केही भागमा भारी वर्षा र भारी हिमपातको सम्भावना
काठमाडौँ — पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणालीका कारण बुधवार अपरान्हदेखि पोखरासम्म बदली भइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबार र शुक्रवार देशैभर बदली हुनेछ ।
प्रधानांगले पश्चिमका उच्च भागमा भारी हिमपातको सम्भावना रहेको समेत बताए। बिहीबार र शुक्रवार वर्षा भने देशैभरी हुने महाशाखाको अनुमान छ। पश्चिमी भागमा बुधवार रातीदेखि नै वर्षा र हिमपात हुनेछ। बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशैभर हल्कादेखि मध्यम वर्षा र पश्चिमका साथै मध्य भूभागको १/२ स्थानमा भारी वर्षा समेत हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
‘देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘ पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना छ।’
शुक्रवार दिउँसो र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ। शनिवार मध्य र पूर्वी भागमा मात्र बदली हुनेछ। आइतबारदेखि मौसममा सुधार आउने र घमाइलो सुरु हुने मौसमविद्हरूले उल्लेख गरेका छन्।
Source: Kantipur
Source: Kantipur
Alert!
०७५-१०-२३— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) February 6, 2019
भोली देशको अधिकांश स्थानमा वर्षा हुने।
उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहौ।
पहाडी क्षेत्रका स-साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ।#MFD #RIMES pic.twitter.com/HU2SN1gibi
No comments:
Post a Comment