Sunday, September 19, 2010

ओझेलका औषधी

-डा. अरुणा उप्रेती
चाहे पखाला लाग्दा मोही-भात ख्वाएर होस् वा सुत्केरीलाई ज्वानोको झोल तथा मेथीको खीर दिएर वा घाउ भएको ठाउँमा तीतेपाती र बेसारको लेप लगाएर होस्- गाउँघरमा यस्ता घरेलु औषधीको पर्याप्त प्रयोग भएको पाइन्छ। हाम्रा भान्छामा सानातिना रोग निको पार्ने यस्ता प्रशस्त औषधी छन्। तर, यसबारेमा धेरैलाई जानकारी छैन। त्यसैले सानातिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर औषधी नै प्रयोग गर्छौं।

तर, अहिले आएर स्वास्थ्यसम्बन्धी क्षेत्रमा काम गर्ने विज्ञहरूले पनि महँगो स्वास्थ्यसेवा र औषधीले जनस्वास्थ्यमा नकारात्मक असर पारेको महसुस गर्दै सस्तो र सुलभ औषधीको खोजी गर्न थालेका छन्। अनुभवका आधारमा हाम्रा पुर्खाले प्रयोग गर्ने कतिपय परम्परागत औषधीको अहिले आएर वैज्ञानिक प्रयोगशालामा परीक्षण पनि भइरहेको छ।

"तीतेपाती विशेष गरी महिला स्वास्थ्यका लागि वरदान नै हो," २० वर्षअगाडि मेरी घनिष्ठ साथी अपणर्ा भट्टले यसो भनेकामा विश्वासै लाग्दैनथ्यो। अपणर्ा एक नर्स पनि हुन्। उनी आफैँ पनि तीतेपाती उमालेर त्यसको बाफले घुँडा सेक्ने रहिछिन्। "मेरो मर्किएको खुट्टालाई तीतेपाती उमालेको पानीको बाफ दिँदा ठीक भयो," एक जना शिक्षकले यस्तो दाबी गरे। त्यसपछि थाहा भयो, तीतेपातीले त संक्रमण रोक्नुका साथै घाउखटिरा पनि निको पार्दो रहेछ।

अहिले त म आफैँ पनि तीतेपाती प्रयोग गर्न थालेकी छु। गाउँघरका महिला स्वास्थ्य कार्यकर्ता र स्वास्थ्य स्वयंसेविकाहरूलाई यसका बारेमा बुझाउन थालेकी छु। विशेष गरी सुत्केरी भएपछि चिलाउने समस्या भए तीतेपातीलाई पानीमा उमालेर मनतातो भएपछि त्यसले चिलाएको ठाउँमा सफा गर्नाले वा मनतातो पानीमा बस्नाले चिलाउने समस्या धेरै कम हुन्छ। त्यसैगरी, तीतेपाती सुकाई त्यसको धूवाँ लगाउँदा लामखुट्टेबाट बच्न सकिन्छ।

जापानमा तीतेपातीको प्रयोग अत्यधिक हुने भएकाले नेपालबाट जापानतर्फ त्यसको निर्यात गरन्िछ। अकुप्रेसर र चाइनिज औषधीको विधिमा पनि यसको प्रयोग पर्याप्त हुन्छ। तीतेपातीको व्यावसायिक उत्पादन नभएकाले यो अलि महँगो भने अवश्य छ। एक लिटर तीतेपातीको रस चार सय रपियाँमा बिक्रीवितरण भएको पाइन्छ।

ज्वानो र सुत्केरी एकअर्काका पर्यायजस्तै बनेका छन्। ज्वानो हाम्रो संस्कृतिसँग यसरी जोडिएको छ कि त्यसको रस ख्वाउन भनेर कुनै पुरुषलाई भन्यो भने 'सुत्केरीले खानेकुरा' भनेर नाक खुम्च्याउने चलन छ।

ज्वानोमा प्रोटिन र खनिज पदार्थ पाइन्छ। तर, यसको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो। एक चिया चम्चा ज्वानोमा ७६ मिलीग्राम क्याल्सियम हुन्छ। ज्वानोमा रहेको यही विशेषताले सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको छ। ज्वानोको झोल सुत्केरीका निम्ति मात्र होइन, वयस्क पुरुष, बालबालिका र वृद्धवृद्धा सबैका लागि उत्तिकै आवश्यक छ।

तर, हामीमध्ये धेरै कमलाई मात्र ज्वानो पौस्िटक तत्त्व भएको खानेकुरा हो भन्ने थाहा छ। कतिपय अवस्थामा स्वास्थ्यकर्मी नै पनि ज्वानोमा रहेको क्याल्सियमबाट अनभिज्ञ देखिन्छन्। त्यसै कारणले हामीजस्ता स्वास्थ्यकर्मीहरूले सुत्केरी र कुपोषित मानिसहरूलाई ज्वानो खाने सल्लाह दिँदैनौँ। उल्टै क्याल्सियमको चक्की खानुपर्छ भनेर लेखिदिन्छौँ। यसरी घरमा ज्वानो छँदाछँदै महँगो क्याल्सियमको चक्की किन्न हामी बाध्य छौँ। किनभने, हामीलाई त्यसबारेमा ज्ञान नै छैन। पूर्वीय समाजमा मात्र नभएर ग्रीक औषधी विज्ञानमा पनि ज्वानोको महत्त्व दर्शाइएको पाइन्छ।

केही समयअघिको कुरा हो। अमेरकिाको क्यालिफोर्नियास्िथत वर्कले विश्वविद्यालयमा नेपाली भोजन र पोषणका बारेमा सामान्य छलफल गरेकी थिएँ। त्यहाँ अध्ययनरत नेपाली भाइहरूले एक जना औषधी विज्ञान पढ्ने नेपालीले ज्वानोको रासायनिक तत्त्व, यसका गुण, किन र कसरी यसले महिलाको शरीरमा बढी दूध बनाउन मद्दत गर्छ, यसमा रहेको पचाउने तत्त्वहरू आदिका बारेमा अध्ययन गररिहेको जानकारी दिए। यस अतिरत्तिm नेपालका विभिन्न ठाउँमा गएर कुन जातिले कसरी ज्वानोको प्रयोग गर्छ भन्नेबारेमा पनि अध्ययन गररिहेको थाहा लाग्यो। उनीहरूका कुराले मलाई असाध्यै आनन्दित तुल्यायो। लाग्यो, सायद अब हामी नेपालीहरूले पनि ज्वानोको महत्त्वका बारेमा ध्यान दिन थाल्नेछौँ।

ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैलाई ˚ाइदा पुर्‍याउँछ। अचेल विज्ञापनहरूमा भन्ने गरेको सुनिन्छ, "घरको खानेकुराले बालबालिकाको शरीरलाई चाहिने क्याल्सियमको मात्रा पुग्दैन, त्यसैले क्याल्सियमका चक्की दिने गर्नूस्।" यी विज्ञापनहरूले तथ्यरहित, झूट्टा र भ्रमपूर्ण सूचना प्रवाह गर्ने काम मात्र गररिहेका छन्। किनभने, घरमा पाइने ज्वानो सबैभन्दा बढी क्याल्सियमयुक्त छ। सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परपिूर्ति गर्छ साथै आमाको दूध बढाउँछ। आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ। ज्वानोलाई झोलका रूपमा प्रयोग गर्नुबाहेक तरकारीहरूमा प्रयोग गर्ने चलन पनि छ। क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनका पछाडि पनि वैज्ञानिक कारण नै छ।

क्वाँटी अर्थात् गेडागुडी खानाले कसैकसैलाई पेटमा ग्यास -वायु) हुने गर्छ। गेडागुडी खाएपछि पेट डम्म फुलेको जस्तो हुने र पेट कल्याङकुलुङ गरेर कराउने हुन्छ। ज्वानोले वायु हुनबाट रोक्छ। त्यसैले ज्वानोलाई भुटनका रूपमा प्रयोग गर्ने गरएिको हो। घाँटी दुखेको बेलामा पानीमा ज्वानो राखेर उमाली त्यसमा अलिकता नुन मिसाई घाँटी कुल्ला गर्नाले घाँटी दुखेको फाइदा गर्छ। त्यसैगरी रुघाखोकी लागेको बेला ज्वानो, नून र ल्वाङलाई मुखमा हालेर विस्तारै रस चुस्नाले खोकी लागेको पनि कम हुन्छ। त्यसरी नै नाक टम्म बन्द भएको बेला पानीमा ज्वानो राखेर उमालेको पानीले दिनमा दुई-तीनचोटि बाफ लिनाले नाक खुल्छ।

आफ्ना वरपिरकिा कतिपय घरेलु औषधी प्रयोग गरेर हामीले धेरै लाभ लिन सक्छौँ। तर, यस्ता वनस्पतिहरूको प्रयोग गर्नुपर्छ भन्नुको अर्थ रोगहरू लाग्दा डाक्टरको सल्लाह र औषधीहरू छोडेर बस्ने भनेको पक्कै होइन। प्राचीन औषधीय ज्ञान र आधुनिक चिकित्सा दुवैलाई सँगसँगै लिएर अगाडि बढ्ने हो भने जीवनलाई स्वस्थ राख्न ठूलो मद्दत पुग्छ ।
(नेपाल साप्ताहिकबाट)

 

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *