जिल्लाको सदरमुकाम तम्घासको बसपार्कमा रहेका सडक बालवालिकाको रक्षाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले तम्घासमा बेवारीसे अवस्थामा रहेका ९ जना बालवालिकालाई अभिवाकको जिम्मा लगाएको छ । बुधबार प्रशासनले एक कार्यक्रमको आयोजना गरी ती बालबालिकाहरुलाई अभिभावको जिम्मा लगाएको हो । बालवालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ चासो देखाउँदै बालबालिका अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
अभिभावको बेवास्ताका कारण बालवालिका सडकमा आउने क्रम बढ्दै गएको गुनासो आएपछी त्यस तर्फ ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बालवालिका र उनका अभिभावकसँगै राखेर परिवारजनलाई जिम्मा लगाएका छौं प्रजिअ पौडेलले भने, ‘पुन बालवालिका सडकमै भेटिए अभिभावकलाई कारवाही गर्नेछौं ।’ छोराछोरी जन्माई सकेपछी तिनीहरुलाई लालनपालन गर्नु अभिभावकको दायित्व हो उनले भने, ‘जन्माई सकेपछी बेवारिसे छोड्न पाइदैन् ।’ सडक बालवालिका अभिभावकलाई राखेर प्रजिअ पौडेलले भने,‘तपाईहरुको समस्या के हो ? त्यो हामीकहाँ राख्नुस तर बालवालिका सडक छाप राख्न पाउनुहुँने छैन् ।’ ज्याला मजदुरी गर्दै जाँदा कहिलेकाही बालवालिकालाई पढाउन समस्या आए हामीकहाँ राख्नुस हामी सरोकारवालासँग राखेर समस्या समधान गर्न तर्फ लाग्ने छौं गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘पशुको त बाँच्न पाउने अधिकार छ मान्छेलाई पशु सरह छोडन पाउनुहुँने छैन् ।’ पहिलो चरणमा बालवालिका अभिभावकलाई सम्झाई बुझाई जिम्मा लगाएका छौं प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘बालवालिकाको आगामी अवस्था बारे प्रशासन र प्रहरीले निगरानी राखिरहने छ ।’ केहि वर्ष यता तम्घासमा सडक बालवालिकाहरु सडकमै मागेर खाने तथा जहा पायो तेही बस्ने प्रति सरोकारवालाहरुले चासो देखाएका थिए ।
उनीहरुले सदरमुकाम तम्घासका विभिन्न पसलहरु र मानिसहरुसँग समेत पैसा माग्ने तथा चोर्ने गर्न थालेका पछि बालवालिकालाई प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच उद्योग वाणिज्य संघ गुल्मीको सौजन्यमा केहि लत्ता–कपडा र खाद्यान्न सामाग्री सहित परिवारजनलाई जिम्मा लगाइएको प्रहरी बताएको छ।
Source: Shittalpati.com
Source: Shittalpati.com
No comments:
Post a Comment