Thursday, September 6, 2018

चितुवाको आक्रमणबाट गुल्मीमा एक महिला घाईते

जनार्दन घिमिरे
गुल्मी,भदौ २१/ चितुवाको आक्रमणवाट गुल्मीमा एक महिला घाईते भएकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसिथोककी ३१ वर्षीय तारादेवि पोख्रेललाई विहिबार चितुवाले आक्रमण गरेको हो । विहान ६ बजेको समयमा घर नजिकै रहेको गोठमा बाख्रा सार्नका लागि खोरको ढोका खोल्ने क्रममा खोरभित्र रहेको उक्त चितुवा भाग्ने क्रममा अचानक पोख्रेलललाई झम्टिएको थियो ।
‘विहान गोठमा गएर खोरबाट बाख्रा निकाल्छु भनेर खोरको ढोका के खोलेकी थिए भित्रवाट एक्कासि झम्टियो, त्यसपछि मेरो होसै हरायो’ घाइते पोखरेलले भनिन् –‘बेलुकी खोरमा चारवटा बाख्रा थुनेर घरफर्केकी थिए, विहान जाँदा ढोका बन्दनै थियो, राती चितुवाले कसरी ढोका खोलेछ, चितुवाले ढोका खोलेपछि होला दुईवटा बाख्रा राती नै बाहिर निस्केछन्, कसैलाई पनि थाहा भएन, विहान एक्कासि त्यस्तो भयो, पछि थाहा पाए खोरमा रहेका मध्य एउटाको त खुन खाएर मारिसकेको छ र अर्को झोक्रिएको उपचारार्थ पोख्रेलले बताईन् ।
चितुवाको आक्रमणबाट घाईते बनेकी पोख्रेलको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको र उनकोे अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् । गत वर्ष पनि गुल्मीमा चितुवाले गोठमै आएर दुई दर्जन भन्दा बढी घरपालुवा जनावरहरुलाई आक्रमण गरी मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेले बताए । चितुवाले यसरी मानव वस्तीमा आएर आक्रमण गर्नु र उसको विगविगि बढ्नुको मुख्य कारण जङगलहरु बढ्दैजानु, जङ्गलमा पानीका मुहानहरु प्रर्याप्त नहुनु, गाउँमा मानिसहरुको बसोवासमा कमी हुँदैजानु लगायतका कारणहरु रहेको न्यौपानेले बताए । उनका अनुसार जंगलमा पानीको मुल सुक्दै जान थालेपछि जंगली जनावरहरु पानी खोज्दै बस्तीतिर झर्ने र यसरी झर्ने क्रममा घरपालुवा जनावरहरुलाई आक्रमण गर्ने क्रम जिल्लामा बढ्दै गएको जानकारी गराए ।
Source: Shittalpati

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *