Saturday, November 29, 2014

कति वर्षको उमेरमा के जाँच गराउने ?


३० वर्षको उमेरमा
ब्लडप्रेसर एवं कोलेस्ट्रोल - नियमित शारीरिक अभ्यास, स्वस्थ खाना खाने गरेको अवस्थामा नियमित जााचका लागि जहिले पनि जान सकिन्छ । तर तपाईमा कुनै पनि स्वास्थ्य समस्या भएमा प्रत्येक वर्ष ब्लड प्रेसर एवं कोलेस्ट्रोलको अवस्था जाँच गराउनुपर्छ ।
पैप टेस्ट -पोल्विक एक्जीमा) - २० वर्षको उमेर पार गरिसकेपछि प्रत्येक वर्ष पेल्विक एक्जाम एवं पैप टेस्ट गर्न आवश्यक छ । पैप टेस्टले सर्भाइकल क्यान्सर भएनभएको र पेल्विक एक्जीमाले युटेरसको अवस्था पत्ता लगाउन सकिन्छ ।
स्तन क्यान्सर - जब तपाई पैप टेस्ट वा पोल्विक एक्जामका लागि जानुहन्छ, तपाईको डाक्टरले स्तनको जाँच पनि गर्छन् । कम्तिमा पनि हरेक तीन वर्षमा एक पटक मैमोग्राफी परीक्षण गराउनु जरुरी हुन्छ ।
छाला जाँच - छालाको क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्ने खतराबाट जोगिन बेलाबेलामा छालाको जााच गराउनुपर्छ ।
आँखा परीक्षण -  तपाईको दृष्टि मा कुनै समस्या नभएपनि प्रत्येक २ वर्षमा एक पटक आाखा परीक्षण गराउन आवश्यक छ ।
४० वर्षको उमेरमा
बोन डेन्सिटी टेस्ट - यो उमेरमा विभिन्न औषधि सेवनका कारण हडि्ड कमजोर हुनसक्छ । यसै दौरानमा तपाईलाई अस्टियोपोरोसिसको शंका लागेमा डाक्टरसाग सम्पर्क गरी परीक्षण गराउनुपर्छ । यो वंशानुगत पनि हुनसक्छ । परिवारका केहि सदस्यालाई पहिला भइसकेको रहेछ भने यो समस्या तपाईमा हुने सम्भावना रहन्छ ।
ब्लड क्यान्सर - यो उमेरमा टाईप २ डायविटिज हुने सम्भावना रहन्छ । त्यसैले प्रत्यक वषै आफ्नो शरीरमा ब्लड ग्लुकोजको तह कति छ ? भन्ने जााच गराउनुपर्छ ।
ब्लड प्रसर एवंम कोलेस्ट्रोल - यदि तपाई नियमित शारीरिक अभ्यास , स्वस्थ खानपान, गर्नुहुन्छ भने रुटिन चेक अपका लागि २ वर्षको बीचमा जुनसुकै समयमा पनि जान सक्नुहुन्छ । तर कुनै प्रकारको स्वास्थ्य समस्या भएमा वा धुम्रपान गर्नुहुने भएमा तपाईले जुनुकै बेला पनि जााच गराउनुपर्छ ।
पैप टेस्ट -पोल्विक एक्जिम) - यो उमेरमा प्रत्यक वर्ष पोल्विक एग्जाम एव. पैप टेस्ट गर्न जरुरी हुन्छ ।
स्तन क्यान्सर - कम्तिमा पनि हरेक ३ वर्षमा एक पटक आफ्नो स्तन को जााच गराउनुपर्छ । यदि उच्च जोखिम नभएमा ५ वर्षको उमेर पछि हरेक २ पटक वर्षमा मेमोग्राम परीक्षण गराउनुपर्छ ।
छाला जााच - छालाको क्यान्सरबाट बच्न छालाको परीक्षण गराउन जरुरी हुन्छ किनभने कुनै उमेरमा तपाई यस किसिमको चपेटामा पर्न सक्नुहुन्छ ।
आँखा परीक्षण - बढ्दो उमेरसागै आाखा कमजोर हुादै जान्छ । तपाईको आाखाको रोशनी विल्कुल ठिक भएमा पनि प्रत्येक १-२ वर्षमा आाखाको जाँच अवश्य गराउनुपर्छ ।
५० वर्षको उमेरमा
बोन डेन्सिटी परीक्षण - ५० वर्ष पुगेपछि सबै भन्दा पहिलो हडि्डको डेन्सिटी परीक्षण गराउनुहोला । जुन व्यक्तिको हड्डी कमजोर हुने खतरा धेरै छ उसले चााडो नियमित रुपमा बोन डेन्सिटी परीक्षण गराउनुपर्छ ।
ब्लड सुगर - यो उमेरमा तपाईको अत्यधिक तौल भएमा डायविटिजको खतरा बढ्दै जान्छ । त्यसैले रगतमा ग्लुकोजको स्तर जााच गराउन जरुरी हुन्छ । कम शारीरिक तौल भएमा बिरामी हुने खतरा पनि कम हुन्छ । त्यसैले प्रत्येक ३ वर्षमा १ पटक ब्लड ग्लुकोजको स्तर अवश्यक जाँच गराउनुपर्छ ।
व्लड प्रेसर एवं कोलेस्ट्रोल- नियमित स्वास्थ्य परीक्षणको शिलशिलामा डाक्टरले तपाईंको ब्लड प्रेसर पनि जाँच गर्छन् । यसका साथै प्रत्येक १ देखि ३ सालमा आफ्नो कोलेस्ट्रोल तह जाँच गराउनुपर्छ ।
पैप टेष्ट/पेल्भिक एग्जाम- हरेक २-३ वर्षमा पोल्भिक एग्जाम एवं पैप टेष्ट गराउनुपर्छ ।
स्तन क्यान्सर- तपाईमा स्तन क्यान्सरको खतरा धेरै भएमा डाक्टरले मेमोग्राम गर्ने सल्लाह दिन्छन् । यदि खतरा नभए पनि प्रत्येक २ वर्षको अन्तरमा मेमोग्राम परीक्षण गराउनुपर्छ ।
छाला जााच- छलाको सुरक्षाका लागि प्रत्येक वर्ष छालाको जाँच गराउनुपर्छ ।
आँखा परीक्षण- प्रत्येक १-२ वर्षमा आाखाको जााच अवश्य गराउनुपर्छ । यदि तपाईं उच्च रक्तचाप, डायविटिजका कारण समस्यामा हुनुहुन्छ भने आँखाको समस्या देखिन सक्छ । त्यसैले प्रत्येक वर्षमा एकपटक आँखाको जाँच गराउनुपर्छ । 

