Saturday, December 7, 2019

अन्धविश्वास हटाउन विज्ञान–चिन्तन


तुल्सीदास महर्जन


२०७६ मङ्सिर २१ शनिबार

केही समयअघि वाम राजनीतिमा संलग्न एकजनाले नेपालमा विज्ञान प्रविधिको विकासबारे मेरो धारणा सोधे । हामीकहाँ विज्ञानलाई केवल प्रविधिसँग मात्र जोडेर हेर्ने चलन छ । ती व्यक्तिले त्यही कोणबाट मेरो धारणा सोधेका थिए । मैले विज्ञानलाई प्रविधिसँग जोड्नुअघि चिन्तनसँग जोड्नु जरुरी भएको धारणा राखँे । किनकि, विज्ञानले जन्माएको प्रविधिलाई पूर्ण रूपमा बुझ्न विज्ञान–चिन्तन आवश्यक छ । 
तुल्सीदास महर्जन
लोकतन्त्रमा आ–आफ्नो आस्थाअनुसार धर्म मान्ने सबैलाई हक छ । तर, मेसिनलाई ढोगेर, पूजा गरेर त्यसको नियम थाहा पाउन सकिन्न । गाडी बिग्रियो भने कुनै ईश्वरसँग प्रार्थना गरेर हुन्न । त्यसलाई मर्मत गर्न गाडीभित्र कुन पार्ट बिग्रिएको हो हेरेर, जाँच गरेर पत्ता लगाउनु जरुरी हुन्छ । गाडी एउटा प्रविधिको उपज हो । त्यो आफ्नै नियममा चल्छ । त्यसको नियम थाहा नपाई न त्यसलाई चलाउन सकिन्छ, न बिग्रिँदा त्यसको मर्मत नै गर्न सकिन्छ । तर, हामीकहाँ गाडीलगायत मेसिनलाई ढोग्ने र पूजा गर्ने चलन छ । खास चाडबाडमा गाडीलाई खसीबोका नै भोग दिने चलनसमेत छ । नयाँ हवाईजहाज ल्याउँदा हवाईजहाज इन्जिनियरहरूसमेतले हवाईजहाजमा कालो बोका बलि दिएको घटना नेपालमा छ । कतिपय कम्प्युटर इन्जिनियरहरूले समेत कम्प्युटरलाई अक्षता तथा अबिर छर्की पैसा चढाई पूजा गर्ने गरेको देख्न पाइन्छ ।

साधारणखालका मेसिन होस् वा कम्प्युटरजस्ता जटिल उपकरण ती सबै मानवमा विकसित विज्ञान चिन्तनको उपजबाट निर्मित वस्तुहरू हुन् । ती वस्तुहरूको सञ्चालनमा विज्ञान सिद्धान्तमा आधारित विशिष्ट भौतिक नियमहरूले काम गरेका हुन्छन् । ती नियमहरू न ईश्वरले सिर्जना गरेका हुन्, न तिनीहरूलाई ईश्वरले नियन्त्रण गर्न सक्छन् । त्यसैले तिनीहरूको सन्दर्भमा ईश्वरलाई प्रार्थना गर्नु, पूजा गर्नु वा बलि चढाउनुको कुनै तुक हुन्न । विज्ञान र प्रविधिलाई बुझ्न मानव विकास क्रममा चिन्तनको सुरुवात कसरी भयो भन्ने कुरालाई हेक्का राख्नु जरुरी छ ।
दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
इतिहासमा मानव सभ्यताको सुरुवात ज्ञानको विकासबाट नै भयो । जब चेतना सुरु भयो त्यहीवेलादेखि मानिसले चिन्तन गर्न थाल्यो । प्रकृतिबारे जिज्ञासा उठ्दा त्यसको हल गर्ने प्रक्रियाका रूपमा चिन्तनको विकास भयो । चिन्तनले नै ज्ञान प्राप्ति भयो । ज्ञानलाई प्रयोग गरी मानिसले वस्तु सिर्जना वा उत्पादन गर्ने सीप र प्रविधि विकास गर्‍यो । त्यही सीप र प्रविधिबाट औजारको आविष्कार र उत्पादन भयो । औजारले मानिसको आवश्यकताका वस्तु उत्पादन गर्न मद्दत गर्‍यो । निष्कर्षमा ज्ञानले नै सभ्यतालाई अगाडि बढायो ।
जनावरहरू चिन्तन गर्न सक्दैनन् । त्यसैले तिनीहरूमा ज्ञान हुँदैन । ज्ञान नभएकाले नै तिनीहरूले वस्तु सिर्जना गर्न सक्दैनन् । जनावरहरू प्रकृतिमा जे छ, त्यही वस्तु मात्र उपभोग गर्छन् । सिर्जना र उत्पादन गर्दैनन् । जनावरले प्रकृतिमा बनिबनाउ वस्तु मात्र उपभोग गर्न सक्छ, आवश्यकताअनुसारको वस्तु सिर्जना र उत्पादन गर्न सक्दैन । मानिसले प्रकृतिमा भएको वस्तुलाई सीप र प्रविधि प्रयोग गरी आफूअनुकूलको वस्तुमा रूपान्तरण गरी नयाँ वस्तुको सिर्जना र उत्पादन गर्न सक्छ । जनावर र मानवमा आधारभूत फरक यसैमा छ । ज्ञानको विशेष रूप विज्ञान हो । तसर्थ ज्ञान साधारण हुन्छ, विज्ञान विशेष र विशिष्ट हुन्छ । ज्ञान जेठो हो, विज्ञान कान्छो । यो ज्ञानको पछिल्लो विशिष्ट रूप हो ।
ज्ञानको पहिलो सिर्जना
लाखौँ वर्षपहिलेको आदिमानवले आहारको खोजीमा जंगलमा सिकार गर्न हिँड्दा सुरुमा आफ्ना हातखुट्टा प्रयोग गरी नै जनावरको सिकार गर्दो हो । आदिकालदेखि नै मानवको शरीर प्राकृतिक रूपले त्यति बलवान् थिएन, जसबाट ठूला जनावरको सिकार गरी पर्याप्त आहार पुर्‍याउन सकोस् । आधुनिक जमानाका अपुच्छ बाँदरसँग मिल्दोजुल्दो शारीरिक संरचना भएका आदिमानवहरू खाना प्राप्तिका लागि सिकार गर्न र सुरक्षाका लागि समूहमा बस्दथे । त्यसैले उनीहरूलाई आफू एक्लोका लागि मात्र होइन, समूहका लागि नै सिकार गरी खाद्यवस्तु उपलब्ध गराउनुपथ्र्यो । यो एक समस्या पनि थियो अवसर पनि । धेरै खाद्यवस्तु जोहो गर्नुपर्ने समस्या थियो भने सिकारका लागि समूहमा बस्दा शक्ति बढी प्राप्त हुने अवसर थियो ।
समूहमा बस्नाले मात्र ठूला जनावरको सिकार हुनु सम्भव थिएन । मस्तिष्कको विकासका कारणबाट केही चिन्तन गर्न सक्ने हुँदा मानिसले ठूला जनावरको सिकार कसरी सम्भव होला भन्ने सोच्न थाल्यो । मानिसले आफ्नो चिन्तनबाट रूखको हाँगाले हिर्काएर जनावरको सिकार गर्ने सोचको निर्माण गर्‍यो । उनीहरूले त्यस सोचलाई व्यवहारमा प्रयोग गरी हेरे । परिणाम के निस्कियो भने हातको मुड्कीले मात्र हान्नेभन्दा रूखका हाँगाले समेत हिर्काउँदा सिकारमा केही सहजपना आयो । रूखको हाँगा प्रयोग गर्नु भनेको औजार लगाउनु हो । यसरी मानिसले औजार प्रयोग गर्दा सिकार सहज हुने ज्ञान प्राप्त गर्‍यो । ज्ञानको पहिलो सिर्जना सायद यही नै थियो ।
विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो ।
अवलोकन, चिन्तन, सोच, प्रयोग, परिणाम, ज्ञान, तर्कवितर्क, नयाँ सोच आदिको शृंखलाबद्ध प्रक्रियाले मानव चेतनाको विकास अगाडि बढ्यो । पछि आदिमानवले अवलोकनबाट ढुङ्गालाई औजारको रूपमा प्रयोग गर्दा जनावरको सिकारमा थप सहज हुने सोचको निर्माण गरी प्रयोग गर्‍यो । त्यही प्रयोगले कालान्तरमा आफैँले ढुङ्गाका धारिला औजार निर्माण गरी सिकारलाई झन्झन् सहजतामा लाने सीप र प्रविधि आदिमानवले विकास गर्‍यो । यसबाट के निष्कर्ष निक्लिन्छ भने वास्तवमा आदिमानवको दैनिकीमा नै ज्ञानको विशेष रूप आइसकेको थियो, अर्थात् विज्ञानको जन्म भइसकेको थियो ।
विज्ञान संस्कृत शब्द हो । पूर्वीय मानव सभ्यतामा विज्ञान शब्दको उत्पत्ति र प्रयोग इसापूर्वमा नै भएको देखिन्छ । अङ्ग्रेजीमा विज्ञानको पर्याय शब्द ‘साइन्स’ हो । यो ल्याटिन भाषाबाट आएको हो । यो इसाको १९औँ शताब्दीमा मात्र उत्पत्ति भएको हो ।
मानवले आफूमा चिन्तनको क्षमता आएदेखि नै दुइटा काममा आफूलाई लगाए । एउटा, सत्यको खोज, अर्को मानव दैनिकीलाई सरल, सहज, सुरक्षित र सुविधायुक्त बनाउने उपायको खोज । पहिलोले दर्शनलाई जन्म दियो भने दोस्रोले विज्ञानलाई । वास्तवमा दर्शन र विज्ञान एउटै सिक्काका दुइटा पाटा हुन् । दर्शनले विज्ञानलाई दिशा दिन्छ, विज्ञानले दर्शनलाई पुष्टि गर्छ ।
प्रकृति वस्तु (पदार्थ) र घटनाको सँगालो हो । संस्कृतमा प्रकृतिको अर्थ आफैँ सिर्जित हो । वास्तवमा प्रकृति नै सम्पूर्ण सत्य हो । प्रकृतिका सबै वस्तु तथा घटनाहरूको कारण हुन्छ । प्रकृति स्वयंको भने कारण छैन । वस्तु तथा घटनाहरूको कारण प्रकृति वा प्रकृतिको नियम हो । प्रकृति स्वसिर्जित भएकाले त्यसका नियमहरू पनि स्वसिर्जित नै हुन् । प्राकृतिक वस्तु र नियमहरू थाहा नपाउँदासम्म रहस्यको विषय बनिरहन्छ । विज्ञानले अवलोकन, प्रयोग, परीक्षण, तर्कवितर्क र तथ्यका आधारमा प्राकृतिक नियमहरू पत्ता लगाउने गर्दछ । प्रकृतिका नियमहरू उजागर भएपछि कुनै पनि कुरा रहस्यको विषय बनिरहँदैन । 
विज्ञानले प्राकृतिक नियमहरूका आधारमा मानवोपयोगी वस्तु तथा औजारहरूको आविष्कार गर्दछ । जंगलमा नाङ्गो शरीर लिई सिकार गर्दै हिँड्ने आदिमानवदेखि अहिलेको कम्प्युटर युगका विकसित मानवसम्मको सभ्यताको यात्रा वस्तु तथा औजारहरूको आविष्कार र उत्पादनबाट नै तय भयो । विज्ञानले नै मानव जातिलाई अहिलेको युगसम्म ल्याइपुर्‍यायो ।
प्रकृतिको नियम थाहा नपाउँदा मानव समाजमा विभिन्न अन्धविश्वासहरूको अस्तित्व कायम रहिरहन्छ । त्यसैले विज्ञानको व्यावहारिक प्रयोगले मानव सभ्यतालाई अगाडि जानबाट रोक्ने अन्धविश्वासलाई हटाउन मद्दत गर्दछ । विज्ञानले आमजनताको जीवनलाई अन्धविश्वासबाट मुक्त गर्दछ । अन्धविश्वासबाट मुक्त हुनु भनेको अँध्यारोमा बत्ती बाल्नुसरह हो । तसर्थ वास्तविक विज्ञानले जनताको जीवनलाई सत्यको मार्गमा लाने र सुखमय बनाउने काम गर्दछ ।
मानव जीवनलाई भौतिक रूपमा सुविधामय र समृद्ध बनाउन विज्ञान–प्रविधिले आधारभूत एवं निर्णायक भूमिका खेलेको छ । तर, विज्ञान–प्रविधिमा मनगढन्ते र अन्धविश्वासको कुनै भूमिका रहन्न । त्यसैले विज्ञान–प्रविधि अन्य देशबाट आयात गर्न सकिए पनि आफ्नै ठाउँ वा देशमा विकास गर्न विज्ञान चिन्तनविना सम्भव छैन । हामी अहिलेसम्म आयातीत प्रविधिमा नै निर्भर छौँ । हामी आफैँले प्रविधिको विकासमा छलाङ मार्ने हो भने हामीमा भएको अन्धविश्वासी चिन्तन र व्यवहारलाई त्याग्नु जरुरी छ ।
समाजका निर्माता जनता हुन् । नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर ल्याई नेपाली समाजलाई आधुनिक र विज्ञानसम्मत बनाउन राजनीतिको उच्च तहदेखि भुइँ तहको जनतासम्म विज्ञान चिन्तनलाई स्थापित गर्नु जरुरी छ । जति बढी विज्ञान चिन्तनको विकास हुन्छ, त्यही नै स्तरमा समाजमा अन्धविश्वासको पर्खाल भत्किन्छ । अन्धविश्वासबाट मुक्त मानिसले मात्र प्रविधिको वास्तविक विकास र सञ्चालन सम्भव हुन्छ । तसर्थ, विज्ञानलाई प्रविधिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छाडेर यसलाई सही चिन्तन निर्माणसँग पनि जोडेर हेर्ने बानी बसाल्नु जरुरी छ ।
Source: Naya Patrika

Thursday, December 5, 2019

मानव कल्याण मित्र मञ्चद्वारा सामुदायिक विद्यालयमा स्विटर वितरण

बुटवल मंसिर १९
मानव कल्याण मित्र मञ्चद्वारा रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुमा न्यानो स्विटर वितरण गरिएको छ । स्विटरको लागि जिल्ला तिलोत्तमा न.पा.–२ स्थित श्री दुर्गादत्त मा.वि, बुटवल उ.म.न.पा. –५ मा अवस्थित श्री ज्ञानोय मा.वि. एवम् बु.उ.म.न.पा.–१३ मा अवस्थित नयाँगाउँमा अवस्थित नयाँगाउँ मा.वि. मा अध्ययनरत गरीब तथा जेहेन्दार ५५ जना विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिएको हो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षतामा गरिएको वितरण कार्यक्रममा संरक्षक पुरुषोत्तम भट्टराई, उप–संरक्षक अम्बिका अर्याल, महासचिव गोविन्द पोखरेल, सचिव कविता पन्थी, कोषाध्यक्ष शालिकराम गौत्म, महिला उपाध्यक्ष कालिका अधिकारी, आजीवन सदस्य बुध कुमारी खरेल, ज्ञानोदय मा.वि.का प्राचार्य टिकाराम शर्मा पौडेल, शारदा मा.वि. शंकरनगरका प्राचार्य कृष्ण प्रसाद पन्थी सहित पत्रकारको उपस्थित रहेको थियो ।








संस्थाको विज्ञप्ति जस्ताको तस्तै :
उपरोक्त विषयान्तर्गत महिला, बालबालिका, बृद्ध, बृद्धा, एकआपसमा बिछोड भई अलपत्र, असहाय, बेखर्ची भएका, औषधी उपचारबाट बञ्चित, शारीरिक अपाङ्गता, दैवी प्रकोपबाट प्रभावित, असामाजिक तत्वको प्रलोभनबाट प्रभावित भई बेचबिखनमा परेका, घरेलु हिंसा, दाइजो प्रथा, गरीबीको कारणले शिक्षाबाट बञ्चित भएका तथा विभिन्न सामाजिक जीवनमा आईपर्ने समस्या समाधानमा सहयोगको आदानप्रदानका लागि हातेमालोको लागि आह्वान गर्दछौं ।
गत तीन दशकदेखि भारतमा सञ्चालित सामाजिक संस्था सयौं पीडितको उद्धारमा समर्पित प्रवासी नेपाली मित्र मञ्चको माग बमोजिम समग्र मानवका समस्या समाधान गर्दै शिक्षा र स्वास्थ्यलाई पनि प्राथमकिता दिने गरी स्थापित मानव कल्याण मित्र मञ्चको नेपालमा मिति २०७५÷१२÷०९ मा स्थापना भएको संस्था समक्ष रुपन्देहीका तीन भिन्न भिन्न स्कूलबाट विपन्न छात्रछात्राहरुका लागि जाडोका समयमा लगाउने न्यानो स्विटरको माग गरेकोले सो मागपत्रलाई ध्यानमा राखी शिक्षाको क्षेत्रमा सहयोग पु¥याउने मानव कल्याणको भावना स्वरुप स–सम्मान साना साना तपसिल बमोजिम स्कूलका बालबालिका(छात्रछात्रा) हरुलाई न्यानो स्विटर वतरण गरिएको छ ।

श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका १३ जना छात्रछात्राहरु को विवरण निम्न बमोजिम छ ।
१.अञ्जली कञ्डेल, कक्षा ७ २. शुक श्रेष्ठ, कक्षा ४ ३.शिष्टता पौडेल, कक्षा ७ ४. रीता थापा, कक्षा ६ ५. निशान वि.क., कक्षा ८ ६. पवित्रा लम्तरी, कक्षा ३ ७. सुरज महत, कक्षा ७ ८. एकान्त पचभैया, कक्षा ४, ९. सौरभ राना कक्षा ७ १०. सुप्रिम कुँवर, कक्षा ३ ११. अपेक्षा पाठक, कक्षा ४ १२. रविन बोटे, कक्षा ७, १३...........

श्री ज्ञानोदय माध्यमिक विद्यालयका १६ जना छात्रछात्राहरु को विवरण निम्न बमोजिम छ ।
१. विवेक थापा नर्सरी, २. ऋतिक रासकोटी नर्सरी, ३.यशोदा चौधरी कक्षा १, ४. समिर खत्री कक्षा २, ५. कार्तिक कानु कक्षा , ६.कल्पना वि.क. कक्षा ४, ७. टिका वरकट्टा मगर ८. गायत्री पन्थ कक्षा ६ ९. नेहा चौरसिया कक्षा ७, १०. रोशनी वर्णवाल कक्षा ७, ११. बैजु कहार कक्षा ८, १२. नेहा तवारी कक्षा ८, १३.सौरभ भट्टराई कक्षा १४, १४. सोनु वि.क. कक्षा  ९, १५. करुणा अर्याल कक्षा १० १६.आयुष खाती कक्षा १०

श्री नयाँगाउँ माध्यमिक विद्यालयका २३ जना छात्रछात्राहरुको विवरण निम्न बमोजिम छ ।
१. गणेश वि.क. नर्सरी, २. जोया थारु नर्सरी, ३.हेमराज वि.क., के.जी., ४.युवराज वि.क. के.जी. ५.आकृति परियार केजी. , ६. प्रतिक्षा नेपाली ७.विकास बुढा कक्षा १, ८. निशा सुनार ९. ऋदम परियार १०.सुजन राना ११.आकृति वि.क. कक्षा २, १३.सुवास बुढा कक्षा २, १४. राजिव थापा कक्षा २, १५. एलिस भुसाल कक्षा २, १६.गरिमा बेल्वासे कक्षा ३, १७.रोशनी थापा कक्षा ३, १८. नविन आचार्य कक्षा ३, १९.लक्ष्मण थापा कक्षा ४, २०. रितिका थारु कक्षा ४, २१. सुरक्षा खनाल कक्षा ४, २२.मञ्जु कुमाल कक्षा ५, २३. एजु गलामी कक्षा ५

Thursday, November 21, 2019

जिल्ला समन्वय समिति पाल्पाका प्रमूख बस्यालकाे उपचारकाे क्रममा निधन



पाल्पा– जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको विहिवार असामयीक निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य समेत रहनु भएका पाल्पाका अग्रज बामपन्थी नेता बस्यालको काठमाण्डौंमा उपचारकाे क्रममा निधन भएको नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयाे ।
बस्यालको बिहीबार दिउँशाे मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । युनाइटेड मिशन अस्पतालमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौँ लगिएको परिवारले जनाएको छ । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो ।
२००९ सालमा बगनासकाली ६ यम्घा थामडाँडामा जन्मनुभएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन बिस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । एमए विएड सम्मको अध्ययन बस्यालले लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, तानसेन चिलाङदी राम्दी सडकको अध्यक्ष भएर सामाजिक क्षेत्रको समेत अगुवाइ गर्नुभएको थियो ।


शिक्षक आन्दोलन र पार्टी राजनीतिमा लागेको भन्दै पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षिय उमेदवार बन्नुभएका बस्यालको चुनाव चिन्ह रेडियो आज धेरै पाल्पालीले बिर्सिएका छैनन् जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति र उपसभापति पदमा रहँदा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लाग्नुभएको थियो । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न रहनुभएका बस्याल इमान्दार र निष्ठावान नेताको छवि बनाउनुभएको थियो ।

बस्यालको शव आज रातीसम्म तानसेन ल्याउने, भोली विहान निवास र त्यसपछि जिल्ला समन्वय समितिको प्राङ्गडमा अन्तिम श्रद्धान्जलीका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन् ।
बस्यालको निधन पश्चात उहाँका शुभचिन्तक तथा आपन्तजनहरुले सामाजिक सञ्जाल मार्फत समवेदना दिएका छन् । यस्तै नेपाल कम्यूनिष्ट पार्टी पाल्पाले समेत एक शोध बक्तव्य निकालेर समवेदना दिएको छ । वश्यालको निधनले पाल्पाको राजनीतिमा एक असल अभिभावक गुमाएकाे नेकपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।
Source: Eranimahal

Sunday, October 13, 2019

धार्मिक पर्यटकको लागि प्रमुख गन्तव्य दर्लममहाकाली (फोटो फिचर सहित)





नेत्र गैरे । पाल्पा

दर्लममहाकाली मन्दिरले धार्मिक पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्यको रुपमा परिचय बनाएको छ । बगनासकाली गाउँपालिका वडा नं. ५ मा दर्लम महाकाली भगवती मन्दिर रहेको छ ।
दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्वर्गीय पदमपाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजाआजा शुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।
दर्लममहाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदमपाणि गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रह्म मुहुर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।
दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा २ सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताए अनुसार दुबै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहुर्तमा यस ठाउँमा जानु भने अनुसार पदमपाणि गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए ।
जव ब्रह्म मुहुर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहुर्तको समय भएको थाहा भयो तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तर तर्फको पानीको कुवामा माटो झर्यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रादुर्भाव भयो र सबै गाउँलेहरु मिलेर पालैपालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइपुगे ।
बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दिक्ष अनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुबै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मुर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मुर्तिको पुजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदमपाणिकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदै सानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जस अनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था
माता महाकालीले २०४८ साल कार्तिक २२ गते राती २ बजे देखि बिहान ५ बजे सम्म बुटवल उप नगरपालिका अन्तर्गत भाडामा कोठा लिई बसेको अवस्थामा पदमपाणि गैरेका आठ भाई छोरा मध्ये सातौँ छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरुपमा माता महाकालीले विराट रुपको दर्शन दिइन् ।
महालकालीले दिक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस् – त्यहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रुपमा छु । म यहाँ विराट रुपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ र यहाँ पनि सोही अनुरुपको मन्दिर बना ।
मन्दिर निर्माणका लगि तिमीहरुको ७६ जना सदस्यहरु बस्ने गरेको मुल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिर समेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराए अनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरि तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूल द्वार पूर्वतर्फ र सहायक द्वार दक्षिण तर्फ राख्नु भनि दिक्ष दिएकी थिइन् । भने मन्दिरको उचाईको २/३ उचाई भएको त्रिशुल पुर्व तर्फ राख्न अह्राएकी थिइन् । मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँ बायाँ ठूला ठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरु मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजन कीर्तन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।
दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा बि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पुजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलान्यासको काम गरिएको थियो । त्यसै गरी २०७३,०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ ।
हाल बनेको महाकाली भगवतीको मन्दिर ३ तलाको बनेको छ । एक तलाको बरण्डा माथी पक्की ढलान छ भने २ तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरुयोजना अनुरुप भुवनेश्वरी मन्दिर, भजन किर्तन सत्तल सहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाह अनुसार गरिएको छ ।
मूल मन्दिरको पूर्वतर्फ २ तले नौ कोठे भवन निर्माण कार्य निर्माणाधिन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाक्रीस्थानको चौपारी निर मूल प्रवेश द्धार बिशेष रुपमा बनेको छ । यो मन्दिर जिल्ला प्रशासन कार्यालय पाल्पा बाट २०५८ कार्तिक १६ गते दर्ता नं. ५०४ मा दर्ता भएको छ । मन्दिर परिसर हाल १२–०५–३–० क्षेत्रफल भएको लालपूर्जा प्राप्त जमिनमा रहेको छ भने कि. नं. १४९ को ६–०–२–३ क्षेत्रफलको पल्लोबारी पनि मन्दिरकै नाममा समावेस रहेको छ । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदमपाणिका ८ भाई छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।
मूल मन्दिरको पूर्व तर्फको ९ कोठे भवनको माथिल्लो तलामा रेलिङ सहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको छ । यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए ।
वि. सं. २०६९ माघ २ गते देखि ८ गते सम्म मन्दिरलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले तत्कालिन छिमेकी गविसहरु तथा अन्य संघसंस्थाहरुको सहभागितामा पं. भिमकान्त पन्थी प्रमुख वाचकको रुपमा रहेको महायज्ञबाट संकलन भएको ४५ लाख रुपियाँ मध्ये बचत रकमबाट मन्दिरको तामाको पाताले मुल छानो छाउने काम सम्पन्न भएको छ ।
तत्कालिन गाउँ विकास समिति, जिल्ला विकास समिति, भौतिक तथा भवन निर्माण कार्यालयबाट प्राप्त सहयोग, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त निरन्तर सहयोग रहेको छ । स्थानीय तथा बाह्य भक्तजनहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट मन्दिर निर्माण तथा पूजा संचालनमा सहयोग पुगेको छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरु
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिक रुपमा मन्दिरमा थप धार्मिक कार्यहरु हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजागाजा, भजन कीर्तन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ ।
शिवरात्रीमा रुद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको शाक्तम्रमोदको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरु बेला भन्दा यहाँ दशनार्थीहरुको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।
महाकाली मन्दिरको गुरु योजना अनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको काम भइरहेको मन्दिर संरक्षण समितिका सचिव पिताम्वर शर्माले बताए । भगवती माताको आशिर्वादले आफ्ना मनोकांक्षा पुरा भएको काली भक्त हुम प्रसाद गैरेको अनुभव छ ।
स्रोत: पाल्पा समाचारपत्र

रातीको दृश्य 

रातीको दृश्य











मन्दीर परिसरबाट देखिएको रिम्घा लेक र खानिछापको दृश्य

रुद्राक्ष, भब्बु र बेलको वृक्ष

Saturday, October 12, 2019

मोटी युवतीसँग विवाह गर्दा यति धेरै फाईदा ( हेर्नुहोस ) पुरा पढ्नु होस ।

विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् ।
सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।
नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् ।
अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।
अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् ।
एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि ।
यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् । कामना न्युज बाट ।।

Monday, August 5, 2019

आज नाग पञ्चमी, यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । 

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । 

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । 

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।


कल्की जयन्ती

भगवान विष्णुको दशौ तथा अन्तिम अवतार "कल्की अवतार" भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। 

भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् । 

Tuesday, July 30, 2019

The science of skin color - Angela Koine Flynn

When ultraviolet sunlight hits our skin, it affects each of us differently. Depending on skin color, it’ll take only minutes of exposure to turn one person beetroot-pink, while another requires hours to experience the slightest change. What’s to account for that difference, and how did our skin come to take on so many different hues to begin with? Angela Koine Flynn describes the science of skin color.

Tuesday, April 16, 2019

नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

काठमाडौं– नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।  
मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।
जसअनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विज्ञापनमा उल्लेख गरिएको छ । भर्नाका लागि विभिन्न केन्द्रहरु छनौट गरिएको छ । ईच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा गई १० रुपैयाँको टिकट टासी दरखास्त पेश गर्न सक्नेछन् । 
ईच्छुक उम्मेदवार बैशाख ३ गतेदेखि जेठ १  गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् । 
Source:Gorkhapatra

Saturday, March 16, 2019

२०७६ सालमा १५ दिनमात्र सार्वजनिक विदा


काठमाडौं। सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।
कहिले–कहिले परे सार्वजनिक बिदा ?
–वैशाख १ गते आइतबार बिदा
–विश्व मजदुर दिवस वैशाख १८ गते बुधबार विदा
–जेठ ४ गते सार्वजनिक विदा
–असार, साउन र भदौ महिनामा विदा छैन ।
–असोज ३ गते शुक्रबार संविधान दिवस विदा
–असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म ५ दिन दशैं विदा
–कात्तिक १० गते आइतबारदेखि ३ दिन तिहार विदा
–मंसिर, पुस र माघ महिनामा विदा छैन
–फागुनमा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्रा्ष्ट्रिय महिला दिवसमा विदा
–फागू पूर्णिमाका दिन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार विदा
–चैतमा भने सार्वजनिक बिदा दिइएको छैन् ।
–महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन विदा
–जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले असोज ५ गते आइतबार पनि विदा
– अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा
–शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा
–उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ । जसमा साउन ३१ गते शुक्रबार गाईजात्रा, भदौ २७ गते शुक्रबार इन्द्रजात्रा, चैत ११ गते मंगलबार घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा
–कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते मंगलबार गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा
–किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते शनिबार विदा
–किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते बिहीबार उनीहरुलाई सार्वजनिक विदा
–सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते शुक्रबार विदा
–मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा
–इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा
इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते बुधबार विदा
–गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते मंगलबार विदा
–माघे संक्रान्तिमा माघ १ गते बुधबार थारु, मगर, छन्त्याल जातिलाई विदा
–तामाङ समुदायले माघ ११ गते शनिबार सोनम ल्होसारमा विदा
–हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते सोमबार विदा
– झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ । धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा उक्त दिन विदा ।

Saturday, March 2, 2019

टपरीकाे कथा | Tapariko Katha [Full Video]

टपरीको कथा, सालकाे पात टिपेर टपरी बनाएदेखि त्यसको प्रयोग हुँदासम्मको कथा हो । हामीले नवलपरासीमा रुखबाट पात टिपेदेखि टपरी बनाएर काठमाडौंको पशुपतिमा प्रयोग गरेर सेलाउँदासम्म पात र टपरीलाई पछ्याएका छौं । धार्मिक तथा पितृ कार्यमा प्रयोग हुने टपरीले केहीलाई खर्च जुटाउने मेलो बनाइदिएको छ । यही कथा हो टपरीको कथा हो ।



Wednesday, February 27, 2019

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । 
यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।

Sunday, February 24, 2019

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताए । 
आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २५।५ डिग्री र न्युनतम तापक्रम ६।८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८।४ डिग्री सेल्सियस रहेको छ । रासस 

Tuesday, February 19, 2019

विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको लुम्बिनी बन्द फिर्ता

फागुन– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते घोषणा गरेको बन्द फिर्ता लिएको छ । सो पार्टीले लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ । आफ्नो पार्टीका नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो ।

 आज अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहा गरेपछि बन्द फिर्ता गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको सिलसिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । Source: Ratopati

Sunday, February 17, 2019

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा - NEWS24 TV

‘लुट्न सके लुट ...’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट ...’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् । खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् ।


Wednesday, February 13, 2019

काठमाडौँ – मुक्तिनाथ केबलकार प्रा.लिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई  लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीको तर्फबाट निर्देशक शिरोमणि ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

विज्ञप्तिका अनुसार, नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा.लिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आईडिया फर नेपाल प्रालिको रहनेछ ।
स्मरण रहोस्,पैतालीस देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको आईडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार, पर्यटन तथा प्रविधिका विभिन्न परियोजनामा पनि लगानी गर्दै आएको छ ।
कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको उक्त केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ ।
कम्पनीले जनाएअनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।
हालसम्मको अध्ययन अनुसार उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।

फोटो स्रोत: http://www.marysrosaries.com
Source: Ratopati

Tuesday, February 12, 2019

माउण्ट रोयल एजुकेशन बुटवलमा

बुटवल, माघ ।  माउण्ट रोयल एजुकेशन को बुटवमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहदादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गनुभएको हो ।  विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९ राजमार्ग चौरहामा  कन्सल्टेन्सी सुरुवात गनुभएको हो ।
 कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले  नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बढि भएको भन्दै विदेशमा गएर सीप शिकेर पुनः  नेपालमा नै आएर पेश व्यवसाय गर्नको लागि कन्सटेन्सीहरुले उत्प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा बोल्दै अध्यक्ष  राजन गैरेले पहिलो चरणमा जापानको अतिरिक्त युरोपियन देशहरुको लागि समेत आफुले कार्य गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बुटवल उवासंघका सचिव कमल पौडेल, गरिमा विकास बैंक बुटवल शाखा प्रमुख लेखनाथ भट्राई,  नेपाल टेलिकम बुटवल शाखा अधिकृत दोण प्रसाद गैरे, जोन एजुकेशन बुटवल शाखा प्रमुख कृष्ण न्यौपाने लगायतले बोलेका बोल्नुभएको थियो ।

Wednesday, February 6, 2019

बिहीबार र शुक्रवार देशैभर बदली हुने


केही भागमा भारी वर्षा र भारी हिमपातको सम्भावना 

काठमाडौँ — पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणालीका कारण बुधवार अपरान्हदेखि पोखरासम्म बदली भइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबार र शुक्रवार देशैभर बदली हुनेछ ।
‘पश्चिमबाट आएको न्यूनचापीय प्रणालीमा अरबसागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणाली मिसिएपछि देशैभर मौसममा गडबडी हुनेछ’ प्रधानांगले कान्तिपुरसित भने, ‘शनिवारसम्मै असर पर्ने देखिन्छ, आइतबारदेखि घमाइलो हुनेछ।’
प्रधानांगले पश्चिमका उच्च भागमा भारी हिमपातको सम्भावना रहेको समेत बताए। बिहीबार र शुक्रवार वर्षा भने देशैभरी हुने महाशाखाको अनुमान छ। पश्चिमी भागमा बुधवार रातीदेखि नै वर्षा र हिमपात हुनेछ। बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशैभर हल्कादेखि मध्यम वर्षा र पश्चिमका साथै मध्य भूभागको १/२ स्थानमा भारी वर्षा समेत हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
‘देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘ पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना छ।’
शुक्रवार दिउँसो र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ। शनिवार मध्य र पूर्वी भागमा मात्र बदली हुनेछ। आइतबारदेखि मौसममा सुधार आउने र घमाइलो सुरु हुने मौसमविद्हरूले उल्लेख गरेका छन्।
Source: Kantipur




श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *