आज मलाई धेरै वर्षपछि एउटा पशुहाटको झझल्को आइरहेको छ। साढे दुई दशकभन्दा अघिकोे पूरै 'थोत्रो नेपाल'को कुरा भने पनि हुन्छ। झापाको दामुना बजारमा प्रत्येक सोमबार र बिहीबार पशुहाट लाग्थ्यो। हामी गाउँबाट खसी, बाख्रा, गाई, गोरु, भैँसी वा राँगा बेच्न वा किन्न दामुना गइरहन्थ्यौँ। खुब मोलमोलाइ हुन्थ्यो। जात, उचाइ, मोटाइ, सिङ, जुरो, वजन, कल्चौँडोलगायत अंग-प्रत्यंगको नापजाँचपछि वस्तुभाउको मोलभाउ हुन्थ्यो।
मान्छेको किनबेच त्यसबेला पनि हुन्थ्यो। पेटका लागि हली, गोठाला, कमैया, घरेलु कामदार आदिका रूपमा गरबिहरू बेचिन बाध्य थिए। युवाहरू विदेशमा बेचिने क्रम अचेलभन्दा कम थियो। चेलीबेटी बेचबिखन पनि कम हुन्थ्यो, भए पनि बम्बईमा सीमित थियो। पढेलेखेका, धनी, प्रतिष्ठित, ठूला पदमा बसेका मानिसहरू भने प्रत्यक्ष रूपमा खरदिबिक्री भएको हामी थाहा पाउँदैनथ्यौँ।
जब प्रजातन्त्र आयो, तब मान्छेको बजारले नयाँ मोड लियो। पढेलेखेका, धनी, प्रतिष्ठित, ठूला पदमा बसेका मानिसहरू पनि खसीबोकाजस्तै खरदिबिक्री हुनथाले। २०४६ सालको आन्दोलनपछि जनताले चुनाव जिताएर देश निर्माणका लागि पठाएका कथित माननीयहरूले आफूलाई दुईखुट्टे जनावरमा परण्िात गरेर नगदी तथा जिन्सीमा बिक्री तथा सट्टापट्टा भएका अनेक घटनाहरू हामीले सुन्यौँ। दामुनाको पशुहाट सिंहदरबारमा सर्यो। सरकार बनाउन वा जोगाउन त्यसबेला तिनीहरूलाई होटल नामका खोरहरूमा थुन्नुपथ्र्यो। अझै मीठो दानापानी, अझै मादक सुरा र अझै मस्तका सुन्दरीको सुइँको पाउनासाथ अर्कैको खोरमा पसिहाल्थे। सरकार टिकाउन हूलका हूल सांसदहरूलाई एकैचोटि बिरामी पारेर विदेशमा उपचार गर्न पठाउनुपथ्र्योर्। पुरुष सांसद्हरूले सुत्केरी औषधी खाएको बिल पास गरेर पनि अन्यत्र बिक्री हुनबाट जोगाइन्थ्यो। कति मुस्िकल थियो, त्यसबेला सरकार चलाउन। शेरबहादुर देउवा, वामदेव गौतमजस्ता ठूल्ठूला हस्तीहरूले त्यसबेला पाएको दुःख र खाएको हन्डर कहिले पो बिर्सिइएला र !
अब लोकतान्त्रिक गणतन्त्रका कुरा गरौँ। नयाँ नेपालमा त्यसबेलाको जस्तो सुरा-सुन्दरी, सुत्केरी-औषधी, विदेशभ्रमणजस्ता साधारण-जिन्सी वा सेवा-सुविधाको व्यवस्थाले मात्र अहिलेका दुईखुट्टेहरूलाई नपुग्ने भएको छ। एकातिर लोकतन्त्र छ, अर्कातिर महँगी पनि धेरै बढेको छ। दुईखुट्टेहरूमा शिक्षा, चेतना, जागरण र जीवनस्तर पनि बढेको छ। यिनीहरूले दुईखुट्टे खसी बन्न पनि पहिलेकाले भन्दा धेरै गुना बढी लगानी गरेका छन्। धेरैको ज्यान लिएका छन्, धेरैले ज्यान दिएका छन्, युद्ध लडेर आएका छन्, राजासँग भिडेका छन्। त्यसैले, उनीहरूको भाउले आकाश छोएको छ। साधारण दुगुरे खसीकै मूल्य पनि प्रतिगोटा एक करोड पुुगेको छ। ठूल्ठूला लाम्काने, बाँकटे वा विकासे जातकाहरूको त कति पो होला !
ठेकेदारहरूलाई हेर्नूस् त कति गाह्रो ! जम्मा ५० गोटा सभासद् किन्न ५० करोड जुटाउनुपर्ने। त्यो पनि पहिला पहिला त टेपसेप, भीडीओ पनि बाहिर आउँदैनथे, अचेल त यो प्रविधिको विकासले पनि गर्नुगरेको छ। खड्यन्त्रकारीहरूले सीडी र भीडीओ नै तेस्र्याएर कसको मूल्य कति भनेर बजारै बिगारििदन्छन्।
लौ हाललाई ५० गोटा सभासद् किन्न त्यति रकम कुनै विदेशीले देला रे, त्यसपछि फेर िउनीहरूको माग बढ्दै जान्छ भन्ने कुरा पनि ठेकेदारहरूले सोच्नुपर्छ। सभासद्हरू हेर्नूस् त, जुवाका खालबाट पक्राउ पर्न थालेका छन्। जागिर लगाइदिन्छु भनेर बेरोजगारहरूका खेतबारी खाइदिने सभासद् भेट्टनि थालेका छन्। उनीहरू छोरीचेली बेच्न थालेका छन्। एक जना सभासद्लाई अस्ित बालिका बलात्कारको केशमा प्रहरीले समातेको थियो। एक माननीयले आफ्नो छोरोलाई प्रहरीमा जागिर खुवाउन आफैँले घूस खुवाएछन्। एक जनालाई महाराजगन्जतिरको एउटा डान्स रेस्टुराँमा छापा मार्दा नांगै भागेको र पुलिसले तीन किलोमिटर लखेटेर तौलिया बेरििदएको समाचार पनि हामीले पढिहाल्यौँ। ६ सय १ जनाको हूल छ, को को कहाँ कहाँ के के गर्दैछन् भनेर के साध्य ! कोही आत्महत्या गर्न मेटासिट पिउँछन्। कोही बाटोमा जो जो भेट्टायो, उसैलाई थप्पड लगाउँदै र थुनाउँदै हिँड्छन्। सद्धे पनि छन्, बहुलाह पनि छन्। कसकसका मात्रै पछि लाग्नु ! सरकार बनाउन भोलिदेखि यिनीहरूलाई हूल बाँधेर युरोपतिर उपचार गर्न पठाउनुपर्ला। पुरानो नेपालकाले गरेको के गर्नु भन्दै यिनीहरूले साँढेलाई उर्वर बनाउन खुवाइने औषधी खाएको बिल पेस गर्लान्। पहिलेकाले पिएको त्यो नाथे सुरा के पिउनु भन्दै चरेस-ह्यासिस्को माग गर्लान्। नेपाली सुन्दरी के हेर्नु भन्दै विदेशी सुन्दरीको माग गर्लान्। अनि, के गर्नुहुन्छ कमरेड कृष्णबहादुर महराजी त्यसबेला !
गाईभैँसीले दूध दिन्छन्। राँगा-गोरुले खेत जोत्छन्। खसी, बोका, बङ्गुर, सुँगुरले मासु दिन्छन्। गिद्धले वातावरण सफा बनाउँछन्। बरु खिच्चा कुकुरले चोर लखेट्लान्। साँढेले गाईहरूमा बाली लगाउँछ। स्याल, सर्प, चिप्ले कीरा, गँगटो, भ्यागुता, वनमारा, तीतेपाती, उन्यू, लेऊ सबैले प्राकृतिक सन्तुलनमा भूमिका खेल्छन्। तर, जिम्मा दिएको काम गर्नुको सट्टा गर्न नहुने नहुने काम मात्रै गरििहँड्ने यी नाककट्टाहरूलाई त्यत्रो महँगोमा किनेर सरकार गठन गरहिाल्नुभो भने पनि त्यस्तो सरकार कसरी चलाउनुहुन्छ कमरेड? तपाईंजस्तो भद्र र शालीन नेताले त्यस्तो पत्रु सूत्र किन प्रयोग गर्नुभएको होला ! 'आश गरेको केटो जेठाजु परेछ' भनेजस्तो अब कसको बाटो हेरेर बाँच्नु हामी नेपाली जनताले ?

(नेपाल साप्ताहिकबाट)
No comments:
Post a Comment