Monday, September 13, 2010

नेपालको ताजमहल (पाल्पाको रानीमहल)

पहिलोपटक पाल्पाको बौघागुम्हा गाविसमा रहेको रानीमहलमा पाइला टेक्नेलाई यहाँको वातावरणले अचम्मित बनाउँछ। कसरी यस्तो ठाउँमा दरबार बनाइयो होला ? मनमनै प्रश्न उब्जन्छ। साँच्चै यस्तो अनकन्टार ठाउँमा कसरी दरबार निर्माण गरयि होला ?

पहाडको फेदमा बगेको कालीगण्डकी र बराङदी खोलाको संगमस्थलमा उभिएको छ, रानीमहल। कालीगण्डकी तटबाटै जग उठाएरै दरबार बनाइएको छ। १७ वटा खुट्किलाहरू चढेपछि बल्ल मुख्य महल पुगिन्छ। कालीगण्डकीको तीरमा अवस्िथत रानीमहलबाट पारपिट्ट िदेखिने जंगल, खोला र झोलुंगे पुल आकर्षक लाग्छन्। दरबारको तबेला, पोखरी, कलश, फलामका खम्बा, आधुनिक शैलीका पार्क, सत्तलपाटी, शिवमन्दिर पनि कम्ती आकर्षक छैनन्। परविेश एकान्तमय छ, प्रेमी-प्रेमिकाले खोज्नेजस्तै। यहाँ पुग्नुअघि बाटाका दृश्यहरूले यात्रालाई थप रोमाञ्चित बनाइदिन्छन्। खोल्साखोल्सी, डाँडाकाँडा, ओरालो बाटो पार गर्दै त्यहाँ पुगिन्छ। बाटाभरकिा झर्ना र चिरचिर आवाज जोकोहीलाई मन्त्रमुग्ध पार्न पर्याप्त छन्। पाल्पा सदरमुकाम तानसेनबाट सात किलोमिटर टाढा छ, रानीमहल। त्यहाँसम्म मोटर पुग्दैन। हिँडेर जाने हो भने डेढ घन्टा लाग्छ। हात्तीढुंगासम्म जीपहरू पुग्छन्। त्यहाँबाट १० मिनेट हिँड्नुपर्छ। हात्तीढुंगासम्म बाइकमा जाँदा एक घन्टा र गाडीमा आधा घन्टा लाग्छ। रानीमहल वरपर केही होटल र चियापसल छन्। जहाँ चियानास्ता र खानाको प्रबन्ध छ।

सुरुसुरुमा यो तीनतले रानीमहललाई तेजमहल भनिन्थ्यो। पछि यसलाई रानीमहल भन्न थालियो। ऐतिहासिक, पुरातात्त्विक एवं पर्यटकीय स्थल रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिइन्छ। दर्जनौँ प्रेमजोडीहरू मनोरम दृश्यको रसास्वादन गर्न यहाँ पुग्ने गर्छन्। महलका भित्तामा प्रेमी-प्रेमिका नामहरू कोरएिका देखिन्छन्।

(नेपाल साप्ताहिक बाट साभार गरिएको)

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *