इदुल फितरको महत्व
कौसर शाह
हरेक जाति र धर्मको आफ्नै संस्कृति, परम्परा हुन्छ । त्यस्तै सबै जाति र समुदायको चाडपर्व पनि फरकफरक तरिकाले मनाइन्छ । चाडपर्व फरक भए पनि यसले हाम्रोबीचमा मानसम्मान र प्रेमको माला गाँसिएको छ । जसले गर्दा सबै जातिका बीचमा सद्भाव कायम रहेको छ । मुस्लिम समुदायमा महिना दिनसम्म अल्लाहको नाममा रोजा (व्रत) राखेर गरिएको प्रार्थनापछि चन्द्रमा देखेको दोस्रो दिनलाई इदुल फितर भनिन्छ । यो दिनलाई मुस्लिमहरूको महान् पर्वको दिन मानिन्छ । मुस्लिमहरूको रोजा (व्रत) इस्लामी महिनाअनुसार नौ महिनामा पर्छ । यो महिनाको व्रतलाई रमजान भनिन्छ । अरबी भाषामा यसलाई स्वयं भनिन्छ । यो महिनामा दिनरात अल्लाहको प्रार्थना
गरिन्छ । त्यसकारण हदिसमा लेखिएको छ यसलाई रमजान मात्र नभन्नु माहे रमजान भनौं । रमजको मतलब हो, गर्मीबाट जल्नु यो महिनामा गर्मी, भोक, प्यास जति सहिन्छ त्यति नै पाप कटिन्छ यो महिनालाई तीन भागमा विभाजित गरिएको छ । सुरुको १० दिन कृपाको दिन बीचको १० दिन अल्लातालाबाट माफीको दिन र अन्तिम १० दिन नर्कबाट बच्नका लागि ।
सुरुमा बानी बसाल्नका लागि १०-१२ वर्षको बच्चालाई महिनामा १ दिन व्रत राखिन्छ । त्यसपछि महिनाको बीचको १३, १४, १५ मा बस्छ अशक्त बिरामीहरूको लागि विशेष छुटहरू पनि दिएको छ । स्वर्गमा आठवटा ढोकाहरू हुन्छ त्यसमा एउटा ढोकाको नाम रैयान हो । यो महिनामा कुनै मुस्लिमको मृत्यु भइहालेमा त्यसै ढोकाद्वारा स्वर्ग जान्छन् । कुनै किसिमको हिसाबकिताब हुँदैन । यसै महिना हाम्रो पवित्र कुरान संसारमा आएको हो । रमजान महिना सकिनलाई जब १० दिन बाँकी हुन्छ सूर्य अस्त हुनेभन्दा पहिले इत्तेकाबको नियत गरी कम्तीमा एक जना व्यक्ति मस्जिदमा बस्नुपर्छ । जुन टोल गाउँमा मान्छे छन् त्यहाँ कम्तीमा एक जना बस्नैपर्छ । यदि एक जना पनि बसेन भने सबै दोषी हुन्छन् । यो सबै मुस्लिमहरूको उपकारका लागि हो । इत्तेकाबमा बसेको व्यक्तिले मस्जिदको बाउन्ड्रीमा नुहाउन धुन र जरुरी काममा मात्रै निस्कनुपर्छ । अरू बेला मस्जिदको कोठाभित्र प्रार्थनामै बस्नुपर्छ । इदको चाँद (चन्द्रमा) देखेपछि मात्रै ऊ बाहिर निस्कन्छ । यसरी एक महिनाको अल्लाका लागि गरिएको कठिन प्रार्थनापछि मुस्लिमहरूको महान् पर्व इदको खुसियाली हुन्छ ।
इदुल जोहा इदुल फितरको दुई महिना दस दिनपछि हुन्छ । हदिसबाट थाहा हुन्छ कि त्यो दिन खुसियालीको दिन हो र एकअर्कालाई शुभकामना दिनुपर्छ । अल्लाह तालाको (धन्यवाद) शुक्रअदा गर्नका इदगाह अथवा मस्जिदमा गएर दुई रकात नमाज समूहसँग पढ्नुपर्छ । इदको नमाज पढ्न जानुभन्दा पहिला कुनै गुलियो चिज खाएर जानुपर्छ । त्यसपछि आपसमा हात मिलाएर अँगालो हालेर मनको भेदभाव हटाएर शुभकामना दिनुपर्छ ।
इदको चन्द्रमा देखेपछि त्यो व्यक्तिको खुसीको सीमा हुँदैन । बिहान उठेर नुहाई धुवाइ गरेर सफा लुगा लगाएर सुर्मा इतर लगाएर र नमाज पढ्न जानुभन्दा अगाडि सेवई खाएर जानुपर्छ । जुन बाटोबाट नमाज पढ्न जान्छन् फर्किंदा अर्कोबाट फर्किनुपर्छ । नमाजअगाडि आफ्नो शरीरको फितरा (दान) गरिबहरूलाई दिनुपर्छ । हालको हिसाबले एक जना व्यक्तिको ६५ रुपैयाँ पर्छ । कुनै व्यक्तिले फितरा दिएन भने त्यसको रोजा व्रत आकाश र जमिनको बीचमा झुन्डिरहन्छ ।
एक महिनाको रोजामा कमी वा कमजोरी भएको खण्डमा फितरा (दान) ले पूर्ति गरिदिन्छ । एक महिना नियमपूर्वक रोजा (व्रत) बसेको, जकात फितरा (दान) दिएको व्यक्तिले इदको दिनमा अल्लाहतालाबाट पुरस्कार पाउँछ । उसको लागि पूरा वर्ष राम्रो हुन्छ । व्यापारमा वृद्धि हुन्छ । सुख-शान्ति हुन्छ ।
लेखक मुस्लिम संघ नेपालकी उपसभापति हुन् ।
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
फागुन १२, बुटवल। मानव कल्याण मित्र मंच नेपालले आज तिलोत्तमाको दरवार लान पार्टी प्यालेसमा आफ़्नो पहिलो विशेष साधारण सम्पन्न गरेको छ। यस सभा...
-
कम्प्युटर चलाउने व्यक्तिले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग सिस्टममा चल्ने...
No comments:
Post a Comment