Monday, July 23, 2018

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०७ देखि २०७५/०४/०९)


  • श्रावण ७ गते (सोमबार) दिउँसोको समयमा देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। 

  • श्रावण ८ गते (मंगलबार) दिउँसोको समयमा देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पश्चिमी क्षेत्रका केहि स्थानहरुमा भारि वर्षाको पनि सम्भावना देखिन्छ। रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही पश्चिमी क्षेत्रका धेरै जसो स्थानहरुमा र मध्य तथा पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

  • श्रावण ९ गते (बुधबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने पश्चिमी क्षेत्रका एक-दुई स्थानहरुमा भारि वर्षाको पनि सम्भावना देखिन्छ। रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही देशका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *