Monday, September 27, 2010

कतार विश्वकै धनी राष्ट्र


दीपक पौडेल÷दोहा-
          प्रतिब्यक्ति आय ९० हजार १ सय ४९ अमेरिकी डलर पुगेपछि कतार विश्वको सवैभन्दा धनी राष्ट्रकारुपमा उदियमान भएको छ । प्रतिष्ठित अमेरिकी ब्यवसायीक प्रकाशन ग्लोवल फाइनान्सुको वेभसाइटमा सो आँकडा प्रकासित छ । ग्लोवल फाइनान्सले सो आँकडालाई सन् २०१० को अनुमानीत आँकडाकारुपमा उल्लेख गरेको छ । गत बर्ष कतारको प्रतिब्यक्ति कुल गाहस्र्थ उत्पादन अथवा आय ८३ हजार ८ सय ४१ अमेरिकी डलर थियो। तरलीकृत प्राकृतिक ग्यास एलएनजीको उत्पादन र निर्यात निकै बढ्दो रहेको अवस्थामा कतारले सो समृद्वि हासिल गरेको छ । मिडिया रिपोर्टहरु अनुसार लामो समयदेखि विश्वको सवैभन्दा धनी राष्ट्रकारुपमा रहेको लक्जेमबर्ग ७९ हजार ४ सय ११ अमेरिकी डलर प्रतिब्यक्ति आयसहित दोश्रोस्थानमा ओर्लेको छ भने तेस्रो स्थानमा नर्वे ५२ हजार ९ सय ६४ अमेरिकी डलर चौथो स्थानमा िसंगापुर ५२ हजार ८ सय ४० अमेरिकी डलर पाचौं स्थानमा ब्रुनाई ४८ हजार ७ सय १४ अमेरिकी डलर) रहेका छन् । संयुक्त राज्य अमेरिकाले आफ्नो स्थानमा सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ । अमेरिकाको प्रतिब्यक्ति आय ४७ हजार ७ सय २ अमेरिकी डलर रहेको छ । हङकङ ४४ हजार ८ सय ४० अमेरिकी डलर सातौं र स्विट्जरल्याण्ड ४३ हजार ९ सय ३ अमेरिकी डलर आठौं स्थानमा छन् । हल्याण्ड ४० हजार ६ सय १ अमेरिकी डलर सविककै नवौं स्थानमा छ भने दशौं स्थानमा आयरल्याण्डलाई उछिन्दै अष्ट्रेलिया ३९ हजार ८ सय ४१ अमेरिकी डलर स्थापित भएको छ । प्रतिब्यक्ति आयको हिसावमा कंगो सवैभन्दा गरिव रहेको छ ।प्रतिब्यक्ति आयको हिसावमा कतारको नजिक कुनै पनि खाडी एवं अरव राष्ट्रहरु नरहनु सो तथ्यांकको रोचकपक्ष रहेको छ । विश्वका १० धनी राष्ट्रको सुचीमा कतारबाहेक अन्य खाडी एवं अरव राष्ट्रहरु रहेका छैनन् । धनी राष्ट्रको सुचीमा पहिलोस्थानमा रहेको कतारपछि अन्य खाडी एवं अरव राष्ट्रहरुबाट कुवेत रहेको छ । १४ औं स्थानमा रहेको कुवेतको प्रतिब्यक्ति आय ३८ हजार ९ सय ८४ अमेरिकी डलर रहेको छ ।
(Source: DC Nepal)

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *