Friday, June 1, 2018

सुब्बा होमनाथ र केदारनाथ

कमल दीक्षित

नेपाली भाषाका चिरसेवक तर अब विस्मृतिका गर्भमा पुगिसकेका स्वनामधन्य स्रस्टा–साहित्यकारहरूको स्मरण गर्ने कार्य गतवर्षदेखि हामीले गर्दै आएका छौँ शिक्षकका पानामा । बिर्सिन नहुने नाम हुन् ती सबै । शिक्षक मासिकका पाठक तथा शिक्षक साथीहरूले तिनका विषयमा जिज्ञासा राखेर अरू खोजखाज गर्नुभयो होला भत्रे आशा गरौँ । अबचाहिँ हामी संयुक्त रूपमा सम्झ्नुपर्ने केही महामनाहरूतर्फ सोझयाउँछौँ हाम्रो ‘सर्चलाइट’ । हाम्रो यो ‘खोजबत्ती’ को उज्यालोमा देखा परेका छन्— दुई जना, बाबु र छोरा, खतिवडा पितापुत्र । यद्यपि उनीहरूले आफूलाई ‘उपाध्याय’ मात्रै भनेर चिनाए, ‘खतिवडा’ भनेनन् । त्यसको कारण छ । नेपालका ब्राह्मणका थर भारततिर, अरू भनौँ काशीको ब्राह्मण समाजले नचित्रे हुनाले अलमल पर्दो रहेछ । तर, ब्राह्मणहरूको ‘जेनरिक’ वर्गीय) नाम शर्मा या उपाध्याय भनिदिँदा सजिलो हुने भएकाले धेरैजसो त्यसै गर्थे । ‘मिश्र’, ‘भट्ट’, ‘आचार्य’ जस्ता भारततिर पनि प्रचलित थरवालाहरूले भने शर्मा या उपाध्याय लेख्नु पर्दैनथ्यो ।
नेपालको १९३८ सालको काण्ड (अठ्तीस साल पर्व) मा भागेका ‘मालिकहरू’ काशी पलायन भएपछि होमनाथ खतिवाडा (वि.सं. १९११—८४) पनि सपरिवार उतै लागे । उनका छोरा केदारनाथ त्यस बेला ३ वर्षका मात्र थिए । यिनै केदार पछि पिताका ‘पार्टनर’ भएर नेपाली पुस्तक प्रकाशन गर्ने संस्था ‘सुब्बा होमनाथ केदारनाथ’ का मालिक भए । साथसाथै पिता जस्तै तर पिताभन्दा पनि बढी रचनात्मक कवि भएर चम्के । बाबुले महाभारतका तीन पर्व मात्र श्लोकबद्ध गरेका थिए, छोराले समग्र महाभारत नै नेपाली श्लोकमा उतारिदिए । त्यही महाभारत अन्तर्गतको भगवद्गीताचाहिँ उनले १९८७ सालमै प्रकाशित गरेका थिए । त्यसको राजकीय संस्करण जस्तो गरी आर्ट पेपरमा ठूलो आकारमा रङ्गीन चित्रहरू समेत हालेर भव्य रूपमा छापिएको मोटो जिल्ला भएको एउटा पुस्तक मखमलको बट्टामा राखेर काशीमा नेपालकी श्री ३ बडामहारानीलाई चढाइएको रहेछ । सो पुस्तक घुम्दैफिर्दै मदन पुरस्कार पुस्तकालयको संकलनमा नम्बर ६७४ मा बस्न आइपुगेको देख्न र हेर्न सकिन्छ । सो बाहेक केदारनाथका नामका झ्ण्डै २ दर्जनजति पुस्तक दर्ता छन् मपुपु (wwww.madanpuraskar.org) मा । महाभारतको पुस्तकका १८ पर्वमध्ये ३ ओटा उनका पिता होमनाथका र बाँकी १५ पर्व यिनकै हुन् । सो बाहेक ‘शुभविवाह’ जस्तो शृङ्गारी किताब पनि यिनले लेखेको देखिन्छ ।
तर हामी केदारनाथका शृङ्गारको रस त्यसबाट होइन, उनकै ‘प्रेमसागर’ अर्थात् कृष्णचरित्रबाट लिइहेरौँ ः

“आफ्ना साथिहरू लिएर सँगमा दिन्भर बनैमा गईगाईहेरु चराउँथ्या हरि सदा सामान्य जन्झ् भई ।
जम्बा भैकन गोपिनीहरू सबै क्वै गोपिका घर्महा
गथ्र्या चित्त प्रसत्र बात्चित गरी श्रीकृष्णजीकै तहाँ ।।

मोहित् भै हरिमाथि खूप् विरहले व्याकुल् ति हुन्थ्या जसै
पागल्कै सरि भै तरङ्ग मनको बोल्थ्या परस्पर् तसै ।
यौटी गोपिनि मोह भै हरि उपर् व्याकुल् हुनाले तहाँ
लागी भत्र पनी ति सब् सँगिनिका साम्ने उसै बिच्महाँ ।।
धन्यै हो बन त्यो जहाँ प्रभुजि गै पाऊ कमल् धर्दछन्
धन्यै हुन् रुख ती छहारि हरिको जुन् जुन् रुखै गर्दछन् ।
धन्यै हुन् पशुपक्षि जो प्रभुजिको दर्शन् गरी मस्त छन्
हौँ हामीहरू नै अभागिनि अहो ! अन्तै हरी बस्तछन् ।।
बाँस्की आफु भयी निगालि उ पनी खोक्री रुखी भै अति
पान् गर्छे हरिका मधुर् अधरको मानूँ गराई पति ।
तेस्कै छन् प्रभुजी सदा वशमहाँ हत् त्यै उपर् धर्दछन्
ओठ्मा लाइ सुधा पिलाइ निशिदिन् खुप् अङ्कमाल् गर्दछन् ।।”
केदारनाथको शृङ्गारको रस लिएपछि उनकै पौराणिक रचनामा पनि चञ्चुप्रवेश गर्न उनको ‘चतुश्लोकी भागवत’ को एक श्लोक हेरौँ
“सृष्टीका पहिले थियाँ मइँ फगत् कोही थियानन् अरू
जो देख्छौ अहिले सबै बुझ् तिमी मेरै विभूतीहरू ।
सृष्टीका पछि फेर् महाप्रलयमा मैं एक् रहन्छू फगत्मेरा बाहिक केहि छैन कहिले मेरै स्वरूप् हो जगत् ।।”
केदारनाथका पिता होमनाथले भने महाभारतकै विराटपर्व सर्वप्रथम नेपालीमा उतारे । त्यसमा पञ्च पाण्डवहरू छद्मभेषमा विराट राजाका दरबारमा पस्नु अगाडि युधिष्ठिरले कालिकाको स्तुति गरेका छन् । त्यो कालिकास्तुति छुट्टै पनि छापिएको थियो । त्यो नेपाली पहाडका जनतामा अति नै लोकप्रिय भएको थियो । त्यहाँका मान्छेहरूले त्यसलाई बिहान बेलुका नियमित पाठ गर्ने गरेका थिए ।
“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि
कस्ता रित्सित कष्टभोग् गरि ञहाँ उत्तीर्ण हूँला भनी ।
चिन्ता धेर हुँदा युधिष्ठिरजिको मन्मा लहड् यो गयो
सम्झ्L झ्ट्ट तहाँ जगज्जननिको स्तव् गर्न लाग्नू भयो ।।
मालिक् चौध भुवन्कि जो भगतका खातिर् ब्रजैमा गई
लीला गर्नुभयो यशोमतिजिका कोख्बाट पैदा भई ।
नन्दैका कुललाइ उज्वल गरी भक्तृ उपर् प्रेम् धरी
कंसैको पनि गर्व नाश् हुनगयो जस्का प्रभाव्ले गरी ।।
कंसैले गइ मार्नको मन गरी हात्मा उठायो जसै ।
विद्युत्का सरि रुप् धरी गगनमा उड्नुभयो झ्ट् तसै ।
मा दिव्य र दिव्य वस्त्र जसका खड्गै छ हात्मा पनी
प्रख्यात् छन् तिनलोकमा भगवती बैह्नी हरीकी भनी ।।
दुक्खित् भै जगदम्बिका चरणको ध्यान् गर्दछन् जो ञहाँ
पाप्को मुक्त भएर भक्तहरू ता पुग्छन् परम्पद् महाँ ।
गाई धापबिसे गिरिन् यदि भन्या सज्जन् जउन् रित् गरी
झ्क्छिन् सो रितले त भक्त दुखमा पर्दा उतार्छिन् धरी ।।”
नेपालीलाई महाभारत पढाउने बाबुछोरा पनि नेपाली साहित्य ‘शिशु’ अवस्थामै छँदा फस्टाएका व्यक्तित्व हुन् । नेपाली भाषामा मोतीराम भट्टभन्दा कम थिएन यिनको सेवा र समर्पण । तर यी ओझ्लमै रहे । ऐले त नेपालीमा एमए गर्ने विद्यार्थीले पनि यिनीहरूलाई कति चिन्दा हुन् !
Source: Teacher

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *