-| डा. ललन खतिवडा, छाला रोग विशेषज्ञ, नेपाल स्किन हस्पिटल
उपचारमा सफल भएका उदाहरण
छाला विशेषज्ञ भई काम गरेको ६ वर्ष बित्यो । आजसम्म आइपुग्दा मैले लगभग दुई लाख बिरामीको उपचार गरिसकेको छु । रोग निको पार्न डाक्टरको पहलले मात्रै हुँदैन । बिरामीले पनि उत्तिकै धैर्य गर्न सक्नुपर्छ । बिरामी उपचार गर्न थालेपछि हिजोको आजै परिणाम खोज्छन् । समय लाग्छ । मेरो अनुभवमा धैर्य गर्ने बिरामीको रोग निको भएको छ । धैर्य गर्न नसक्नेले चाहिँ डाक्टरलाई मात्रै दोष दिन्छन् ।
हस्पिटल परिवर्तन गरी–गरी उपचार गर्नेहरू पनि नभएका होइनन् । हस्पिटल परिवर्तन गरेर रोग निको हुने होइन । आधा रोग त आत्मविश्वास र धैर्यले निको हुने हो । म मेरो प्रोफेसरले भनेको भनाइलाई गुरुमन्त्र सम्झन्छु । ‘यदि तिमीले उपचार गरेका बिरामीमध्ये ३० प्रतिशतमात्रै निको पार्न सफल भयौ भने पनि तिमी आफूलाई सफल सम्झ । प्रोफेसरको यही मन्त्र सम्झँदा म आफूलाई आफ्नो पेसामा सफल ठान्छु ।
चायापोतोका बिरामीको बाहुल्य
हामीकहाँ एकजना चायापोतोको बिरामी आउनुभएको थियो । चायापोतो उपचारका लागि नेपालभरिका स्किन हस्पिटलदेखि अन्तर्राष्ट्रिय रूपमै व्यस्त भनिएका स्किन हस्पिटलमा उपचार गरेर पनि आफ्नो समस्या समाधान नभएको तीन बिरामी सुनाउँथे । उपचार गर्दा गर्दा पार नलागेपछि दिक्क भएर मकहाँ आउनुभयो । उनले धेरै औषधि प्रयोग गरेर होला छाला पातलो र रगतै झर्लाजस्तो रातो थियो । लाखौँ–लाख पैसा खर्च गर्दा पनि ठीक भएन भन्दै उनी रोइन् । नौ महिनाको समय मागेर उहाँको उपचार सुरु गरेँ । बिस्तारै उहाँको समस्या हराएर जान थाल्यो । म आफैँ छक्क परेँ । बिरामी ठीक हुन्छ भनेर सम्झाए पनि म आफैँ ढुक्क थिइनँ । सोच्थँे– संसारमै कसैले ठीक गर्न नसकेको उपचार मैले कसरी गर्न सकुँला र ? म त केवल आफ्नो बेस्ट ट्राइमात्रै गर्दै थिएँ । हेर्दाहेर्दै नौ महिना भनेको ६ महिनामै उहाँ पूरै ठीक भएर जानुभयो । त्यतिबेलम मैले महसुस गरेँ– आाखिर असम्भव भनेको केही रहेनछ । अरूले नसकेर छाडेका काम म पनि सक्दिनँ भनेर छाड्नुहुँदैन । हामीले प्रयास निरन्तर गर्ने हो भने सफल भइन्छ ।
दुबी झन् गाह्रो
चायापोतोजस्तै दुबी पनि निको पार्न गाह्रो हुने छालारोग हो । समय पनि उत्तिकै लाग्छ । डाक्टर खतिवडाले सुनाए, ‘एकजना दुबीको बिरामी उपचार गराउन आउनुभएको थियो । भर्खरकै हुनुहुन्थ्यो । उहाँको समस्या जटिल थियो । दुबीले शरीर पूरै सेतै भइसकेको थियो । अनुहारमा मात्रै अलिकति कालो बाँकी थियो । नेपालको सबै हस्पिटलमा उपचार गराउँदा पनि ठीक भएन भन्नुहुनथ्यो । सेतो शरीर कालो बनाउने अवस्था थिएन । कालो पनि सेतो बनाउन पाए छालाजति सबै सेतै देखिए समस्या समाधान हुन्थ्यो भन्ने उहाँको चाहना थियो ।’
उपचार सजिलो थिएन । मैले कहिल्यै त्यस्तो उपचार गरेकोसमेत थिइनँ । मैले बाहिरबाट औषधि मगाएर उहाँको उपचार गरेँ । समय लाग्यो । पैसा धेरै लागेन । उहाँ ठीक हुनुभयो । विवाह पनि भयो । हिजोआज उहाँ धेरै खुसी हुनुहुन्छ । छाला समस्याले जीवनदेखि हारेका बिरामी ठीक पार्नसफल हुँदा काम गर्ने ऊर्जा प्राप्त हुन्छ ।
डन्डिफोरपीडा
अनुहारभरि डन्डिफोर भएकी बिरामी आउनुभएको थियो । उपचारका लागि नेपालदेखि अमेरिकासम्म पुग्दा पनि समस्या समाधान भएन भन्नुहुन्थ्यो । हुन त उहाँलाई उपचार गर्ने औषधि मैले अमेरिकाबाटै मगाएको थिएँ । अमेरिकामा उहाँको कस्तो उपचार भयो मलाई थाहा भएन । तर त्यहीँबाट ल्याएको औषधिले मैले उहाँलाई ठीक पारेँ । उहाँ धेरै खुसी हुनुहुन्छ । ठीक भएर घर जानुभए पनि हिजोआज हामीबीच कुराकानी भइरहन्छ ।
को छ । पहिले मानिसले छालाका समस्यालाई त्यति गम्भीर रूपले लिँदैनथे । हिजोआज सौन्दर्यसँग जोडर हेर्ने भएकाले छालारोगी दिनप्रतिदिन बढिरहेका छन् ।
छालामा दुईप्रकारका समस्या हुन्छन् । पहिलो कस्मेटिक समस्या, जुन हेर्दामात्र राम्रो देखिन्छ तर सौन्दर्यलाई बिगार्छ । जस्तै डन्डिफोर, कालोपोतो र चाउरीपनले शरीरलाई कुनै प्रकारको हानि या अप्ठ्यारो बनाउँदैन । दोस्रो– छालासम्बन्धी रोग नै हो । यसले सौन्दर्य र शरीर दुवैलाई हानि पुर्याउँछ । पछिल्लो समयमा छाला रोग बढिरहे
छाला समस्या धेरैजसो घामका कारणले हुने गर्छ । छालारोगी सोध्छन्– हाम्रा हजुरआमाका पालामा पनि घाम त लागेकै थियो । उहाँहरूको छालामा समस्या देखिएन । हाम्रो छालामात्र घामले किन बिगारेको ? हुन पनि हो, हाम्रा अग्रजभन्दा नयाँ पुस्तामा छाला समस्या बढी देखिएको छ । जलवायु परिवर्तन, आधुनिक रहन–सहन, खानपिन र तनाव यसका मुख्य कारण हुन् । घामले मात्र त समस्या ल्याउने होइन तर समस्यालाई घामले बढाउँछ । हिजोआज मानिस राम्रो देखिन धेरै किसिमका क्रिम प्रयोग गर्छन् । टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा क्रिम प्रयोग गर्दा छाला बिग्रने नै भयो ।
छालालाई कसरी बचाउने ?
सबैभन्दा पहिले छालालाई घामको विकीरणबाट सकेसम्म जोगाउनुपर्छ । घाममा निस्कनै नहुने होइन तर निस्कँदा कमसेकम २० एसपीएफको राम्रो कम्पनीको सनब्लक क्रिम लगाउनुपर्छ । जाडोमा दैनिक दुई र गर्मीमा दैनिक तीनपटकसम्म सनब्लक लगाएर हिँड्नुपर्छ । जथाभावी सनब्लक क्रिम लगाउनुहुँदैन । आफ्नो छाला कस्तोखालको हो, छाला विशेषज्ञसँग जाँच गराएर आफ्नो छालालाई मिल्ने क्रिम लगाउनुपर्छ । नत्र छालामा विभिन्नखालका समस्या देखापरी सधैंका लागि छाला बिग्रन सक्छ ।घामको प्रत्यक्ष विकीरणबाट बँच्न घाममा हिँड्दा मास्क, छाता, क्याप लगाएर हिँड्नुपर्छ । क्रिम लगाएर र घामबाट बचेरमात्र छाला राम्रो हुँदैन । हाम्रो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । खानपिन र रहन–सहनमा ध्यान दिन आवश्यक छ । खानेकुरामा साइट्रिक एसिड भएका फलफूल र तरकारी बढी खानुपर्छ । नुनिलो, चिल्लो खानेकुरा बढी खानुहुँदैन । जंकफुडबाट सकेसम्म टाढै बस्नुपर्छ । यसले छालालाई मात्रै नभएर सम्पूर्ण स्वास्थ्य खराब गर्छ । त्यस्तै जीवन तनावरिहत बनाउनुपर्छ । कतिपय छाला समस्या घामका कारण नभएर शरीरका हार्मोनको गडबडीले पनि हुने गर्छ । सबै मनिसमा एकैप्रकारका हार्मोन हुँदैनन् । हार्मोनका कारण देखिने छाला समस्या बाहिरी उपचारले मात्रै सन्चो हुँदैन । हार्मोनियल उपचार गरेर यस्ता समस्या ठीक हुन्छन् ।
होलीमा छालालाई बचाऔँ
अनुहार शरीरको मुख्य अंग हो । अनुहारमा तीव्र गतिमा रक्तसञ्चार हुने भएकाले शरीरभित्र गडबडी हुनेबित्तिकै चाँडै प्रतिक्रिया देखाइहाल्छ । होली खेलेर रमाइलो गर्ने नाममा जथाभावी रङ प्रयोग गर्नुहुँदैन । जथाभावी रङ प्रयोगले छाला बिगार्छ । रङमा प्रयोग गरिने आईसीडी नामक केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । कसैलाई रङ लगाएको ठाउँमा मात्र असर गर्छ भने कसैलाई शरीरभरि डाबर आउने, सास फेर्न अप्ठ्यारो हुने समस्या हुन्छ । होली खेल्दा थोरैमात्र रङ प्रयोग गर्नुपर्छ । धेरै रङ लागेमा छोटो समयमैै पखालिहाल्नुपर्छ । छालामा समस्या हुनेले होलीका रङ र फोहोर पानीले छालाका समस्या झन् बढाउँछ ।

प्रस्तुती : फातिमा बानु
No comments:
Post a Comment