इन्टरनेटको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलको आज २० औं जन्मदिन हो । २० औं जन्मदिनको अवसरमा गुगलले एउटा विशेष डुडल बनाएको छ । साथै गुगलले एउटा भिडियो बनाएको छ जसमा गुगलको पूरा यात्रा देखाइएको छ ।
गुगलको सुरुवात दुई विद्यार्थीले गरेका थिए । लेरी पेज र सर्जी बिन सन् १९९५ मा स्ट्यानफोर्ड युनिभर्सिटीमा पिएचडी गरिरहेको थियो । गुगल उनीहरुको एउटा कलेज प्रोजेक्ट थियो । उनीहरुले Google.stanford.edu एड्रेसमा एउटा इन्टरनेट सर्च इन्जिन बनाए । सुरुमा यसको नाम BackRub राखिएको थियो जसलाई पछि गुगल नाम दिइयो ।
सन् १९९५ सेप्टेम्बर १५ मा डोमेन रजिस्टर भयोः
गुगल डट कमको डोमेन यद्यपी सन् १९९५ सेप्टेम्बर १५ तारिखमा रजिस्टर गरिएको थियो । यो हिसाबले गुगलको जन्मदिन सेप्टेम्बर १५ मा हुनुपर्दथ्यो । यद्यपी, सर्च इन्जिनका संस्थापक लेरी पेज र सर्जी बिनले सन् १९९८ सेप्टेम्बर ४ मा गुगललाई एक कम्पनीको रुपमा रजिस्टर गर्यो र कम्पनीको नाममा पहिलो बैंक अकाउन्ट पनि खोलियो । यो हिसाबले सेप्टेम्बर ४ मा पनि गुगलको जन्मदिन मनाउन सकिन्छ ।
गुगल आफैंलाई थाहा छैन आफ्नो जन्मदिनः
गुगलले अहिलेसम्म चार भिन्न तारिखमा आफ्नो जन्मदिन मनाइसकेको छ । गुगलको १५ औं जन्मदिनमा गुगललाई आफ्नै जन्मदिन कहिले हो भन्ने थाहा नभएको स्विकार गरेको थियो । गुगलले सेप्टेम्बर सात, सेप्टेम्बर आठ, सेप्टेम्बर २६ र सेप्टेम्बर २७ तारिखमा आफ्नो जन्मदिन मनाएको छ । सन् २००२ मा गुगलले २७ सेप्टेम्बरमा आफ्नो चौथो जन्मदिन मनाएको थियो । त्यसको अर्को वर्ष सेप्टेम्बर सातमा र त्यसको अर्को वर्ष सेप्टेम्बर आठमा गुगलले आफ्नो जन्मदिन मनायो । यद्यपी, सन् २००६ देखि अहिलेसम्म गुगलले २७ सेप्टेम्बरमा नै आफ्नो जन्मदिन मनाउँदै आएको छ ।
एजेन्सी
एजेन्सी
No comments:
Post a Comment