Thursday, November 27, 2014

विदेशमा दुःख पाएर फर्केर ३ वर्षमै ८ लाख कमाई

खोटाङको याम्खा ६ का डेगराज आचार्यलाई विदेश नजाउन्जेल लाग्थ्यो स्वदेशमा पैसा कमाउन कुनै कामै छैन जस्तो लाग्थ्यो । त्यही भएर २०६६ सालमा पैसा कमाउन हानिनुभयो विदेश । तर नेपालबाट रहरले गएको मरुभुमीमा उहाँ ३ वर्ष पनि टिक्न सक्नुभएन ।

लाहुरे भएर गाउँघरमा फर्किनुभएका डेगराज अहिले खेतवारीमा व्यस्त हुनुहुन्छ । ३ वर्षअघि आफनो ठाउँमा पैसा कमाउने केही काम नदेखेका डेगराजको आँखा विदेश पुगेपछि खुले । उहाँ भन्नुहुन्छ ‘गर्नु हो भने धेरै कुरा यहिँ गर्न सकिने रहेछ ।’ एक लाख १० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई जिम्मा लगाएर कतार पुुगेका आचार्यले न भने अुनसारको काम पाउनुभयो न त दाम नै । काम र दाम दुवै चित्त बुुझ्दो नभएपछि आचार्य पुरानो सोच विदेश मै छोडेर नयाँ सोच लिएर गाउँ फर्किनुभयो  । ३ वर्ष कतारमा बस्दा विदेश जाँदा लागेको ऋण पनि तिर्न नसकेका डेगराज आचार्यले अहिले गाउँमै राम्रै कमाइ गरिरहनुभएको छ । त्यो पनि खेतीपाती गरेरै ।
आफ्नै गाउँमा तरकारी खेती गरेका डेगराजले अहिले विरुवा उमार्ने नर्सरी पनि बनाउनुभएको छ । ‘विदेशबाट फर्किने वित्तिकै त आफूले उमारेका विरुवा र तरकारी बजार लान लाज लाग्थ्यो’ उहाँले खेती गर्दाको अनुभव बाँड्दै भन्नुभयो  ‘अहिले त मेरो सबै थोक नै यही खेतीपाती नै भएको छ । ’ सुरुमा तरकारी बेच्न बजार पुुग्न समेत लाज मान्ने आचार्य आजकाल आफैं जिल्लाका आधा दर्जन बजारमा तरकारी बेच्न पुग्नुहुन्छ । खेतबारीमै गरिरहेको मेहनतले ३ वर्षको छोटो अवधीमै उहाँको परिचय फेरिएको छ । त्यति मात्रै होइन उहाँकोपरिचय अहिले जिल्लाकै नमुुना कृषि फर्म संचालकको बनेको छ । उहाँले उमारेका अनार, कागती, सुन्तला, निबुुवालगायत अमिलो जातका फलफुुलका विरुवा जिल्ला कृषि विकास कार्यलयले खरिद गर्छ भने किसानले पनि किन्छन । डेगराजको कृषि फर्ममा पुग्दा लसुुन, प्याज, आलु, टमाटर, खुुर्सानी, काउली, बन्दालगायत तरकारी फलेको भेटिन्छ ।
हिच्किचाउँदै सुरु गरेको खेतीबाट डेगराजले तीन वर्षमै ८ लाख रुपैयाँ कमाउनुभयो । ‘मेरो कमाइबाट म सन्तुष्ट छु’ डेगराज भन्नुहुन्छ ‘अल्छेपना र पढेलेखेकाले सानोतिनो काम गर्नुहुन्न भन्ने सोचले विगारेको रहेछ ।’
Source:Ujyalo Online

Tuesday, November 25, 2014

बन्दागोभी खानुका फाइदै फाइदा


बन्दागोभी तपाई हाम्रो घर वरिपरि सजिलै पाइन्छ । तपाईलाई थाहा नहुन सक्छ यसका फाइदाका बारेमा । हरियो तरकारीमा बन्दागोभी खानु धेरै नै फाइदादायक मानिन्छ ।

यसमा कयौं यस्ता गुण छन जसले हाम्रो शरीरलाई स्वस्थ राख्दछ । बन्दागोभीले पेटलाई सफा गर्छ अर्थात कब्जियत भगाउनलाई सहयोग गर्दछ । बन्दागोभी तरकारीको अतिरिक्त सलादको रुपमा पनि खान सकिन्छ ।

बन्दागोभीमा भएको सुक्ष्म तत्वले शरीरमा पाइने विषयुक्त पदार्थलाई बाहिर निकाल्न तथा शरीरको पाचन प्रणालीलाई मजबुत राख्नमा मद्दत गर्दछ । बारीबाट भर्खर ल्याएको ताजा बन्दागोभिमा नुन, मरीच तथा कागतीको रस मिसाएर दिनहुँ बिहान खाली पेटमा खाएमा २ देखि ४ हप्तामा तपाईको कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दागोभीको रसमा भिटामिन यू नामक एक यस्तो दुर्लभ भिटामिन पाइन्छ, जुन अल्सरलाई प्रतिरोध गर्ने पदार्थ पनि हो । बन्दागोभीको रस पिउनाले पेप्टिक अल्सर अर्थात पेटको घाउ ठिक हुन्छ । भिटामिन यू को यू अक्षर ल्याटिन भाषाको शब्द ुयलसबाट लिइएको हो , यसको अर्थ अल्सर हुन्छ ।

नियमित रुपमा दिनहुँ बिहान बेलुका एक एक कप ताजा बन्दागोभीको रस पिउनाले अल्सरको बिरामीलाई धेरै नै फाइदा हुन्छ ।

Monday, November 24, 2014

चिसोमा सुन्तलाको महत्व

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ ।
मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ  ।
सुन्तलाको फल मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलाको छोक्रामा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । 

बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । गिँजाबाट रगत बग्ने समस्यामा पनि सुन्तला लाभदायक हुन्छ । त्यस्तै सुन्तलामा रहेको क्याल्सियमले दाँतलाई स्वस्थ र मजबुत बनाउँछ ।

बजारमा पाइने कृतिम पेयपदार्थ भन्दा मौसम अनुसार पाइने फलफूल खानु स्वास्थ्यकालागि औषधि समान हो । सुन्तलाको बोक्रामा पनि पौष्टिक तत्व हुन्छ । सुन्तलाको बोक्रा सुकाएर मसिनो पारेर काटेर चिनीमा हालेर पकाएर बालबालिकालाई खुवाउनु निकै लाभदायक हुन्छ । त्यसैगरि सुन्तलाको बोक्रा सुकाएर धुलो पारेर अनुहारमा लगाउनाले अनुहारको छाला सफा र नरम हुन्छ । सुन्तलाको बोक्रा खान र अनुहारमा लगाउन पनि सकिन्छ । भोक वा तिर्खा लाग्दा विभिन्न किसिमका प्याकेटका खानेकुराको सट्टा सुन्तला खाँदा शरीर स्वस्थ हुन्छ र कब्जियत हुनबाट पनि बँचिन्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

Tuesday, November 18, 2014

'ढाड दुखेर मारो' बोलको पशुपति शर्मा र जानकी तारामी मगरको लोक गीत

मङ्सिर २ , २०७१
अल्छी नेपाली समाजको व्यंग्य गर्दै  'ढाड दुखेर मारो' बोलको पशुपति शर्माको  संगीत र सब्द संयोजनमा जानकी तारामी मगरसंग गाएको अत्यन्तै मार्मिक गीत बजारमा आएको छ . उनको भिडियो सहितको गीत हेरेर मनोरंजन गरौं .


Sunday, November 2, 2014

आमालाई चिठी लेख्दा बगेको आँशु

माधव अर्याल 
पाल्पा, कार्तिक १५, एक दिन सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा एक जना मित्रले वालमा पोष्ट गरेको सामाग्री पढेको थिए, ‘दिनभरि काम गरेर बेलुका घर फर्किदा बाबाले सोध्छन् आज कति कमाईस् ? श्रीमतीले सोध्छन् आज कति बचाउनु भयो ? छोराछोरीले सोध्छन आज के ल्याईदिनु भयो ? तर, आमाले मात्र सोध्छिन्, आज खाना खायौ कि खाएनौ ? कति दुःख पायौ ?’ अर्का असिम ढुंगानाले पनि फेस बुकमा लेखेको शब्द पनि कम्ती राम्रो थिएन, ‘आमाको स्तन चुसेको हो, आमाको शारीरिक पिडाबाटै जन्मिएका हौं, आमालाई उमेरले वृद्ध बनाउँदै लग्यो तर तिमीलाई बिचारले वृद्ध बनाउँदै छ ।’
माथिका दुवैले लेखेका शब्दलाई एक पटक फेरी पढ्ने हो भने आमाको माया कति हुन्छ भन्ने कुरा भनिरहन पर्दैन । प्रसंग केही दिन पहिले पोखरामा नरबहादुर कार्कीको प्रशिक्षणको हो । यही सन्दर्भलाई जोड्ने हो भने कार्कीले सकारात्मक सोंचको विकास गर्ने क्रममा आमालाई चिठी लेख्न लगाउनुभयो । पश्चिमाञ्चलका १५ जिल्लाका पत्रकार सहभागी कार्यक्रम थियो । आफ्नो प्रशिक्षणका क्रममा सकारात्मक सोंचको विकास गर्दै जाने क्रममा आमा शब्द आयो । कतिपयले आमालाई सम्झिन भन्दा आँखाबाट आँसु नै झारे । सानो स्वरमा संगीत बनाएर केही समय आमाप्रति स्मरण गर्न भनिएको थियो । झण्डै अधिकांश भावुक नै बने । मेरा आँखाबाट पनि आँसु धरधरी बग्यो । आमालाई सम्झिँदा मेरा आँखाबाट आँसु झार्ने कारण थिए ।
त्यही भएर होला त्यो प्रशिक्षणमा आमालाई धेरै पत्रकार साथीले सम्झे । आमा नभएकाहरुले आँसु झार्ने नै भए । तर, कार्कीले एउटा बिदेशीका विषयमा उनलाई आमाले जन्माईसकेपछि छाडेर हिडेको विषयलाई लिएर जोडेका हुन् । वर्षौदेखि सुःख सयलमा हुर्केका उनलाई आफ्नो आमाले जन्माएर छाडेर हिडेको थाहा पाउँदा पुनः उनले सबै काम बिगारेर सडकमा ओर्लिएको उदाहरण प्रस्तुत गरिएको थियो । तर, सकारात्मक सोंचको तालिमपछि पुनः उनले सबै राम्रो गरेको कुरालाई जोडिएको थियो । त्यहाँ आमालाई सम्झिदा सबै भावुक बने । सबैको भन्दा पनि मेरो आँखाबाट नै किन आँसु धरधरी बग्यो त ? आमा भन्ने शव्द प्रति किन आँसु बग्यो ? अरुले चिठी लेख्दा मैले लेख्न सकिन । किन लेख्न सकिन ? मेरो आफ्नै कथा छ । आफ्नै व्यथा छ । यसलाई आज म खोल्न चाहान्छु ।
पत्रकारिता पेशामा आएको १६ वर्ष बितेछ । तर, पोखरामा भएको कार्कीको तालिममा बसेपछि आफ्ना कुरा खोल्न सक्ने भएको छु । अहिलेसम्म सबैलाई सबै कुरा भन्नु हुँदैन भन्ने सोंच थियो । तर, अहिले यही लेखमार्फत् सबै कुरा खोल्न मन लाग्यो । त्यो तालिमको अर्को उपलब्धि थियो । मान्छेले आफ्ना पीडा लुकाएर राख्छ । त्यो कुरा बाहिर आउँदा मलाई कसैले केही भन्छन् की भन्ने सोंच राख्छ । यस्तो होइन । आफ्ना कुरा साथीलाई भन त्यो भन्दा धेरैलाई भन तब तिम्रो मन खाली हुन्छ । बोझ कम हुन्छ । त्यहाँ आमाको कुरा गरेर एकाग्र बन्दा बर्बर किन रोए र रुने मन भयो ? मेरो भावुकताप्रति सबै जना किन अचम्मित भए ? यो लेख तपाइ पढेपछि मेरी आमालाई पनि लगेर पढेर सुनाईदिनुहोला । किन भने तपाईहामीले जस्तो मेरी आमाले खरखर्ती पढ्न सक्नु हुन्न ।
आजका दिनमा मलाई म कस्तो व्यक्ति हुँ ? जो सुकैले यस्तो पीडा भोग्न परेको हुँदैन भन्ने कुरा यही लेखमार्फत् खोल्दैछु । पाल्पाको खालीवन, ८ लाम्दीखोलामा जन्मिए । म नजन्मिदै बुबा मधेस (नवलपरासीको सर्दी) जानुभएको रहेछ । बुबाले उतै अर्को बिहे गरेकोपछि मात्र थाहा भयो । घरजम उतै गरेर पो मेरी आमालाई चटक्कै बिर्सेर बस्नु भएको थियो भन्ने । आमाले ढाई वर्षमै छाडेर हिड्नुभयो । अर्को बुबासंग बिहे गर्नु भएछ । मेरो बाल्यकाल हजुरआमा र अंकलको सहारामा बस्नु परेको थियो । आमालाई बिर्साउने प्रयासमा सबै लाग्नुभयो ।
कहाँ जानु भयो भन्ने पनि थाहा भएन । मेरी आमाले नौ महिना कोखमा राखेर जन्माउनु भयो । प्रसव पीडा सहनुभयो । २ वर्ष ६ महिना हुँदासम्म आफ्नो स्तन चुसाएर मलाई हुर्काउनुभयो । आफुले एक छाक खाएर पनि मलाई दुई छाकनै खुवाएर हुर्काएकै हो । ममतामयी आमाले दुःख नगरेको होइन । यति हुँदा हुँदै पनि बाध्य भएर मलाई ढाई बर्षको उमेर भएकै बेला चटक्कै बिर्सेर छाडेर हिड्नुभयो । खै कहाँ जानु भयो मलाई र मेरो परिवारका अरुलाई लामो समय थाहा भएन । त्यस बेलामा खोजी कार्य केही गरेपछि मामाघर तिरकाले पत्ता लगाएका रहेछन् । अनि सबै चुप लागेर बसे । तर, उमेर बढ्दै जाँदा स्याङ्जाको गल्याङ् नजिकै शिखरडा“डा भन्ने गाउँमा हुनुहुन्छ भन्ने थाहा थियो । म संँग त्यहाँसम्म जान सक्ने उपाय थिएन ।
कोही कसैसंग जान्छु भन्न पनि सकिन । आमालाई मैले बिर्सिसकेको थिएँ । आमा र घरमा भएका अरु महिलाबीच मैले भिन्नता देख्ने कुरै भएन । किन भने मैले आमाको अनुहार नै बिर्सिसकेको थिए । तर पनि मलाइ आमा भन्ने शव्दप्रति नै खासै माया थिएन । मलाई आमाको माया थिएन । मेरो ७ कक्षासम्मको पढाई त हजुरआमा र अंकलहरुबाट नियमित भइरहेको थियो । तर, घरको अवस्था, बुबाको नवलपरासी बसाई, आमाले छाडेर हिडेकै कारण पनि मेरो पढाईलाई निरन्तरता दिन मुश्किल प¥यो । ८ कक्षा र ९ कक्षा नवलपरासीको सर्दीमा बुबासँग गएर पढेँ । तर, १० कक्षामा पढ्न कक्षा, ९ को रजिष्टेशन नभरेकाले पढेको अर्थ रहेन ।
बुबासँग बसेपनि अर्को आमातर्फको दुई भाई छोरा र एक छोरी थिए । म सौतेला छोरा भएँ र आमाको माया कहाँनिर आवश्यक पर्दोरहेछ भन्ने बिस्तारै बुझ्दै गएँ । अर्को आमाले आफ्ना छोरा र मलाई गरेको व्यवहारले नै दैनिक आँसुका धारा झर्न सुरु भए । लामो समय टिकेन बसाई । अनि ठुली फुपु (बुबाको दिदी) को घरमा भागेर गएँ । घर छाडेको घोषणा पनि त्यही बेला भयो । अनि फुपुको छोरासँग दिल्ली काम गर्न पुग्न बाध्य भए । केही पैसा ९ महिना बस्दा कमाउने अवसर भयो । फेरि घरमा फर्केर बुबालाई भेट्न जाँदा ढोगका लागि खुट्टा समात्दा खुट्टा सार्नु र नबोल्नु मेरो लागि अर्को चोट लाग्यो । अनि फेरि पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था भयो ।
आफन्तसँग कलकत्ताको यात्रा सुरु भयो । झण्डै एकवर्षपछि पहाड घर फर्के । फर्किदा मेरो मामा (चिदीपानी, ५ अगाहाखोलाका स्व. नारायण भट्टराई) ले मलाई खोजेको भन्ने खबर आयो । त्यतिबेला १७ वर्ष भईसकेको थिए । मामासंगको भेटले म पुनः अर्कोवर्षबाट पढाईलाई निरन्तरता दिने सोंचमा पुगे । पुनः कलकत्ता आफ्ना सामान लिन गएँ । तीन चार महिनाको बसाइपछि पुनः फर्केर तानसेनमा मामासँग पढाईलाई निरन्तरताको लागि बसेँ । मामाले धेरै पछि मात्र मेरो आमासँग भेट गराउनुभयो । मैले आमालाई चिनिन ।
आमा कस्ती हुनुहुन्थ्यो मलाई जन्माउँदा ? अहिले म लक्का जवान भैसकेको थिए । आमा बुढी हुँदै जानु भएको थियो । मलाई जन्माउँदा उहाँको जवानी अवस्था थियो होला । त्यसबेलामा मलाई चटक्कै छाडेर जानु भयो ।
तर पनि मैले झण्डै १८ वर्षको उमेरमा आफुलाई नौ महिना गर्भमा राखेकी, दुध चुसाएकी, ढाई वर्षसम्म हुर्काएकी आमालाई भेट्ने मौका पाएको थिएँ । मैले सकारात्मक सोंचेँ, नयाँ अध्यायको सुरुवात गरेँ । बुबा आमाले नगरेपनि मामाले मलाई पुनः नेपाल फर्काएर तानसेनको सेन उच्च माविमा पढाउनुभएको थियो । सायद, यही दुःख सम्झेर मैले पुनः नयाँ जीवनको सुरुवात गरेँ ।
मैले अध्ययन गर्नुपर्छ भन्ने सोंच बन्यो । पढेँ, एसएलसी हुँदै अहिले पत्रकारिताबाट स्नातकोत्तर तह (एमएएमसीजे) सक्काएको छु । मेरी आमाले जति दुःख गरेर एक गाँस खुवाएर मलाई हुर्काएको भए मैले केही गर्न सक्ने भन्ने सोंच पनि मनभित्र नआएको होइन । तर, पनि घरको बाध्यता, परिस्थिति पनि त्यस्तै थियो होला भन्ने सोंचे । ठूली आमा र मामाले धेरै सम्झाएपछि आमाप्रति मन फर्कियो ।
अहिले आमालाई भेट्छु । बुबासँग भन्दा आमासँग धेरै भेट हुने अवसर मिलेको छ । सायद मेरो दुःखलाई सम्झेर नै मैले चलचित्र हेर्दा होस् वा यस्ता आमाको कुरा गर्दा मन भक्कानिएर आउँछ । जसले मलाई जतिबेला पनि आँसु खस्ने बनाउँछ । अरुका छोराछोरीलाई आमाले दिएको माया देख्दा रुन मन लाग्छ । अरुले आमाका विषयमा कुरा गर्दा मलाई मन दुखेर आउँछ ।
कहिलेकाँही चलचित्रमा आमाका विषयमा कथावस्तु आउँदा पनि मनले थाम्न सक्दिन । जे होस्, आफ्नै कथावस्तुलाई सम्झाउने नरबहादुर कार्कीको प्रशिक्षणले मलाई झुट नबोल्न र मनमा भएको पीडालाई दबाएर होइन बाँडेर अघि बढ्न प्रेरणा दिएको छ । तपाई पनि आमाको मायालाई नबिर्सनुहोला ।
जसले तपाइँको पीडालाई सधै आफ्नो भनेर बाँचिन् । तपाई जहाँ भएपनि तपाईको विषयमा चिन्ता लिने गर्छिन् । जसलाई तपाईले बिर्से पनि उनी कहिल्यै बिर्सिदैनिन् । हैन र ?

दर्लम महाकाली भगवती रथयात्रा कार्तिक १९ मा हुने

पाल्पा, कार्तिक १६, 
सदाजस्तै यसपटक पनि दर्लम महाकाली भगवतीको रथयात्रा निकाल्ने कार्यक्रम यहि कार्तिक १९ गते परेको छ . शुक्रबार बसेको  मन्दिर व्यवस्थापन समितिको बैठक अनुसार  जात्रा धुमधामका साथ् निकालिने भएको छ . यात्रा कार्यक्रमको लागि पत्रचार गर्ने, मन्दिर सरसफाई  र अन्य तयारी कार्यक्रमहरु धुमधामसहित गरिएको छ . यात्रामा सहभागिता बढाउनको  लागि सामाजिक संजाल फेसबुक मार्फत प्रचारप्रसार गर्ने काम जोडतोडका साथ गरिएको छ . यसको उदाहरणको लागि तलको फेसबुक एप्लिकेसन प्रयोग गरिएको छ .




कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

दिलिप पौडेल ,बाग्लुङ
कार्तिक १६, कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब एक दर्जन गाविसलाई नारायणस्थान कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्न पुल निर्माण गरिएको हो। पुल बनेपछि डेढ घन्टाको पैदलयात्रा पाँच मिनेटमा छोटिएको हो। पुल निर्माणपछि निर्वाचन क्षेत्र नं. २ का अधिकांश बासिन्दालाई कुस्माको बाटो भएर काठमाडौं, पोखरा जान सहज भएको छ। ३ सय ४६ मिटर लामो र १ सय ५६ मिटर उचाइको पुल अहिलेसम्मको मुलुककै सबैभन्दा अग्लो रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ। पुल निर्माणले बागलुङको दक्षिणी क्षेत्रका जनतालाई आवतजावतमा सहज भएको निर्माण समिति अध्यक्ष मीनप्रसाद श्रेष्ठले बताए। 'पैदल हिँड्दा डेढदेखि दुई घन्टा लाग्ने बाटो पुलले ५ मिनेटमा छोट्याएको छ,' श्रेष्ठले भने। कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

स्थानीय विकास मन्त्रालयको झोलुंगे पुल महाशाखा डोलिडारले एक करोड ९६ लाख रुपैयाँको लागतमा इस्टिमेट तयार गरेपछि ठेकेदार गीता निर्माण सेवाले १ करोड ६४ लाखमा निर्माण गरेको हो। लट्ठा भने नेपाल सरकारले झोलुंगेपुल महाशाखा डोलिडारबाट अनुदानमा दिएको थियो। १६ वटा लट्ठाले पुललाई आकर्षक देखाएको छ।
कुस्मा बजारको व्यापारिक भविष्यसाथै पर्यटन प्रवर्द्धन गर्न पुल महŒवपूर्ण हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए। मुलुककै दोस्रो अग्लो झोलुंगे पुल पनि पर्वतमै छ। पछिल्लो पुल निर्माण भएसँगै कुस्मा–ज्ञादी झोलुंगेपुल दोस्रो अग्लो हुनु पुगेको हो। पर्वत र बागलुङ जोड्ने यान्त्रिक पुल पनि कुस्मा बजारदेखि बलेबा जोडिएकाले पर्यटकले एउटै नगरभित्र विभिन्न अनुभव लिन सक्छन्।
पर्वत जिल्ला अस्पताल र पुल नजिकको दुरीमा छ। कुस्मा बजारमा व्यवसायसमेत बढ्ने आशले स्थानीय व्यवसायी उत्साही भएका छन्। पुल निर्माणपछि त्यस क्षेत्रका स्थानीयले उत्पादन गरेको तरकारी, दूध बजार पुर्याकउन निकै सजिलो भएको स्थानीय राजेन्द्र ढकालले बताए। 'बजार जान निकै सजिलो भएको छ,' उनले भने।
पुलले बलेबामा रहेको हवाई मैदानलाई नजिकबाट जोडेको छ। बलेबा पुग्न बागलुङबजारदेखि जिपमा गए पनि दुई घन्टा लाग्छ। झन्डै २ सय रुपैया“ भाडा तिरेर मात्र पुग्न सकिने बलेबा पुग्न अब सदरमुकामदेखि कुस्मासम्मको ४० रुपैया“ र बढीमा १० मिनेटको हिँडाइ भए पुग्छ।
कुस्माबजारको बड्गाउँ डिल र बागलुङ जिल्लाको नारायणस्थान गाविस–९ कैया जोड्ने कालीगण्डकीमाथिको पुलले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने अपेक्षा स्थानीयले गरेका छन्। पुल सञ्चालनपछि बन्द बलेवा विमानस्थल निर्माणमा पनि सघाउ पुग्ने विश्वास छ।
नागरिक दैनिक 

हथौडाको भरमा बनाइएको मोटरबाटो (फोटो फिचर र भिडियो सहित)

चीनमा पत्याउनै नसकिने पहाडमा समेत गाडी गुडाइएको छ । त्यस्तै चर्चित पहाडको सुरुङ मार्ग हो गुओलियाङ टनेल ।
यो दुनियाँको सबैभन्दा खतरनाक टनेल मध्ये एक हो ।आज भन्दा ४० वर्ष अघि यहाँको जीवन निक्कै कठिन थियो । यहाँको यात्रा अनुमान गर्न नसकिने स्तरमा कठिन थियो । यो टनेलको निर्माण सन् १९७२ मा भएको थियो । चालीस वर्ष अघि यहाँ पैदल हिँड्ने कल्पना समेत गर्न सकिन्नथ्यो । अहिले यो टनेलले हुइक्सियान, झिनझियाङ, हेनान प्रान्तका गाउँलाई जोड्छ । यो टनेल बन्नु अघि पैदल हिँड्नेले पनि ७२० वटा पहाड पार गर्नु पर्थ्यो । सिँडी बनाएर बनाइएको बाटो निक्कै खतरनाक थियो । यही कष्टलाई पार गर्न गाउँका मानिसहरुले पहाडमा सुरुङ मार्ग खन्ने निर्णय गरे ।त्यतिबेलाका गाउँका मुखिया शेन मिङजिङले आफ्ना बाख्रा र अन्य चौपाया बेचेर हथौडा र कोदाला किनेका थिए । १३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए । १ मे १९७७ मा यो टनेलको उद्घाटन गरिएको थिइो । यो टनेलमा ३० फरक फरक प्रकारका झ्याल समेत छन् । यो अहिले चीनमा पर्यटकीय केन्द्र बनेको छ । यो दुनियाँका सबैभन्दा उचाइमा रहेका सडक मार्गमा समेत पर्छ ।








श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *