Wednesday, September 19, 2018

दर्लमडाँडा माविले ६३ औं बार्षिकोत्सव मनायो




नेत्र गैरे पाल्पा
दर्लमडाडा माध्यमिक विद्यालय बगनासकाली दर्लमडाडा पाल्पाकोे ६३ वार्षिकोत्सव सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक थमन सिं थापाले ..२०७४,०७५ को करोड लाख ४६ हजार सय ७१ रुपिया बराबरको आय व्यय प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावकसंगको भेटघाट साथै उनीहरु संगै विद्यार्थीको नतिजा विश्लेषण गरेको बताए सामुदायिक विद्यालयमा विद्यार्थी सख्या कम हुनु, सामुदायिक विद्यालय प्रति जनचासो घट्दै जानु, विद्यालय प्रति अभिभावकको अपनत्वको भावनामा गिरावट आउनु जस्ता चुनौती कायमै रहेको उनले बताए
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम शर्माले विद्यालयको भौतिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा डिजिटल हाजरी जडान, सीसी क्यामरा युरोगार्डको व्यवस्था गरिएको बताउदै अबका दिनमा शिक्षाको गुणस्तर बृद्धिका लागि प्रविधि मैत्री शिक्षाका लागि आफुहरु लागिपर्ने बताए कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले विद्यालयमा भौतिक पुर्वाधार तयार भइसकेको हुदा अब प्राविधिक शिक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए शिक्षाको माध्यमबाट नागरिकको जीवनस्तर उठाउन सके मात्र समृद्ध नेपाल बनाउन सकिने उनले बताए प्रदेश सभा सदस्य विरबहादुर रानाले आजको समयमा विद्यालयहरुले शैक्षिक प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने बताए उनले विद्यालयमा संस्कार सहितको जवाफदेही नागरिक तयार गर्न संघ संस्था लगायत सामाजिक अभियान्ताहरुको सहयोग आवश्यक रहने बताए
समयको माग अनुसार बालबालिकाको क्षमता पहिचान गरि प्रविधि मैत्री शिक्षा आजको आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले बताए विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त निर्देशक (एआइजि) तथा पुर्व विद्यार्थी गणेश अधिकारी, जिल्ला समन्वय समिति उप प्रमुख मिरा मरासिनी, बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य देवी प्रसाद बस्याल, जिल्ला सदस्य हरि पाठक, नेकपा मालेका धनराज पौड्याल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भगवान भण्डारी, तानसेन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुस्करराज रेग्मी, चन्द्र मा.विका शिक्षक नारायण प्रसाद गैरे लगायतले शुभकामना व्यक्त गरे
कार्यक्रममा पुर्व विद्यार्थी गणेश अधिकारीलाई सम्मान पत्रले सम्मान गरिएको थियो बर्षकै उत्कृष्ट शिक्षक हेम बहादुर दर्लामी लगायतका शिक्षकहरु, एस... परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लाई पुरस्कार तथा सम्मान पत्रले सम्मान गरिएको थियो साथै कार्यक्रममा विद्यालयका ९२ जना अक्ष्यकोष दाताबाट प्राप्त करिव ११ लाख रुपियाको व्याजबाट ८८ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो शिक्षक डिल्लीराज गैरे सिता अधिकारीको संचालन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो

 
समाचार स्रोत: पाल्पा समाचार तस्बिरहरु: विद्यालयका शिक्षक हेम दर्लामीको फेसबुकको वालबाट 


No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *