकारलाई मुल्यवृद्धि नियन्त्रणमा राख्न भने चुनौति नै छ ।
चालु आर्थिक वर्षको पुस मसान्तको तलुनामा माघ महिनामा मुल्यवृद्धिमा सुधार आएको छ भने गत वर्षको माघ महिनाको भन्दा २.७ प्रतिशत कमले मुल्यवृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिका अनुसार यो आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुल्यवृद्धि दर ८.८ प्रतिशत छ । गत वर्षको यसै अवधिमा उपभोक्ता मुल्यवृद्धिदर १०.१ प्रतिशत थियो ।
यो आर्थिक वर्षको पुस मसान्तमा ९.७ प्रतिशत रहेको मुल्यवृद्धि दर माघ मसान्तमा ८.८ प्रतिशतमा कायम भएको छ । यो नियन्त्रणउन्मूख हो ।
समीक्षा अवधिमा वाषिर्क विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकाङ्क वृद्धिदर १०.८ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर ६.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमशः १०.७ प्रतिशत र ९.६ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सवैभन्दा बढी अर्थात २५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ११.४ प्रतिशतले वृद्धि भएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४.४ प्रतिशत र १४.४ प्रतिशतले वृद्धि भएको मदिराजन्य पदार्थ र मासु तथा माछा उप-समूहहरुको मूल्य सूचकाङ्क समीक्षा अवधिमा क्रमशः २२.५ प्रतिशत र १९.५ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, समीक्षा अवधिमा फलफूल र खाद्य तथा खाद्यजन्य पदार्थ उप-समूहहरुको विन्दुगत मूल्य सूचकाङ्क क्रमशः १५.६ प्रतिशत र १३.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ४.६ प्रतिशत र १०.२ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १२.५ प्रतिशतले बढेको चिनी तथा मिठाई उप-समूहको मूल्य सूचकाङ्क भने समीक्षा अवधिमा २.७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता-चप्पल उप-समूहको मूल्य सूचकाङ्क सबै भन्दा बढी अर्थात १२.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्कमा ११.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा फर्निसिङ्ग तथा घरायसी उपकरण र स्वास्थ्य उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.४
प्रतिशत र ९.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित दुवै उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः १२.९ प्रतिशत र ६.५ प्रतिशतले वृद्धि भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा शिक्षा उप-समूहको मूल्य सूचकाङ्क ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यो उप-समूहको मूल्य सूचकाङ्कमा १२.५ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सवैभन्दा बढी तराईमा ९.४ प्रतिशतले मूल्य सूचकाङ्कमा वृद्धि भएको छ भने पहाडमा ८.५ प्रतिशत र काठमाडौं उपत्यकामा ८.२ प्रतिशतले वृद्धि
भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कहरुको वृद्धिदर तराईमा १०.६ प्रतिशत, पहाडमा ९.० प्रतिशत र काठमाडौं उपत्यकामा १०.२ प्रतिशत रहेको थियो ।

७५ जिल्लामै वाईफाई

टेलिकमले एक वर्षभित्र ७५ जिल्लामा वाईफाई इन्टरनेट सेवा बिस्तार गरिसक्ने जनाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले राजधानीमा २९ फागुनमा गरेको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले इन्टरनेट सेवा बिस्तारका लागि तीब्र रुपमा काम भइरहेको बताए ।
उनले भने, “अब एक वर्षभित्र सबै जिल्लाका उपभोक्ताले वाईफाई इन्टरनेट सेवा उपभोग गर्न पाउने छन् ।” उनले देशका प्रमुख शहरहरुमा निशुल्क वाईफाई इन्टरनेट सेवा बिस्तारका लागि पनि काम भइरहेको जानकारी दिए ।
“हामीले शहरका महत्वपूर्ण ठाउँहरुमा निशुल्क वाईफाई इन्टरनेट सेवा पुर्‍याउने तयारी पनि गरिरहेका छौं,” उनले भने । उनका अनुसार अब लामो दूरीका दिवा तथा रात्री बस लगायत यातायातका अरु साधनमा पनि वाईफाई सेवा जडान गर्न सकिने व्यवस्था हुँदैछ ।
टेलिकमले देशका विभिन्न ठाउँमा ग्राहक सम्पर्क केन्द्र स्थापना गर्ने पनि तयारी गरिरहेको छ । टेलिकमको गुणस्तर लगायत सेवासम्बन्धी गुनासो संबोधनका लागि केन्द्र स्थापना गर्न लागिएको भट्टराईले जानकारी दिए ।
कार्यक्रममा उनले टेलिकमको सेवा सुधारका लागि पहल भइरहेको दावी गरे । उनले टेलिकमको सेवा सन्तोषजनक हुन नसकेको भने स्वीकारे ।
कार्यक्रममा अधिकारकर्मीले उपभोक्तालाई प्रदान गरिने टेलिफोन सेवाको गुणस्तरीयता कायम राख्न माग गरे ।

Monday, March 3, 2014

Sajha Sawal Episode 329: Mid Hill Highway

पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म फैलिएको मध्यपहाडी लोकमार्गमा पर्ने गरी सरकारले विकास गर्न लागेको १० वटा नमूना सहरमध्ये हामी यो साता तेह्रथुम जिल्लाको बसन्तपुरमा पुगेका छौं । खरबौं लगानी गरेर विकास गरिने मध्यपहाडी सडक र त्यो सडकमै पर्ने गरी बन्न लागेको नमूना सहरले सुविधा खोज्दै तराईतिर बसाइँ सर्ने क्रमलाई रोक्ने नीति निर्माताहरुको भनाइ छ । के मध्यपहाडी सडक र नयाँ सहरको योजनाले पहाडमा रित्तिदै गएको घर र बाँझो जमिनलाई हराभरा पार्ला? मध्यपहाडी सडक र नमूना सहरले पहाडमा कस्तो उत्साह थपेको छ? छलफलका लागि हामी मध्यपहाडी लोकमार्गको म्याङलुङ--हिले सडक खण्डअन्तर्गत पर्ने बसन्तपुरमा छौं । बसन्तपुर सरकारले विकास गर्न लागेको १० वटा नमूना पहाडी सहरमध्येको एउटा हो । तेह्रथुमका करीव एक सय पचास सहभागीहरुको बीचमा छलफलका लागि हामीसँग शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी र मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा कार्यरत इन्जिनियर सुरेश तुम्बाहाम्फे हुनुहुन्छ ।


श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *