केपी रिजाल
|
पश्चिमी दार्शनिकहरूले प्राचीनदर्शनको इतिहासलाई सुकरातपूर्व र सुकरात उत्तर गरी दुई भागमा विभाजित गरेका छन् । उनीहरूले सुकरातपूर्वको युगलाई सोफिस्ट दर्शनको युग र उत्तरको युगलाई यथार्थवादी दर्शनको युग मानेका छन् । विशेषगरी यस युगमा सुकरातका शिष्य प्लेटो र उनका पनि शिष्य अरस्तु -एरिस्टोटल) जस्ता उद्भट दार्शनिकहरू अगाडि आएका छन्, जसले सुकरातलाई चिनाउनेदेखि उनको दर्शनलाई विकासको शिखरमा पुर्याउने कामसमेत गरेका छन् । अरस्तुपछि झण्डै एक हजार आठ सय वर्षर्सम्म दार्शनिक जगतमा अन्धकार छाएको र त्यसपछि अकर्ैै सिराबट चिन्तनको सुरुआत भएकाले उनी प्राचीन दर्शनको अन्तिम कडीको रूपमा समेत रहेका छन् । यहाँ उनै महान् दार्शनिक प्रतिभा अरस्तुको बारेमा केही जानकारी उल्लेख गरिएको छ ।
ई.पू. ३८४ मा युनानको -हाल ग्रीस) स्टागिरा भन्ने स्थानमा जन्मेका अरस्तुले १८ वर्षको उमेरमा प्लेटो एकेडेमीमा भर्ना भई दर्शनको क्षेत्रमा गहन अध्ययन गरेका थिए, जुन एकेडेमी उनका गुरु प्लेटोले आˆना गुरु सुकरातको मृत्युको केही समयपछि उनको विचारलाई विश्वव्यापी बनाउन स्थापना गरेका हुन् । यसो त शिक्षित परिवारमा जन्मेकाले अरस्तुले घरमै पनि उचित शिक्षादिक्षाको राम्रो अवसर पाएका थिए ।
प्लेटो बहुमुखी प्रतिभाका धनी थिए । भनिन्छ, उनलाई नआउने भन्ने कुनै विषय नै थिएन । उनी आध्यात्मिक विज्ञान, भौतिक विज्ञान, ज्योतिर्विज्ञान, खगोलशास्त्र, भूगोलशास्त्र, प्राणीशास्त्र, साहित्य, सङ्गीत, कला, धर्मसंस्कृति, राजनीति आदि सबै विषयमा पोख्त थिए र विद्यार्थीहरूलाई यी सबै विषय पढाउँथे तर बोटबिरुवा र जनावरहरूलाई वैज्ञानिक ढङ्गले वर्गीकरण गरी समूह विभाजन गर्न सफलता पाएका यी बहुरूपी प्रतिभा गणितमा भने अपेक्षाकृत कमजोर थिए रे । उनले आफंैले लेखेका प्यारा साइकीलगायत केही किताव मात्र प्रकाशित छन् । यस बाहेक उनका अन्य जति पनि प्रकाशित किताव छन् ती सबै उनले पढाएका र दिएका प्रवचनहरूमा आधारित छन्, जसलाई उनको शिष्यहरूले प्रकाशित गराएका हुन् ।
आˆनै गुरुभाइ -प्लेटोको अर्का शिष्य) की छोरी पाइथियाजसित विवाह गर्न पुगेका अरस्तु यदाकदा अव्यावहारिक, मुडी र एकसुरे जस्ता पनि देखिएका छन् । उनले हनिमुनको समयसमेत नवदुलहीसित नभई समुद्री किनारमा जीवजन्तुको अध्ययन गरी बिताएका थिए । यही विषयलाई लिएर कतिले उनको पत्नीसित सुरुदेखि नै त्यति राम्रो सम्बन्ध थिएन भनेका पनि छन् तर वास्तविकता त्यस्तो थिएन । उनी पत्नीलाई आफैँलाईभन्दा पनि बढी माया गर्थे । सायद यही लोकापवादसित बच्नलाई होला उनी विवाहपछि केही समय युनानकै लेसवस भन्ने स्थानमा बस्न पुगेका थिए । एउटी छोरीको जन्मसँगै पत्नी पाइथियाजको मृत्य भएकोले उनी अर्को विवाह गर्न वाध्य भएका भए पनि उनको मन भने प्रथम पत्नी पाइथियाजसँगै थियो । जसको पुष्टि आफूलाई पनि पत्नीलाई समाधिस्थ गरिएको स्थानमा गर्नु भन्ने उनको भनाइले नै गर्दछ ।
सुन्दा आश्चर्य लाग्नसक्छ अरस्तु प्लेटोको जति पि्रय शिष्य थिए त्यत्तिकै कट्टर आलोचक पनि थिए । प्रायः दार्शनिकहरूको स्वभाव सर्वसाधारणको पहुँचभन्दा बाहिर हुँदोरहेछ कि कुन्नि अरस्तु एकातर्फ आˆना गुरु प्लेटो र उनका पनि गुरु सुकरातलाई जति श्रद्धा र महान् प्रतिभा भनेर प्रशंसा गर्दथें अर्कोतर्फ परिआएको बेला त्यति नै आलोचना गर्न पनि चुक्दैनथे । विशेषगरी प्लेटो विचार मानिससँगै जन्मन्छ भन्थे उनी विचारलाई अनुभवले जन्मदिन्छ भन्थे । यसैमा नै उनीहरू गुरुशिष्यबीच महाभारत पर्दथ्यो तर गुरुशिष्यबीचको प्रेमसम्बन्धमा भने कत्ति पनि कमी आएको थिएन । त्यस्तै ठाउँ ठाउँमा उनले सुकरातको विचारको पनि खुलेर आलोचना गरेका छन् । एक ठाउँमा त उनले सुकरातले मानव व्यक्तित्वको राम्रो विश्लेषण गर्न नसकेको आरोप नै लगाएका छन् ।
प्रायः बुद्धिवादी सुकरात मानिसले जानीजानी गल्ती गर्दैन, जति गलत काम हुन्छन् नजानेरै हुन्छन्, संसारमा सम्पूर्ण गलत कामको जड पनि अज्ञानता नै हो र व्यक्ति तथा समाजको पतनको मूल कारण पनि अज्ञान नै हो भन्ने गर्दथे । शूली चढ्दा ईशुले पनि अज्ञानकै कारण लोकले गल्ती गरिरहेको आशय व्यक्त गरेका थिए तर अरस्तु भने प्रायः मानिसको भित्री रूप अर्कै र बाहिरी रूप अर्कै हुन्छ भन्दै जानीजानी गल्ती गर्ने मानिस पनि धेरै छन् भन्ने गर्दथे । उनी भन्ने गर्थे- 'चोरी गर्नु नराम्रो काम हो भन्ने ज्ञान नभएको भए कुनै पनि चोरले रातको अँध्यारोमा लुकेर चोरी गर्ने थिएन ।' महाभारतका पात्र दुर्योधनले एक ठाउँमा भनेका छन्- 'धर्म के हो त्यो पनि थाहा छ र पाप के हो त्यो पनि थाहा छ । तैपनि थाहा छैन हृदयमा रहेका कुन दैवले नराम्रो काम गर्न उक्साइरहेको छ ।' त्यस्तै रोमन कवि ओविडले भनेका छन्- 'हामीलाई राम्रो बाटो कुन हो थाहा छ र हामी त्यसको प्रशंसा गरिरहेका पनि हुन्छौं । फेरि पनि वास्तविकता के हो भने नराम्रो बाटो हिँड्न छोडिरहेका हुन्नौं ।' अरस्तुको विचार पनि त्यही हो । अर्थात् उनले निकै पहिले यही कुराको वकालत गर्दै आएका थिए ।
अरस्तुका अनुसार सबैले नराम्रो काम हो भन्ने थाहा पाएपछि त्यो काम गर्न छोड्ने हो भने निःसन्देह संसारको स्वरूप अर्कै हुने थियो । न कानुन चाहिन्छ न प्रहरी प्रशासन र न्यायलयकै आवश्यकता पर्दछ । जति पनि संसारको स्वरूप बिग्रेको छ सबै विशेषगरी आफूलाई बढी ज्ञानी र जान्नेसुन्ने हौं भन्नेहरूको गति छाडा प्रवृत्तिकै परिणाम हुन् । क्षणिक लाभहानिको चिन्ता र आलोचना तथा प्रशंसाको हिसावकिताव त सामान्य मानिसले मात्र राख्छन् । महापुरुषहरू हमेसा यसबाट टाडै हुन्छन् । वास्तवमा महापुरुष त्यही हुन्छ जो अरुलाई यसो गर्नुपर्छ र त्यसो गर्न हुन्न पनि भन्दैनन् र प्रशंसा तथा आलोचनाको पर्वाह पनि गर्दैनन् । उनीहरू लागेको र देखेको कुरो निर्धक्क भन्छन् र आफँै उदाहरण बनी गरेर देखाउँछन् । अरस्तुले त्यस्तै गरेका छन् । यस्ता यथार्थवादी दार्शनिकले ६२ वर्षको उमेरमा -ई. पू. ३२२ मा) यस संसारबाट बिदा लिएका थिए तर उनको विचार भने अहिले पनि त्यत्तिकै सान्दर्भिक छ ।
(युवामञ्च भदौ, २०६७ ) |
Friday, September 17, 2010
दार्शनिक व्यक्तित्व
Subscribe to:
Post Comments (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
फागुन १२, बुटवल। मानव कल्याण मित्र मंच नेपालले आज तिलोत्तमाको दरवार लान पार्टी प्यालेसमा आफ़्नो पहिलो विशेष साधारण सम्पन्न गरेको छ। यस सभा...
-
कम्प्युटर चलाउने व्यक्तिले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग सिस्टममा चल्ने...
No comments:
Post a Comment