Friday, June 8, 2018

बारेकोटमा भेटियो नून खानी

जाजरकोट–  जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।  खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो । खानी तथा भू–गर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए । उनले भने, “केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।” 

बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उनले बताए । उनले भने, “यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ । 
सिंहका अनुसार बारेकोटमा नून खानीमात्र होइन र फलाम खानीसमेत छ । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनको भनाइ छ । 


रासस

राष्ट्रिय समाचार समिति

Wednesday, June 6, 2018

चट्यांग पर्ने कारण र यसबाट जोगिने उपायहरु

चटयाङ धेरै प्रकारका हुन्छन र प्राय बादलहरुको बिचमा हुन्छन्, तर कहिले काहीं जमिन र आकासको बिचमा पनि हुन्छन्, जुन हाम्रोलागि खतरा हुन्छ ।

यो ब्रमाण्डमा भएका संपूर्ण बस्तुहरु एकदम साना-साना परमाणुका तत्वहरु (atoms) मिलेर बनेका हुन्छन् | हालसम्म ११७ प्रकारका तत्वहरु प्रमाणित भैसकेका छन भने ४ वोटा नयाँ पनि पत्ता लागेका छन तर प्रमाणित हुन बाँकी छ | संसारका सम्पूर्ण ठोस, तरल तथा ग्यास बस्तुहरु यिनै ११७ प्रकारका तत्वहरुको बिभिन्न संयोजनबाट बनेका छन् |

गौतम उदय 

सबैभन्दा सानो अणु (molecule) मा पनि कम्तिमा २ वोटा परामणु हुन्छन् जस्तै:- हाइड्रोजन (H2) मात्र २ वोटा उस्तै परमाणु मिलेर बनेको छ | कार्बन डाइअक्साइड (CO2 ) नामक अणुमा एउटा कार्बनको परमाणु र दुईवोटा अक्सिजनका परमाणु गरी ३ वोटा परमाणु तत्वको मिलन छ |

बस्तु हलचल नगर्दा उक्त बस्तुमा हुने इलेक्ट्रन र प्रोटन को संख्या बराबर हुन्छ | तर जब बस्तु हलचल गर्दछ अथवा अर्को बस्तुसंग रगडिन्छ वा घोटिन्छ, उक्त बस्तुमा हुने बिबिध अणुका इलेक्ट्रन अर्को अणुमा सर्छन् | यसरी थप इलेक्ट्रनहरु प्राप्त गर्ने अणुमा ऋणात्मक अथवा माइनस चार्ज बढी हुने भएकोले उक्त अणु ऋणात्मक हुन्छ भने जुन अणुबाट इलेक्ट्रनहरु अर्कोमा सर्छन्, त्यस अणुमा प्रोटन को संख्या बढी हुने भएकोले उक्त अणुमा  प्लस चार्ज बढी हुन्छ अथवा धनात्मक हुन्छ | यसरी एउटा अणुबाट अर्को अणुमा इलेक्ट्रन सरेर यिनीहरुको गतिबिधि बढ्ने र चार्ज हुने प्रक्रियालाइ स्ट्याटिक चार्ज भनिन्छ |
यी सबै प्रकारका परमाणुहरुमा प्रोटोन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् | इलेक्ट्रन, प्रोटन र न्युटनको संख्या पनि धेरै हुन्छ अनि यिनीहरु धेरै प्रकारबाट एक-आपसमा फरक हुन्छन् | उदाहरणको लागि प्रोटन धनात्मक हुन्छ, इलेक्ट्रन ऋणात्मक हुन्छन् भने न्युटनमा जिरो चार्ज हुन्छ | प्रोटन र न्युटन परमाणुको केन्द्रमा जोडिएर रहेका हुन्छन्, जसलाई परमाणुको केन्द्र भाग (nucleus) भनिन्छ | इलेक्ट्रनहरु यही केन्द्रभागको वरिपरि नक्षत्र (orbit) मा घुमिरहन्छन् |
कपालमा काइंयो वा बेलुन घोटी केही साना चिजको नजिक लैंजांदा त्यस्ता चिज काइंयोतर्फ वा बेलुनतर्फ आकर्षित हुनु अथवा बेलुन भित्तामा टाँसिनुको कारण कपालका इलेक्ट्रोन यिनीहरुमा सारेकोले हो | जाडोमा स्वीटर खोल्दा वा दुईवोटा फलाम तथा ढुंगा ठोकाउँदा झिल्दा देखिनु, जाडोमा कारबाट ओर्लिन ढोका खोल्दा झड्का लाग्नुको कारण पनि त्यस्तै हो | यो साना चिजहरुमा हुने थोरै इलेक्ट्रोनको थोरै समयको गतिबिधि भएकोले स्ट्याटिक चार्जको सानो प्रभाब भयो, तर धेरै चिजको, लामो समयसम्मको र ठुलो शक्तिको यस्तो घोटिने ठोकिने प्रक्रिया भैरह्यो भने बिशाल स्ट्याटिक चार्ज र बिद्दुत उत्पन्न हुन्छ |
अब यही कुरालाई चटयाङसंग जोडौं | आँखाले नदेखिए पनि,
गन्ध थाहा हुन नसके पनि हावामा बिभिन्न ग्यासहरू, धुलो र पानीका असंख्य कणहरु हुन्छन् | हावाको पनि दायाँबायाँ, तलमाथि गरिरहने लहर अथवा छाल हुन्छ | गर्मीमा जमिन तातेपछि, जमिन नजिकको हावा पनि बिस्तारै तात्दै जान्छ | हावाको विशेषता नै यस्तो हुन्छ की तातेको हावा माथिमाथि अकासिंदै जान्छ अनि त्यसको ठाउँ चिसो हावाले लिन्छ |
यसरी तातो हावा माथि जाँदै गर्दा हावामा हुने पानीका कणहरु चिसिएर बादलमा बदलिन्छन्, अनि बादल पनि जम्मा हुँदै बाक्लो हुँदै अझै आकासिंदै जान्छ | चिसिनुको कारण केहो भने समुद्र सतहबाट जतिजति माथि गयो बातावरण पनि त्यतित्यति चिसो हुँदै जान्छ र हावा पनि पातलो हुँदै जान्छ | हिमालमा हिंउ रहिरहनु, हिमाल चड्दा सास फेर्न गाह्रो हुनु पनि यस्तै कारणहरु हुन | जेट प्लेन उड्ने उचाइमा त माइनस ६५ डिग्री सेल्सियससम्म चिसो हुन्छ वायु-मण्डल |
सबैखाले बादलले पानी पर्दैन | कतिपय बादल आकासमै बिलाएर पनि जान्छ तर ठुलो पानी पार्ने, बिजुली चम्कने र चटयाङ पार्नेखाले बादल हजारौं किलोमिटरसम्म पनि फैलिन सक्छ, अनि कैयौं किलोमिटर बाक्लो हुन्छ | जब बाक्लो बादलको आकास पट्टिको भाग जिरो डिग्रीभन्दा चिसो हुने उचाइमा पुग्दछ, उक्त बादलमा भएका पानीका कणहरु जम्छन् |
जमेपछि पनि उक्त हिउँ तथा बरफका कण भरिएको बादललाई हावाले उडाएकै हुन्छ, हुत्त्याएकै हुन्छ, कतिपय कण तल-तल झारिरहेका हुन्छन्, कतिपय माथि गैरहेका हुन्छन, ठोकिन्छन् फुट्छन, फेरि जम्छन् आदिआदि | यस प्रक्रियालाई विज्ञानमा updraft र downdraft भनिन्छ | आखिर यी हिउँ, बरफ, धुलो आदिका अणुहरु पनि परमाणुहरु मिलेर नै बनेका हुन्छन् | त्यसैले यिनीहरुमा पनि इलेक्ट्रन, प्रोटन र न्युटन हुन्छन् नै |
जब यस्ता जमेका असंख्य कणहरु तथा यस्ता कणहरु बोकेका बादलहरु एकापसमा ठोकिन्छन, अथाहा स्टाटिक चार्ज हुन्छ र एकदमै धेरै बिद्दुत उत्पन्न हुन्छ | यो ठोकिने क्रम कपालमा काइंयो घोटे जस्तै एक पटकमात्र हुने त होइन, हजारौं लाखौ पटकसम्म भैरहन्छ आकासमा | अनि त जति धेरै पटक ठोकिन्छ, र जति जोडले ठोकिन्छ बिद्दुत चार्ज पनि बढ्दै बढ्दै गएर संपूर्ण बादलमा फैलिन्छ |
यसरी फैलिने क्रममा इलेक्ट्रनहरु पृथ्वीतर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् भने प्रोटनहरु आकास तर्फको बादलको भागमा जम्मा हुँदै जान्छन् | बिशालमात्रामा इलेक्ट्रन र प्रोटन निश्चित बादलमा जम्मा भएपछि, तिनीहरुको बिचमा ठुलो बिद्दुत शक्ति उत्पन्न हुन्छ, जसलाई polarization भनिन्छ |
किन polarization हुन्छ भन्ने तथ्य अझसम्म प्रमाणित भएको छैन | यस किसिमले पटकपटक बिद्दुत चार्ज र उत्पन्न हुने प्रक्रियालाई हाम्रो भाषामा बिजुली चम्कनु भन्छौं | बास्तबमा त्यो बिजुली चम्केको नभई बिजुली चार्ज तथा जम्मा भएर लहराको रुप धारण गरेर बहेको हो | यस्तो बेलामा आकासमा बादलको बिचमा हजारौं पटक हजारौं बिद्दुतका लहरा बन्दछन् |
चटयाङ धेरै प्रकारका हुन्छन र प्राय बादलहरुको बिचमा हुन्छन्, तर कहिले काहीं जमिन र आकासको बिचमा पनि हुन्छन्, जुन हाम्रोलागि खतरा हुन्छ ।
बिद्दुत चार्जको विशेषता बिपरित चार्जमा आकर्षण हुने र उस्तै चार्जमा विकर्षण हुने हुन्छ | सरल अर्थमा भन्नु पर्दा माइनस-माइनस अथवा प्लस-प्लस बिद्दुतकका चार्जहरु  एकापसबाट टाढा भाग्छन् भने माइनस र प्लस भएमा एकापसमा आकर्षित भई चार्ज हुन्छन्  | तर यहाँ एउटा प्लस र एउटा माइनस अथवा केही जोडिएर बिद्दुत चार्ज हुने कुरा बुझ्नु हुँदैन | चार्ज हुनलाई त असंख्य प्लस र असंख्य माइनस कुनै एउटा माध्यममा जम्मा भै त्यसैको बाटो हुँदै हिंड्ने हो |
बिजुलीको तार पनि बिजुली हिंड्नलाई बनाइएको बाटो न हो | काठ, कागज, प्लास्टिक, तथा सुक्का हावामा बिद्दुत खासै बहन नसक्ने भएकोले यस्ता बस्तुलाई बिद्दुत कुचालक (insulator) भनिन्छ भने धातु, तरल पदार्थ, जीव, बनस्पती आदिमा बिद्दुत सजिलै बहन सक्ने भएकोले यिनीहरुलाई बिद्दुत सुचालाक (conductor) भनिन्छ | सुचालकको अर्थ यस्ता चिजहरु बिद्दुत सजिलै बहन सक्ने राजमार्ग जस्तै भन्ने हो |
बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्पुटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन | घर बाहिर भएमा पनि तुरुन्त बलियो भबन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ ।
जमिमा पनि त बिशाल प्लस माइनस चार्जहरु हुन्छन् किनकि जमिन र यसमा हुने सबै बस्तुहरु पनि त एटमहरुले नै बनेका हुन्छन् | फलत ढुंगा, माटो, बिरुवा, घर लगायतका जमिनका यावत बस्तुहरुमा पनि प्रोटन (protons), इलेक्ट्रन (electrons) र न्युटन (neutrons) नामका ३ प्रकारका बिद्दुतीय गुणहरु हुन्छन् नै |
जब बादलको जमिनतर्फको भागमा अथाहा माइनस कण जम्मा हुन्छन, तिनको समूह जमिनका प्लस चार्जहरुतर्फको समूहसंग जोडिन जमिन तर्फ आकर्षित भैरहेका हुन्छन् अनि जमिनका प्लस चार्जहरु पनि आकासका माइनसतर्फ आकर्षित भै बहन सजिलो हुने मानिस, रुख, भवन, पहाड आदिको वोरिपरी जम्मा भै यस्ता बस्तु हुँदै बादलका माइनससंग जोडिन जमिन भन्दा केही मिटर माथिसम्म पुगी तम्तयार भएर बसेका हुन्छन् |
त्यसैले बादलबाट आउने माइनस चार्जको लहरो पहिले रुखमा जोडिए रुख भाँचिन्छ, प्राणीमा परे प्राणी खुस्किन्छ | त्यही हो चटयाङले हिर्काउने भनेको | ठुल्ठुला चटयाङ पर्दा त सूर्यको सतहको भन्दा करिब ६ गुना बढी ताप अर्थात् ३०,००० डिग्री सेल्सियससम्मको ताप उत्पन्न तथा जम्मा भएर बहन्छ |
एकथरी मान्छेमा चटयाङ पर्दा हलोको फाली जस्तो धातुको बस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन | अर्काथरी मान्छेमा ठुलो आवाज जहाँ खस्छ त्यही नै चटयाङ पर्छ भन्ने धारणा छ | यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो |
तथ्य केहो भने जब बादलबाट माइनस चार्जको बिसाल लहरो पृथ्बीमा आउंछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ | पृथ्वीमा झरेपछि सिद्धिन्छ | आखिर आकासबाट आउने यस्तो बिद्दुत कुनै जलबिद्दुत केन्द्र वा आणविक भट्टीबाट लगातार आएजस्तो आइराख्ने त होइन ! चार्ज भयो, आयो, सिद्धियो | जब यस्तो बिद्दुत जमिनमा जान्छ, त्यो बिद्दुत आएको कुलो रित्तो बन्दछ | अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हामफाल्छन, एकापसमा ठुलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ |
आवाज करेन्ट होइन, आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्याल ढोकाका सिसा भने फुट्न सक्छन् |  बिजुली चम्केर झिल्लिक गरेको धेरै बेरपछि आवाज आउनुको कारण प्रकाश छिटो हिड्ने र आवाज ढिलो हिड्ने भएकोले हो | प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ पुग्न सक्छ भने आवाज मात्र ३३० किलोमिटर |
चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र साबधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ |
आफ्नै टाउकोमाथि कालाकाला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्पुटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन | घर बाहिर भएमा पनि तुरुन्त बलियो भबन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ | खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन | फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन | तारबार, पोखरी नजिक जानु हुँदैन । ठुलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ |
अझ आंग जिरिंग भै रौँ ठडिने शरीरमा केही चिजले घोंचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ | लेट्नु भने हुँदैन त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ |
स्रोत: अनलाइन खबर 

Friday, June 1, 2018

सुब्बा होमनाथ र केदारनाथ

कमल दीक्षित

नेपाली भाषाका चिरसेवक तर अब विस्मृतिका गर्भमा पुगिसकेका स्वनामधन्य स्रस्टा–साहित्यकारहरूको स्मरण गर्ने कार्य गतवर्षदेखि हामीले गर्दै आएका छौँ शिक्षकका पानामा । बिर्सिन नहुने नाम हुन् ती सबै । शिक्षक मासिकका पाठक तथा शिक्षक साथीहरूले तिनका विषयमा जिज्ञासा राखेर अरू खोजखाज गर्नुभयो होला भत्रे आशा गरौँ । अबचाहिँ हामी संयुक्त रूपमा सम्झ्नुपर्ने केही महामनाहरूतर्फ सोझयाउँछौँ हाम्रो ‘सर्चलाइट’ । हाम्रो यो ‘खोजबत्ती’ को उज्यालोमा देखा परेका छन्— दुई जना, बाबु र छोरा, खतिवडा पितापुत्र । यद्यपि उनीहरूले आफूलाई ‘उपाध्याय’ मात्रै भनेर चिनाए, ‘खतिवडा’ भनेनन् । त्यसको कारण छ । नेपालका ब्राह्मणका थर भारततिर, अरू भनौँ काशीको ब्राह्मण समाजले नचित्रे हुनाले अलमल पर्दो रहेछ । तर, ब्राह्मणहरूको ‘जेनरिक’ वर्गीय) नाम शर्मा या उपाध्याय भनिदिँदा सजिलो हुने भएकाले धेरैजसो त्यसै गर्थे । ‘मिश्र’, ‘भट्ट’, ‘आचार्य’ जस्ता भारततिर पनि प्रचलित थरवालाहरूले भने शर्मा या उपाध्याय लेख्नु पर्दैनथ्यो ।
नेपालको १९३८ सालको काण्ड (अठ्तीस साल पर्व) मा भागेका ‘मालिकहरू’ काशी पलायन भएपछि होमनाथ खतिवाडा (वि.सं. १९११—८४) पनि सपरिवार उतै लागे । उनका छोरा केदारनाथ त्यस बेला ३ वर्षका मात्र थिए । यिनै केदार पछि पिताका ‘पार्टनर’ भएर नेपाली पुस्तक प्रकाशन गर्ने संस्था ‘सुब्बा होमनाथ केदारनाथ’ का मालिक भए । साथसाथै पिता जस्तै तर पिताभन्दा पनि बढी रचनात्मक कवि भएर चम्के । बाबुले महाभारतका तीन पर्व मात्र श्लोकबद्ध गरेका थिए, छोराले समग्र महाभारत नै नेपाली श्लोकमा उतारिदिए । त्यही महाभारत अन्तर्गतको भगवद्गीताचाहिँ उनले १९८७ सालमै प्रकाशित गरेका थिए । त्यसको राजकीय संस्करण जस्तो गरी आर्ट पेपरमा ठूलो आकारमा रङ्गीन चित्रहरू समेत हालेर भव्य रूपमा छापिएको मोटो जिल्ला भएको एउटा पुस्तक मखमलको बट्टामा राखेर काशीमा नेपालकी श्री ३ बडामहारानीलाई चढाइएको रहेछ । सो पुस्तक घुम्दैफिर्दै मदन पुरस्कार पुस्तकालयको संकलनमा नम्बर ६७४ मा बस्न आइपुगेको देख्न र हेर्न सकिन्छ । सो बाहेक केदारनाथका नामका झ्ण्डै २ दर्जनजति पुस्तक दर्ता छन् मपुपु (wwww.madanpuraskar.org) मा । महाभारतको पुस्तकका १८ पर्वमध्ये ३ ओटा उनका पिता होमनाथका र बाँकी १५ पर्व यिनकै हुन् । सो बाहेक ‘शुभविवाह’ जस्तो शृङ्गारी किताब पनि यिनले लेखेको देखिन्छ ।
तर हामी केदारनाथका शृङ्गारको रस त्यसबाट होइन, उनकै ‘प्रेमसागर’ अर्थात् कृष्णचरित्रबाट लिइहेरौँ ः

“आफ्ना साथिहरू लिएर सँगमा दिन्भर बनैमा गईगाईहेरु चराउँथ्या हरि सदा सामान्य जन्झ् भई ।
जम्बा भैकन गोपिनीहरू सबै क्वै गोपिका घर्महा
गथ्र्या चित्त प्रसत्र बात्चित गरी श्रीकृष्णजीकै तहाँ ।।

मोहित् भै हरिमाथि खूप् विरहले व्याकुल् ति हुन्थ्या जसै
पागल्कै सरि भै तरङ्ग मनको बोल्थ्या परस्पर् तसै ।
यौटी गोपिनि मोह भै हरि उपर् व्याकुल् हुनाले तहाँ
लागी भत्र पनी ति सब् सँगिनिका साम्ने उसै बिच्महाँ ।।
धन्यै हो बन त्यो जहाँ प्रभुजि गै पाऊ कमल् धर्दछन्
धन्यै हुन् रुख ती छहारि हरिको जुन् जुन् रुखै गर्दछन् ।
धन्यै हुन् पशुपक्षि जो प्रभुजिको दर्शन् गरी मस्त छन्
हौँ हामीहरू नै अभागिनि अहो ! अन्तै हरी बस्तछन् ।।
बाँस्की आफु भयी निगालि उ पनी खोक्री रुखी भै अति
पान् गर्छे हरिका मधुर् अधरको मानूँ गराई पति ।
तेस्कै छन् प्रभुजी सदा वशमहाँ हत् त्यै उपर् धर्दछन्
ओठ्मा लाइ सुधा पिलाइ निशिदिन् खुप् अङ्कमाल् गर्दछन् ।।”
केदारनाथको शृङ्गारको रस लिएपछि उनकै पौराणिक रचनामा पनि चञ्चुप्रवेश गर्न उनको ‘चतुश्लोकी भागवत’ को एक श्लोक हेरौँ
“सृष्टीका पहिले थियाँ मइँ फगत् कोही थियानन् अरू
जो देख्छौ अहिले सबै बुझ् तिमी मेरै विभूतीहरू ।
सृष्टीका पछि फेर् महाप्रलयमा मैं एक् रहन्छू फगत्मेरा बाहिक केहि छैन कहिले मेरै स्वरूप् हो जगत् ।।”
केदारनाथका पिता होमनाथले भने महाभारतकै विराटपर्व सर्वप्रथम नेपालीमा उतारे । त्यसमा पञ्च पाण्डवहरू छद्मभेषमा विराट राजाका दरबारमा पस्नु अगाडि युधिष्ठिरले कालिकाको स्तुति गरेका छन् । त्यो कालिकास्तुति छुट्टै पनि छापिएको थियो । त्यो नेपाली पहाडका जनतामा अति नै लोकप्रिय भएको थियो । त्यहाँका मान्छेहरूले त्यसलाई बिहान बेलुका नियमित पाठ गर्ने गरेका थिए ।
“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि
कस्ता रित्सित कष्टभोग् गरि ञहाँ उत्तीर्ण हूँला भनी ।
चिन्ता धेर हुँदा युधिष्ठिरजिको मन्मा लहड् यो गयो
सम्झ्L झ्ट्ट तहाँ जगज्जननिको स्तव् गर्न लाग्नू भयो ।।
मालिक् चौध भुवन्कि जो भगतका खातिर् ब्रजैमा गई
लीला गर्नुभयो यशोमतिजिका कोख्बाट पैदा भई ।
नन्दैका कुललाइ उज्वल गरी भक्तृ उपर् प्रेम् धरी
कंसैको पनि गर्व नाश् हुनगयो जस्का प्रभाव्ले गरी ।।
कंसैले गइ मार्नको मन गरी हात्मा उठायो जसै ।
विद्युत्का सरि रुप् धरी गगनमा उड्नुभयो झ्ट् तसै ।
मा दिव्य र दिव्य वस्त्र जसका खड्गै छ हात्मा पनी
प्रख्यात् छन् तिनलोकमा भगवती बैह्नी हरीकी भनी ।।
दुक्खित् भै जगदम्बिका चरणको ध्यान् गर्दछन् जो ञहाँ
पाप्को मुक्त भएर भक्तहरू ता पुग्छन् परम्पद् महाँ ।
गाई धापबिसे गिरिन् यदि भन्या सज्जन् जउन् रित् गरी
झ्क्छिन् सो रितले त भक्त दुखमा पर्दा उतार्छिन् धरी ।।”
नेपालीलाई महाभारत पढाउने बाबुछोरा पनि नेपाली साहित्य ‘शिशु’ अवस्थामै छँदा फस्टाएका व्यक्तित्व हुन् । नेपाली भाषामा मोतीराम भट्टभन्दा कम थिएन यिनको सेवा र समर्पण । तर यी ओझ्लमै रहे । ऐले त नेपालीमा एमए गर्ने विद्यार्थीले पनि यिनीहरूलाई कति चिन्दा हुन् !
Source: Teacher

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *